default_image

4 years ago

January 22, 2020

राजिस्थानलाई हराउँदै आरसीडब्लू सेमिफाइनलमा

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको टिकमगढमा जारी अंमर सहिद अन्तराष्ट्रिय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली राइजिङ क्रिकेट फर वुमेन (आरसीडब्लू) क्लव सेमिफाइनलमा पुगेको छ ।

बुधबार राजस्थानलाई ४४ रनले हराउँदै समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आरसीडब्लूले सेमिफाइनमा विहीबार दिल्लीसँग खेल्ने छ । टस हारेर ब्याटिङ थालेका आरसीडब्लूले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५० रन बनाएका थिए ।

आरसीडब्लूको लागि सिनियर टोलीकी अलराउन्डर आरती विडारीले सर्वाधिक ३८ रनको योगदान दिइन् । लक्ष्मी साउदले २७, रुबि पद्दोर २०, कञ्चन श्रेष्ठ र सुमन खतिवडाले समान १७ रनको योगदान दिइन् । आरसीडब्लूले प्रस्तुत गरेको १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको राजिस्थानले पुरै २० ओभर खेलेपनि ८ विकेट गुमाउँदै १ सय ६ रन मात्रै बनाउन सक्यो ।

राजिस्थानलाई सस्तैमा रोक्न युवा स्पिनर खुसि डंगोलले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । डली भट्ट र कृष्मा गुरुङले १-१विकेट लिए । आरसीडब्लूले पहिलो खेलमा टीकमगढलाई ४ विकेट र दोस्रो खेलमा पञ्जावलाई १ सय ६३ रनले हराएको थियो । समुह बी मा दिल्ली, उत्तर प्रदेश, एमी र विदर्भ छन् । दोस्रो सेमिफाइनलमा टिकमगढ र विदर्भ भिड्ने छन् । फाइनल शुक्रबार हुने छ ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.