default_image

4 years ago

December 30, 2019

सन्दीप सम्मिलित मेलबर्नको बिग ब्यासमा तेस्रो जित

एजेन्सी – अष्ट्रेलियामा जारी विग ब्यास लिगमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई डकवर्थ लेविस पद्धतीको आधारमा ४ रनले हराएको छ । जितको लागि ११ ओभरमा ७० रनको लक्ष्य पछ्याएको मेलबर्न स्टार्स ७.३ ओभरमा ५५-३ को अवस्थामा पुन पानी परेपछि नतिजा डकवर्थ लेविसको आधारमा निकालिएको हो । मेलबर्नका ओपनर मार्कस स्टोइनिसले १९ बलमा ३ चौका सहित २५ […]

54 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी विग ब्यास लिगमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई डकवर्थ लेविस पद्धतीको आधारमा ४ रनले हराएको छ ।

जितको लागि ११ ओभरमा ७० रनको लक्ष्य पछ्याएको मेलबर्न स्टार्स ७.३ ओभरमा ५५-३ को अवस्थामा पुन पानी परेपछि नतिजा डकवर्थ लेविसको आधारमा निकालिएको हो । मेलबर्नका ओपनर मार्कस स्टोइनिसले १९ बलमा ३ चौका सहित २५ रनको योगदा दिए । विकेटकीपर पिटर हायान्डस्कम्ब २२ रनमा अविजित रहे । होबार्टका जेम्स फल्कनरले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित ११ ओभरमा ५ विकेट गुमाउँदै ६९ रन बनायो । वारम्बार वर्षाको कारण खेल अबरुद्ध हुँदा ११ ओभरमा झारिएको थियो। उसका ओपनर डी आर्सी सटले खातै खोल्न सकेनन् । अर्का ओपनर सिमन माईलन्कोलाई नाथन कुल्टर नाइलले १२ रनमा क्याच आउट गराए ।

कालेब ज्वेलले २८ बलमा २ चौका सहित २६ रनको योगदान दिए । कप्तान बेन म्याकडरमोटले १७ रन जोड्दा डेविड मिलर शून्यमा पेभिलिएन फर्के । जर्ज बिल्ली ७ रनमा अविजित रहे । मेलबर्नका तीब्र गतिका बलर डेल स्टेन र नाथन कुल्टर नाइलले २–२ विकेट लिए । सन्दीपले २ ओभरमा ११ रन खर्चिदा विकेट लिन सकेनन् ।

सन्दीपको दुई ओभर

सातौं ओभरमा सन्दीपले ६ रन खर्चिए । पहिलो बलमा कालेब ज्वेल र दोस्रोमा कप्तान तथा विकेटकीपर बेन म्याकडरमोटलाई १–१ रन दिए । तेस्रो बल डट र चौथोमा दुई रन खर्चिए । पाँचौ र छैटौं बलमा १–१ रन दिए ।

सन्दीपले नवौं ओभरमा ५ रन खर्चिए । कालेब र बेनलाई सुरुवाती दुई बलमा १–१ रन दिए । तेस्रो बल डट राख्दा अन्य तीनै बलमा सन्दीपले १–१ रन खर्चिए ।

मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको थियो । तेस्रो खेलमा मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ४ रनले पराजित भएको थियो । पाँचौ खेलमा मेलबर्न स्टार्सले विहीबार सिड्नी थन्डरसँग खेल्ने छ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.