6 years ago
January 30, 2020
एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपको क्रममा अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान ज्याक फ्रेज़र-म्याक गुर्क बादरले अनुहारमा कोपारेपछि घर फर्किएका छन् ।

गत बिहीबार अष्ट्रेलियाले इंग्ल्यान्डलाई २ विकेटले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेपछि टोलीसँगै किमबर्लीमा रहेको एक पार्कमा घुम्न गएका थिए । जसक्रममा बाँदरले उनको अनुहारमा कोपारेको थियो । परिवार र डाक्टारको सल्लाह अनुसार उनी घाइते भएको सात दिनपछि थप उपचारको लागि घर फर्केका हुन् ।
अष्ट्रेलिया जारी यू१९ विश्वकप उपाधि होडबाट बाहिरिसकेको छ । मंगलबार साविक विजेता भारतसँग क्वाटरफाइनलमा ७४ रनले पराजित हुँदै अष्ट्रेलिया उपाधि होडबाट बाहिरिन पुगेको हो । अब अष्ट्रेलियाले प्लेअफ चरणमा अफगानिस्तान र पाकिस्तान मध्य एकसँग प्रतिस्पर्धा गर्नेछ ।
घाइतेका बाबजुद भारतसँगको क्वाटरफाइनल खेल खेलेका उनी पहिलो बलमै शून्यमा रन आउट भएका थिए । ‘मलाई साथीहरुलाई छाडेर फर्किन मन छैन, यो मेरा लागि एउटा पाठ हो । आशा छ म उपचारपछि चाडैनै मैदान फर्किने छु । आफ्नो उपचारको क्रममा हेरचाह र सहयोग गर्ने सबैलाई धन्यावाद,’ अष्ट्रेलिया फर्किनुअघि उनले भने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]