default_image

4 years ago

December 24, 2019

यो त सुरुवात हो..

भूपेन्द्र जिसी, पोखरा गत महिना मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणका क्रममा नेपालको यू-१९ क्रिकेट टोलीसँग मैत्रीपूर्ण एकदिवसीय खेल खेल्यो । जितका लागि ३ सय ३५ रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोलीले २ सय ९६ रन जोड्यो र ९ विकेटको क्षतिमा पूरै ५० ओभर ब्याटिङ गर्यो । उक्त खेलमा नेपालका लागि ओपनर लोकेश बमले […]

100 views

0 Bookmark

भूपेन्द्र जिसी, पोखरा

गत महिना मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणका क्रममा नेपालको यू-१९ क्रिकेट टोलीसँग मैत्रीपूर्ण एकदिवसीय खेल खेल्यो । जितका लागि ३ सय ३५ रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोलीले २ सय ९६ रन जोड्यो र ९ विकेटको क्षतिमा पूरै ५० ओभर ब्याटिङ गर्यो । उक्त खेलमा नेपालका लागि ओपनर लोकेश बमले १३ बलमा १८ रन जोडे ।

लोकेशले जोडेको रन स्कोरकार्डमा अन्य खेलाडीको तुलनामा कम होला, तर उनको शैलीले विपक्षी कप्तानलाई पनि प्रभावित बनायो । लोकेशले चौथो ओभरमा स्क्वायर लेगमा क्याच आउट हुनुअघि यासिर अराफातलाई लगातार ३ चौका प्रहार गरेका थिए । उनी आउट हुँदा नेपालले ३.२ ओभरमा २७ रन जोडिसकेको थियो । उनले यू-१९ टोलीलाई उक्त खेलमा राम्रो आधार दिएका थिए ।

उनै लोकेशले आइतबार पोखरा प्रिमियर लिग (पीपीएल) विराटनगर टाइटन्सका लागि उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । चितवनले प्रस्तुत गरेको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले राम्रो सुरुवात पाएन । लोकेश क्रिजमा आउँदा विराटनगर ८.२ ओभरमा ३७–६ को दयनीय अवस्थामा थियो । लोकेशले ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोड्दै अन्तिमसम्म पनि चितवनलाई दबाबमा राखे, तर जिताउन भने सकेनन् ।

फराकिलो हारतर्फ उन्मुख देखिएको विराटनगरलाई लोकेशले एक समय स्तब्धपूर्ण नतिजानजिक पुर्याएका थिए । खेलपछि चितवनका कप्तान पारसले नै स्वीकारे, ‘ लोकेशको इनिङ निकै नै उत्कृष्ट थियो । उनी अन्तिमसम्म क्रिजमा रहेको भए सायद आज खेलको नतिजा नै फरक हुन्थ्यो । उनी सम्भावना बोकेका खेलाडी हुन् र यस्तो इनिङले उनलाई मदत गर्छ । आशा गरौं उनले यसै प्रदर्शनलाई निरन्तरता दिएर नेपाली क्रिकेटलाई सहयोग गर्नेछन् ।’

लोकेशले १८ औं ओभरको दोस्रो बलमा एक रन बटुल्दै मात्र ३३ बलमा आफ्नो अर्धशतक पुरा गरे । सिनियर क्रिकेटमा पहिलो अर्धशतक, अझ त्योमाथि त्यस्तो अवस्थामा भएर हुनुपर्छ लोकेशले उत्कृष्ट रुपमा मैदानको चारैतिर ब्याट उठाउँदै खुसियाली साटे । १९ औं ओभरको सुरुवाती दुई बलमा करण केसीलाई लगातार छक्का प्रहार गरेपछि लागेको थियो अब खेल लोकेशको हातमा छ । समिकरण पनि त्यस्तै थियो । तर दुर्भाग्यवश तेस्रो बलमा करण केसीले बलको गति घटाउँदै लोकेशलाई झुक्याउन सफल रहे र लोकेश क्याच आउट हुँदै पेभेलियन फर्किए । अन्त्यमा विराटनगर १८ रनले पराजित हुन पुग्यो ।

