default_image

4 years ago

January 10, 2020

इपिएलमा सोमपाल र दीपेन्द्रको टोली परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका छन् । तीब्र गतिका बलर सोमपाल कामी चितवन टाइगर्समा पुगेका छन् । पुष १७ देखी २४ सम्म खुल्ला भएको खेलाडी ट्रेडमा तीन टोलीले साटफेर गरेका छन् । जस अनुसार काठमाडौं किंग्सले कप्तान सोमपाल […]

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका छन् । तीब्र गतिका बलर सोमपाल कामी चितवन टाइगर्समा पुगेका छन् ।

पुष १७ देखी २४ सम्म खुल्ला भएको खेलाडी ट्रेडमा तीन टोलीले साटफेर गरेका छन् । जस अनुसार काठमाडौं किंग्सले कप्तान सोमपाल कामीलाई चितवन राइनोज पठाउँदै चितवन टाइगर्सका दीपेन्द्र सिंह ऐरीलाई टोलीमा भित्र्याएको छ । दीपेन्द्रले गत वर्ष चितवन टाइगर्सबाट ६ खेलमा २ सय ३१ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा रहेका थिए ।

काठमाडौंले नरेश बुढाएरको स्थानमा ओपनर तथा विकेटकीपर सुबास खकुरेललाई टोलीमा भित्र्याएको छ । काठमाडौंले स्पिनर सुशिल कंडेलको स्थानमा यू१९ का तीब्र गतिका बलर आकाश चन्दलाई टोलीमा भित्र्याएको छ । आकाशले तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् ।

शक्ति गौचनको स्थानमा पोखरा राइनोजले युवा ब्याट्सम्यान लोकेश बमलाई टोलीमा लिएको छ । लोकेशले दुई साता अघि पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । विराटनगर टाइटन्सबाट लोकेशले चितवन राइनोजविरुद्ध ४ खेलमा ९७ रन बनाएका थिए । उनले लिग चरणमा चितवनसँग ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोड्दै सबैको मन जितेका थिए । शक्तिले गत वर्षको इपिएल देखी घरेलु क्रिकेटबाट सन्न्यास लिएका थिए ।

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी रहँदै […]

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

Success

Thank you for your time.