9 years ago
July 4, 2016
काठमाडौं, हाम्रोखेलकुद
नेपाली क्रीकेट संघ (क्यान)निलम्बनमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको छ ।
कप्तान पारस खड्का, कोच जगत टमाटा र आईसीसीका प्रतिनिधि राजु बैंकटपति रहेको छनोट समितिले घोषणा गरेको टोलीमा नयाँ खेलाडी विक्रम शोवले मौका पाएका छन भने वर्ल्ड क्रीकेट लिग खेलेका नरेश बुढायर र बल सुशन भारी बाहिरिएका छन् । टोलीमा सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन्। नेपालले १९ तारिखमा मेरिलोबोन क्रिकेट क्लब एमसीसीसँग लर्ड्समा खेल्नेछ ।
बेलायत भ्रमणको लागि नेपाली राष्ट्रिय क्रीकेट टिमको खेलाडी यस प्रकार छन्:
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान्)
३. शक्ती गौचन्
४. बसन्त रेग्मि
५. शरद भेषावकर
६. राजु रिजाल
७. राजेश पुलामी
८. सोमपाल कामी
९. सागर पुन
१०. विनोद भण्डारी
११. सन्दिप लामिछाने
१२. राजेश पुलामी मगर
१३. सुवास खकुरेल
१४. अनिल मण्डल
१५. विक्रम शोव
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]