5 years ago
January 8, 2020
सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह बी को पहिलो खेलमा बुधबार नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २ सय ६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३ सय ४७ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली २७.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो ।
कणौलीका लागि तल्लोक्रमका राजकुमार शाहले सर्वाधिक २३ रनको योगदान दिए । २५ औं ओभरको पहिलो बलमा सागर ढकालले बोल्ड आउट गर्नुअघि शाहले १४ बलमा ३ छक्का प्रहार गरे । कर्णालीका ७ खेलाडीका दोहोरो अंकमा रन छुन सकेनन् ।
दोस्रो ओभरको तेस्रो बलमै दीपेन्द्र सिंह ऐरीले ललित भण्डारीबाट कप्तान रविन्द्रजंग शाहीलाई ६ रनमा क्याच गराए । तेस्रो ओभरको दोस्रो बलमा बिपिन रावललाई ललित भण्डारीले बिपिन रावललाई १ रनमा बोल्ड आउट गरे । ललित भण्डारीलेनै प्रकाश जैशीलाई ४ रनमा बोल्ड आउट गरे । हेमन्त ओलीलाई पवन सरार्फले १० रनमा बोल्ड आउट गरे । उनले ३० बलमा १ चौका प्रहार गरे ।
टेक सलामी मगरले २९ बलमा २ चौका सहित १४ रन जोडे । हिमान्शु शाहीले ३१ बलमा १, ललित प्याकुरेल शून्यमा आउट भए । पुलिसका मञ्जित श्रेष्ठ, सागर ढकाल र ललित सिंह भण्डारीले २-२ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, पवन सरार्फ र ललित नारायण राजवंशीले १-१ विकेट लिए।
त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिस ४९.३ ओभरमा अल आउट हुँदै ३ सय ४६ रनमा समेटिएको थियो । युवा ब्याट्सम्यान कुशल भुर्तेलले तल्लोक्रममा ४९ बलमा ७ चौका र ५ छक्का सहित ७८ रनको योगदान दिए ।
४७ औं ओभरको पहिलो बलमा रविन्द्रजंग शाहीलाई ठूलो सट प्रहार गरेका कुशल हिमान्शु शाहीबाट क्याच हुन पुगे । ओपनर सुनिल धमलाले ७० रनको योगदान दिए । ३३ ओभरको पहिलो बलमा स्पिनर युनिस बिक्रम सिंहले विकेटकीपर बिपिन रावलबाट क्याच गराउनु अघि धमलाले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
११ औं ओभरको पहिलो बलमा ललित प्याकुरेलले ओपनर अमित श्रेष्ठलाई राज कुमार शाहबाट २९ रनमा आउट गराए । अमितले ३१ बलमा ६ चौका प्रहार गरे । राज कुमार शाहले १६ औं ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीलाई २५ रनमा क्याच आउट गराए । दीपेन्द्रले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । २८ औं ओभरको अन्तिम बलमा अनिल कुमार शाह ३६ रनमा रन आउट भए । अनिलले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
कप्तान मञ्जित श्रेष्ठ १८, दिलिप नाथ १५, ललित भण्डारी २७, पवन सरार्फ १५ र सागर ढकाल शून्यमा आउट भए । कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । युनिस बिक्रम सिंह र राज कुमार शाहले २-२ तथा ललित प्याकुरेलको नाममा १ विकेट रह्यो । समुह ए बाट त्रिभुवन आर्मी क्लब र समुह सी बाट प्रदेश नम्बर ३ सेमिफाइनलमा पुगि सकेका छन् । पुलिसले शुक्रबार प्रदेश २ सँग खेल्ने छ ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]