default_image

5 years ago

January 17, 2020

विश्वकप खेल्ने डी भिलियर्सको चाहना

74 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा विश्फोटक ब्याट्सम्यान एबी डी भिलियर्सले यसै वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकप अघि टोलीमा पुनरागमन गर्न चाहेको बताएका छन् ।

अष्ट्रेलियामा जारी बिग ब्यास लिग ब्रिसबेन हिटबाट खेलेका एबी डी भिलियर्सले ‘क्रिकेट डट कम डट एयू’ सँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले टोलीमा पुनरागमन गर्न आगमी संस्करणको भारतमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रर्दशन महत्वपूर्ण हुने छ । एबी डी भिलियर्सले आईपीएल विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेल्ने छन् ।

उनले भनेका छन्, ‘म पुनरागमन गर्न चाहान्छु, मार्क बाउचर (दक्षिण अफ्रीका प्रशिक्षक ), ग्रीम स्मिथ (क्रिकेट निर्देशक) र फाफ डु प्लेसिस (कप्तान) सँग कुरा गरि रहेको छु। सबै पुनरागमन चाहान्छन् ।’

‘अझै धेरै समय बाँकी छ र म क्रिकेटमा धेरै गर्न सक्छु, जसको लागि आईपीएलको प्रर्दशन महत्त्वपूर्ण हुने छ । म लयमा हुन आवश्यक छ । म दक्षिण अफ्रिकाको सम्भावित खेलाडीमा पर्न चाहान्छु । आशा छ सबै ठिक हुनेछ’, उनले भने ।

एबीले सन् २०१८ मे मा सबैलाई आश्चर्य पार्दै एक्कासी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । डी भिलियर्सले गत जुलाईमा इंग्ल्यान्डमा भएको आईसीसी एक दिवसिय विश्वकपमा खेल्न दक्षिण अफ्रिकाले चाहे र आवश्यक रहे आफू तयार रहेको बताएका थिए ।

तर दक्षिण अफ्रिकाले डी भिलियर्सलाई टोलीमा मौका दिएन । डी भिलियर्सलाई मौका दिँदा कडा मिहिनेतका साथ टोलीमा परेका खेलाडीलाई अन्याय हुने भन्दै कप्तान फाफ डु प्लेसिसिले अस्विकार गरेका थिए । विश्फोटक ब्याट्सम्यान डी भिलियर्स सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी हुन् । उनले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमै शतक पुरा गर्दै यस्तो कीर्तिमान कायम गरेका थिए ।

आईसीसी टि ट्वान्टी विश्वकप अष्ट्रेलियामा आगमी अक्टोबर नोभेम्बरमा हुने छ । दक्षिण अफ्रिकाका प्रशिक्षक मार्क बाउचरले डी भिलियर्स चाहान्छन् भने पुनरागमन गर्न सक्ने बताउदै आएका छन्।

December 13, 2024

लुम्बिनीले सान्त्वना जितका लागि पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) को शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई सामान्य योगफलमा रोकेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनको सामान्य योगफल तयार गरेको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । […]

December 13, 2024

लारा आजै एनपिएल हेर्न जाने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आइपुगेका छन्। फ्लाइ दुबईबाट शुक्रवार बिहान लारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनै आजै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि कीर्तिपुरस्थित टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनले ५ ओभर एनपिएलको कमेन्ट्री गर्ने बताइएको छ । लारा […]

December 13, 2024

लुम्बिनीले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) को शुक्रवारको पहिलो खेलमा लुम्बिनीले टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले बलिङ रोजेका हुन् । लुम्बिनीले बिहीवार ३ परिवर्तन गरेको छ । लुम्बिनीको टोलीमा पछिल्लो खेलमा खेलेका सुर्य तामाङ, उन्मुक्त चन्द र विवेक यादव बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा […]

Success

Thank you for your time.