default_image

4 years ago

January 21, 2020

यू१९ विश्वकप – अष्ट्रेलिया र वेस्ट इन्डिज विजयी

एजेन्सी – दक्षिण अफ्रिकामा जारी आईसीसी यू१९ विश्वकप अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेस्ट इन्डिज र अष्ट्रेलिया विजयी भएका छन् । समुह बी को खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई डक वर्थ लेविस पद्धतीको आधारमा ७१ रनले हराउँदै क्वाटरफाइनल नजिक पुगेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै […]

31 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकामा जारी आईसीसी यू१९ विश्वकप अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेस्ट इन्डिज र अष्ट्रेलिया विजयी भएका छन् । समुह बी को खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई डक वर्थ लेविस पद्धतीको आधारमा ७१ रनले हराउँदै क्वाटरफाइनल नजिक पुगेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६७ रन बनायो । उसका केल्वन एन्डरसन १ सय ५ बलमा ६ चौका र ३ छक्का सहित ८५ रनमा अविजित रहे । नइम योङ ६६, कप्तान किमानी मेलियस २४ र विकेटकिपर लियोनार्डो जुलिएन ४० रनमा आउट भए ।

२ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३.४ ओभरमा १ सय ८४ रन बनाउन ९ विकेट गुमायो । उसका टम क्लार्क ३८ र बेन चाल्र्सवर्थले ३६ रन जोडे । नइम योङले ५ विकेट लिदै म्यान अफ द म्याच चुनिए । पहिलो खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई ३ विकेटले हराएको थियो ।

समुह बी कै अर्को खेलमा अष्ट्रेलियाले पहिलो पटक य१९ विश्वकप खेलेको नाइजेरियालाई १० विकेटले हरायो । टस जितेर पहिला ब्याटिङ गरेको नाइजेरिया ३०.३ ओभरमा ६१ रनमा अल आउट भयो । एलिजा ओललेये २१ रन बनाए । नाइजेरियाका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्पिनर तनवीर संघाले ५ विकेट लिए । ६१ रनको लक्ष्य अष्ट्रेलियाले ७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो ।

मंगलबार दुई खेल हुँदै छन् । पहिलो खेलमा समह सी बंगलादेश र स्कटल्यान्ड भिड्ने छन् । पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई ९ विकेटले हराएको थियो । स्कटल्यान्ड पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । समुह ए को खेलमा भारतले पहिलो पटक विश्वकप खेलि रहेको जापानसँग खेल्ने छ । पहिलो खेलमा भारतले श्रीलंकालाई ९० रनले हराएको थियो । जापानले पहिलो खेलमा न्युजिल्यान्डसँगको वर्षाको कारण १-१ अंक बाडेको थियो ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.