१९ वर्षीय लोकेशले पछिल्लो केहि महिनामा आफूलाई सम्भावना रहेको खेलाडीको रुपमा उभ्याएका छन् । यसअघि यू१९ टोली र सुदूरपश्चिम प्रदेशबाट प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगिता खेलिसकेका उनले सिमित अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् । ‘खेलाडीलाई प्रमाणित गर्न टोलीको कमजोर नतिजाले फरक पार्दैन । थोरै अवसरमै आफुलाई अब्बल सावित गर्न सक्छन् । क्षमता हुँदाहुँदै टोलीमा नपर्दा पक्कै पनि सबै खेलाडीलाई नरमाइलो लाग्छ । उक्त खेलाडी अवसरको पखाईमा हुन्छ । र जब अवसर पाउँछ, चुक्न चाहदैन । त्यसैका उदारण हुन् लोकेश ।

चितवनविरुद्ध इनिङपछि उनी आफू आउट भएको बललाई लिएर निराश थिए । ‘ करण दाइले मलाई बाउन्सर बल खेलाउनुहुन्छ भन्ने सोचेको पनि थिएन । उनीहरुको फिल्डिङ सेट हेर्दा मलाई योर्कर वा अफ स्टम्प बाहिर फाल्नुहुन्छ भन्ने लागेको थियो । त्यसै अनुसार सट खेल्दा आउट भएँ, जितनजिक पुगेर पनि सफल हुन सकेनौं, ‘ उनले निराश हुँदै भने ।

टोलीलाई जिताउन नसकेकोमा आफ्नो प्रर्दशनमा उनी पूर्ण रुपमा सन्तुष्ट छैनन् । तर अवसर आउँदा आफूले खेल्न सकेकोमा भने लोकेश खुसी देखिए । ‘ म क्रिजमा पुग्दा ६ विकेट गुमिसकेको थियो । अर्का खेलाडी पुनित राम्रो लयमा हुँदा साझेदारी गर्नुपर्छ र स्ट्राइक बढी पुनितलाईनै दिनुपर्छ भन्ने सोचमा थिएँ । तर पहिलो बल ब्याटमा आउँदा मलाई लाग्यो पिच राम्रो छ मैले त्यसैअनुसार खेल्नुपर्छ, ‘लोकेशले हाम्रो खेलकुदसँग भने, ‘मलाई कुनै दबाब थिएन । मलाई दिएको भुमिका भन्दा पनि टोलीको आवश्यकता अनुसार खेल्न सक्नुपर्छ भन्ने सोचमा थिएँ ।’

अर्धशतक पुगेपछिको क्षणबारे बोल्दा भने लोकेश केहिबेर रोकिए । ‘ ४९ रनमा पुग्दा अर्धशतक जसरी पनि बनाउनुपर्छ भन्ने थियो । अर्धशतक पुरा गरेपछि म साह्रै खुसी भएँ र सेलिब्रेसन गरे । त्यो सेलिब्रेसनमा म भावुक थिए । केहि गर्छु भन्ने मनमा इगो थियो ।  विकेट राम्रो थियो र योजना अनुसार नै इनिङ अगाडी बढ्यो, ‘ उनले थपे, ‘ पछिल्लो एक वर्ष देखी म यू१९ खेलिरहेको छु । तर प्रर्दशन राम्रो हुन सकोक छैन । त्यसैले म यो अवसर गुमाउन हुँदैन भन्ने सोचमा थिएँ, उनले भने ।

पीपीएलमा धनगढीविरुद्ध बेन्चमा बसेका लोकेशले पोखरा पल्टनविरुद्ध डेब्यूमा २ रनमा आउट हुन पुगे । त्यसैको कारण काठमाडौंविरुद्ध बेन्चमा बस्नु पर्यो । दिलिप नाथले उक्त खेलमा १ रनमा आउट भएपछि चौथो खेलमा मौका पाएका थिए । टोलीको आवश्यकता अनुसार खेल्दै योगदान दिन पाउँदा मनोबल बढेको उनले बताए ।

‘आफूमा क्षमता हुँदाहुँदै पनि बेन्चमा बस्दा नरमाइलो लाग्छ । म भन्दा पनि टोलीको आवश्यकता र निर्णय महत्त्वपूर्ण हुन्छ । मौका पाएँ भने प्रमाणित गर्छु भन्ने थियो । अहिले पाएको अवसर सदुपयोग गर्न सकें जस्तो लाग्छ । टोलीलाई जिताउन नसक्दा भने दुख लागेको छ । यस इनिङले मनोबल त बढेको छ तर अझ महत्त्व हुन सक्थ्यो’, उनले भने ।

