default_image

4 years ago

January 27, 2020

गायक प्रमोद प्रदेश १ क्रिकेट संघका सद्धभावना दुत

काठमाडौं (हाम्रो खेलकुद) – चर्चित गायक प्रमोद खरेल प्रदेश नम्बर १ क्रिकेट संघको सद्धभावना दुतमा नियुक्त भएका छन् । शनिबार विराटनगरमा सम्पन्न भएको प्रदेश १ को बैठकले प्रमोद खरेललाई सद्धभावना दुतमा नियुक्त गर्ने निर्णय गरेको हो । गायक प्रमोद खरेलले निरन्तर रुपमा नेपाली क्रिकेटलाई नजिकबाट नियाल्दै आएका छन् । प्रमोदले नेपाली क्रिकेटको खेल र गतिविधिमा […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चर्चित गायक प्रमोद खरेल प्रदेश नम्बर १ क्रिकेट संघको सद्धभावना दुतमा नियुक्त भएका छन् । शनिबार विराटनगरमा सम्पन्न भएको प्रदेश १ को बैठकले प्रमोद खरेललाई सद्धभावना दुतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गायक प्रमोद खरेलले निरन्तर रुपमा नेपाली क्रिकेटलाई नजिकबाट नियाल्दै आएका छन् । प्रमोदले नेपाली क्रिकेटको खेल र गतिविधिमा सामाजिक सञ्जालबाट समय समयमा आफ्नो धारणा राख्ने गर्दछन् । प्रमोदले चार वर्षअघि मेरो देश प्यारो नेपाल क्रिकेट गित समेत सार्वजनिक गरेका थिए । प्रमोद नेपाली क्रिकेटमा सक्रिय समर्थकका रुपमा रहँदै आएका छन् ।

शनिबार प्रदेश १ संघले दैनिक कार्यलाई सहज बनाउन विभिन्न उपसमिती गठन र पदमा नियुक्ति गरेको छ । प्रदिपराज पाण्डेको संयोजकत्वमा नारद नेपाल र मानबहादुर राई सदस्य रहेको प्राविधिक उपसमिति तथा अध्यक्ष मिङ्मा डण्डु शेर्पाको संयोजकत्वमा नवीन घिमिरे, मनोज कटुवाल र बिरु श्रेष्ठ सदस्य कार्य सम्पादन उपसमिति गठन गरेको छ । त्यस्तै प्रदेश १ ले खेलाडी छनोटमा लाक्पा लामाको संयोजकत्वमा टिकाराम पुरी र राजकुमार प्रधान छन् ।

मनोज कटुवाललाई प्रवक्ता, अजय राजवंशीलाई पुरुष टोलीको ब्यबस्थापक र बिरु श्रेष्ठको संयोजकत्वमा आर्थिक उप समिती गठन गरेको छ । प्रदेश १ मा आवद्ध रहेका ५ वटै जिल्लामा क्रिकेट विकाशको खेल मैदानको पहिचान गरि निर्माण र स्तर उन्नती गर्ने निर्णय गरेको जनाएको छ ।

विराटनगर महानगर पालिकाका मेयर भिम पराजुली, पुर्व अन्तर्राष्ट्रिय खेलाडी पारस लुनिया, नेपाल पर्यटन बोर्डका सुर्य थपलिया, नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक ईश्वर बाबु कार्की, निलडेविड कटुवाल र जीवन कुमार दास सदस्य रहने गरि सल्लाहकार समिती गठन भएको छ । प्रदेश संघको कार्यलय विराटनगर, सबै जिल्लाहरुमा जिल्लाकार्यलय स्थापना र कार्यलय सचिवमा शिरीष उपाध्यायलाई नियुक्ती गर्ने निर्णय गर्दै प्रदेश १ क्रिकेट संघको दोस्रो बैठक सम्पन्न भएको छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.