default_image

4 years ago

January 15, 2020

मेलबर्नको सानदार जित

एजेन्सी – मेलबर्न स्टार्सले बिग ब्यास लिगमा उत्कृष्ट लयलाई कायम राख्दै पर्थ स्कोर्चर्सलाई उसकै मैदानमा ८ विकेटले पराजित गरेको छ । मेलबर्नले जितका लागि पछ्याएको ८७ रनको लक्ष्य मात्र २ विकेट गुमाउँदै १२ ओभरमा प्राप्त गर्यो । मेलबर्नका लागि उच्च लयमा रहेका ओपनर मार्क्स स्टोइनिसले नटआउट ३९ रन जोडे । उनले ३१ बलको सामना गर्दै […]

30 views

0 Bookmark

एजेन्सी – मेलबर्न स्टार्सले बिग ब्यास लिगमा उत्कृष्ट लयलाई कायम राख्दै पर्थ स्कोर्चर्सलाई उसकै मैदानमा ८ विकेटले पराजित गरेको छ ।

मेलबर्नले जितका लागि पछ्याएको ८७ रनको लक्ष्य मात्र २ विकेट गुमाउँदै १२ ओभरमा प्राप्त गर्यो । मेलबर्नका लागि उच्च लयमा रहेका ओपनर मार्क्स स्टोइनिसले नटआउट ३९ रन जोडे । उनले ३१ बलको सामना गर्दै ६ चौका प्रहार गरे । स्टोइनिसले जारि बीबीएल सिजनमा ५ सय रनको आंकडा पनि पार गरेका छन् ।

अर्का ओपनर हिल्टन कार्टराइटले १९ तथा बेन डंकले ८ रन जोडे । विकेटकिपर सेब गचले नटआउट १४ रनको योगदान दिए । पर्थका लागि कप्तान मिचेल मार्स र फवाद अहमदले १-१ विकेट हात पारे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको पर्थले १३.५ ओभरमा अलआउट हुँदै मात्र ८६ रन जोड्दा नेपाली लेग स्पिनर सन्दीपले ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिए । सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा मात्र ३ रन खर्चिए । नवौं ओभरमा दोस्रो ओभर फ्याँकेका उनले जम्मा ४ रन खर्चेर विपक्षीलाई दबाबमा राखीरहे ।

सन्दीपले १३ औं ओभरमा उत्कृष्ट बलिङ गर्दै मेलबर्नलाई खेलमा बलियो स्थितिमा ल्याए । पहिलो दुई बल डट राखेका उनले तेस्रो बलमा क्रिस जोर्डनलाई बेन डंकको हातबाट क्याच गराए । लगत्तै अर्को बलमा उनले झाई रिचार्डसनलाई बोल्ड गर्दै ह्याट्रिकको अवसर पाए । त्यसपछि लगातार दुई बल डट फ्याँक्दै उनले ह्याट्रिक लिन नपाएपनि विकेट मेडन हासिल गरे ।

पर्थका लागि ओपनर जोश इंग्लिसले ३७ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन । लगातार विकेट गुमाएको घरेलु टोलीका लागि इंग्लिसबाहेक जम्मा दुई ब्याट्सम्यानले बाउन्ड्री प्रहार गरे । कप्तान मिचेल मार्स ७, लियाम लिभिङ्स्टोन ४, क्यामरन ग्रीन ४, क्यामरन ब्यानक्रफ्ट १० र टिम डेविड मात्र ३ रनमा आउट भए । जेरोन मोर्गन १, जोर्डन ५, रिचर्डसन १ र फवाद अहमद ६ रनमा पेभेलियन फर्किए ।

मेलबर्नका लागि सन्दीपले २ तथा ज्याक्सन कोलमनले ३ विकेट लिए । कुल्टर नेल, हरिस रौफ र कप्तान ग्लेन म्याक्सवेल पनि १-१ विकेट लिए । मेलबर्न यस जितसँगै १० खेलमा ९ जितसहित १८ अंक जोड्दै लिगको शीर्षस्थानमा छ । दोस्रो स्थानको सिड्नी सिक्सर्सको १२ अंक मात्र छ ।

यो पनि : आर्मी एमएम कपको फाइनलमा

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.