default_image

4 years ago

January 17, 2020

रउफ पहिलो पटक पाकिस्तान टोलीमा समावेश

एजेन्सी – बिग ब्यास लिगमा मेलबर्न स्टार्सका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका तीव्र गतिका बलर हरिस रउफ पाकिस्तानको टि ट्वान्टी टोलीमा परेका छन् । घरेलु मैदानमा हुने बंगलादेशसँगको तीन टि ट्वान्टी सिरिजको लागि विहीबार घोषणा गरिएको १५ सदस्य टोलीमा रउफले मौका पाएका हुन् । तीब्र गतिका बलर रउफले अष्ट्रेलिया बिग ब्यास लिगमा नेपाली लेग स्पिनर […]

40 views

0 Bookmark

एजेन्सी – बिग ब्यास लिगमा मेलबर्न स्टार्सका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका तीव्र गतिका बलर हरिस रउफ पाकिस्तानको टि ट्वान्टी टोलीमा परेका छन् ।

घरेलु मैदानमा हुने बंगलादेशसँगको तीन टि ट्वान्टी सिरिजको लागि विहीबार घोषणा गरिएको १५ सदस्य टोलीमा रउफले मौका पाएका हुन् । तीब्र गतिका बलर रउफले अष्ट्रेलिया बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सबाट उत्कृष्ट प्रर्दशन गरेपछि रउफलाई पाकिस्तान क्रिकेट बोर्डले मौका दिएको हो ।

मेलबर्न स्टार्सबाट रउफले सुरुवाती ७ खेलमा १६ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन् । हरिसले सिड्नी थन्डरविरुद्ध ह्याटि्रक गरेका थिए । होबार्ट हरिकेन्सविरुद्ध ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिएका थिए । रउफसँगै अलराउन्डर अहसान अली र अहमद बुटा पनि पहिलो पटक पाकिस्तानको टोलीमा परेका छन् । आसिफ अली, फहकार जमान, हरिस सोहेल, इमान उल हक, मोहम्मद आमिर, मोहम्मद इरफान र वहाव रिवाज टोलीमा परेका छैनन् ।

बंगलादेश र पाकिस्तानसँगको टि ट्वान्टी खेल तालिका

माघ १०: पहिलो टि ट्वान्टी

माघ ११: दोस्रो टि ट्वान्टी

माघ १३: तेस्रो टि ट्वान्टी

बंगलादेशविरुद्ध पाकिस्तानको टि ट्वान्टी टोली :

बाबर आजम (कप्तान), अहसान अली, अहमद बुट, हरिस रउफ, इफ्तिइखर अहमद, इमाद वासिम, कुशदील शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान, मुसा खान, सादव खान, शाहिन शाह अफ्रिदी, सोएव मालिक, उस्मान कादिर

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.