default_image

4 years ago

January 16, 2020

सुदूरपश्चिमलाई फाइनलमा पुग्न पुलिसको मध्यम लक्ष्य

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ सय ३० रनको लक्ष्य दिएको छ । बिहीबार इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पुलिस ४९ ओभरमा २ सय २९ रनमा अल आउट भयो । तेस्रो ओभरको दोस्रो बलमा स्पिनर […]

82 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।

बिहीबार इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पुलिस ४९ ओभरमा २ सय २९ रनमा अल आउट भयो । तेस्रो ओभरको दोस्रो बलमा स्पिनर शेर मल्लले ओपनर सुनिल धमलालाई १ रनमा दीपक बोहराबाट क्याच गराउँदै पेभेलिएन फर्काए । १२ औं ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले ३२ रनमा जीवनदान पाए । ठुलो सट खेलेका दीपेन्द्रलाई लङ अनमा शेर मल्लले क्याच छोडेका थिए ।

त्यसअघि तेस्रो बलमा किरन ठगुन्नाले डाइरेक्ट थ्रो हान्दै स्टम्प ताकेपनी दीपेन्द्र रन आउट हुनबाट बचेका थिए । १४ औं ओभरको चौथो बलमा स्पिनर विनोद लामाले लङ अनमा खडक बोहराबाट ओपनर अमित श्रेष्ठलाई ८ क्याच गराए । दोस्रो विकेटका लागि अमित र दीपेन्द्रले ५४ रनको साझेदारी गर्दै इनिङ उकासे । दीपेन्द्रले ब्यक्तिगत ६० रनमा पनि जीवनदान पाए । विनोदकै २३ औं ओभरको तेस्रो बलमा गजेन्द्र बोहराले दीपेन्द्रको क्याच छोडे ।

विनोदको २५ ओभरको अन्तिम बलमा ठुलो सट खेलेका अनिल कुमार शाह ३१ रनमा आकश चन्दबाट क्याच हुँदै पेभिलिएन फर्के । अनिलले ३९ बलमा ४ चौका प्रहार गरे । अनन्त: दीपेन्द्र विनोद लामाकै शिकार बन्न पुगे । २७ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट हुनु अघि दीपेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का सहित ६८ रनमा आउट भए । २८ औं ओभरको दोस्रो बलमा आकशले पवन सरार्फलाई १ रनमा एलबीडब्लू आउट गर्दै सुदुरपश्चमलाई खेलमा फर्काए ।

३५ औं ओभरको चौथो बलमा शेरले कुशल भुर्तेललाइ विकेटकिपर लोकेश बमबाट १७ रनमा स्टम्पिङ आउट गराए । कप्तान सन्तोष भट्टले ३६ औं ओभरको चौथो बलमा योगेन्द्र सिंह कार्कीलाई २९ रनमा बिक्रम ठगुन्नाबाट क्याच गराएपछि पुलिस ठूलो योगफल बनाउन चुकेको हो । योगेन्द्रले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । तल्लोक्रममा तीब्र गतिका बलर ललित सिंह भण्डारीले ४० बलमा २ चौका र ४ छक्का सहित ४० रन जोड्दै पुलिसलाई बलियो प्रतिस्पर्धात्मक योगफलमा पुर्याए । कप्तान मञ्जित श्रेष्ठ र सागर ढकालले ९-९ रन जोडे ।

स्पिनर विनोद लामाले १० ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । शेर मल्लले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर ३ विकेट लिए । आकश चन्दले ९ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सन्तोष भट्टको नाममा १ विकेट रह्यो ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.