शीर्ष श्रेणीको क्रिकेटमा अब नियमित देखिने अपेक्षा राखेका लोकेशले मैदानभित्र आफू र आफ्नो टोलीको बारे मात्र सोच्ने गरेको बताउँछन् । ‘क्रिजमा रहँदा बलरको नाम हेरेर खेल्दिन । मेरो भूमिका आक्रामक ब्याट्सम्यान भएको हुँदा आफ्नो रेन्जमा आयो भने हान्ने हो । विपक्षी को छ भन्दापनि टोलीको योजना अनुसार चल्नुपर्छ ,’ उनले थपे ।

गतवर्ष लखनउमा भएको नेपाल यू१९, भारत ए, बी र अफगानिस्तानको यू१९ सँगको सिरिजमा लोकेशले डेब्यू गरेका थिए । त्यसपछि असारमा मलेसियामा भएको एसीसी यू१९ इस्टर्न रिजनको उपाधि जित्दा उनी टोलीमा थिए । चीनविरुद्ध टोलीको प्लेइङ ११ मा रहेपनि ब्याटिङ गर्न नपाएका उनले अन्य सबै खेलमा बेन्चमै बस्नुपर्यो ।

नेपाली फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै धेरै खेलाडीले यू१९ हुँदै सिनियर टोलीको बाटो बुनेका छन् । लोकेशले उमेर समुहमा खासै राम्रो प्रभाव जमाउन सकेका छैनन् । फ्रेन्चाइज लिगमा उनले सुखद सुरुवात गरेका छन्, अझ भनौं सम्भावना देखाएका छन् । यस इनिङले उनको आत्मविश्वास बढेको छ र अब निरन्तरता दिनेमा धेरैको अपेक्षा पनि छ ।

‘यस इनिङले निकै आत्माविश्वास बढाएको छ । अब यसलाई निरन्तरता दिंदै आफूलाई प्रमाणित गर्न धेरै बाँकी छ । एउटा इनिङमा मात्रै राम्रो गरेर केहि हुँदैन’, उनले भने, ‘ क्षमता छ त्यसैले त यो स्थानमा छु । त्यो क्षमतालाई प्रमाणित गरेर देखाउन सक्नुपर्छ । अवको आफ्नो ध्यान यू१९ मै केन्द्रित हुनेछ । म सिनियर भन्दा पहिला यू१९ टोलीलाई विश्वकप खेलाउन चाहन्छु । यसअघि दुई पटक विश्वकप छनोटबाट बाहिरिएका छौं । अब सफल हुनुछ ।’

भारतीय ओपनर लोकेश राहुल उनका आदर्श खेलाडी हुन् । लोकेश राहुलको झैं उनले पनि नम्बर एक जर्सी लगाउने गर्छन् । सँगसँगै उनी आफूलाई भविष्यमा नेपालको नम्बर वान ब्याट्सम्यानका रुपमा स्थापित गर्न चाहन्छन् । हाललाई भने उनको ध्यान यू१९ मै केन्द्रित देखिन्छ । सिनियर टोलीबारे अहिल नै केहि नसोच्ने बताउँछन् ।

धनगढी क्रिकेट एकेडेमीबाट हुर्केका उनले ओपनिङ, मध्यक्रम र तल्लोक्रम जुनसुकै स्थान ब्याटिङ गर्न सक्छन् । आक्रामक ब्याटिङ गर्ने क्षमता रहेका उनी विकेटकीपर समेत हुन् । लोकेशका अनुसार चितवनसँगको यो प्रर्दशन उनको लागि सुरुवात मात्रै हो । नम्बर वान ब्याट्सम्यान बन्ने सपना राखेका लोकेशले नेपाली क्रिकेट नजिकबाट हेरेका छन् । अहिले फ्रेन्चाइज क्रिकेट हुँदै यू-१९ मा केन्द्रित लोकेशले कुनै समय सिनियर राष्ट्रिय टोलीको जर्सी लगाउने सपना देखेका छन् । यसका लागि चाहिने प्रदर्शन र मिहिनेतबारे लोकेशलाई राम्रोसँग थाहा छ । त्यसैले त भन्छन्, ‘यो त मात्र सुरुवात हो।’

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.