10 years ago
September 2, 2015
नेपालले समुहमानै कमजोर प्रतिद्धवन्दि साउदी अरेविया विरुद्ध बिहिबार प्रतिष्पर्धा गर्दै छ । प्रतियोगितामा ४ खेलमा ४ वटामानै पराजित भएको साउदी विरुद्ध नेपाल स्वभाविक रुपमा बलियो लयमा हुने छ । यद्धपि प्रतियोगितामा नेपालको एक पराजय उपाधिका लागि निकै मंहगो पर्ने निश्चित छ । अफगानिस्तान उपाधि अभियानमा बलियो दाबेदार रहंदा नेपाल प्रतियोगितामा दोस्रो नम्बरमा रहंने पक्का छ ।
समुहमा अफगानिस्तानसंगको फराकिलो हार र अन्य टिम विरुद्ध फराकिलो जित निकाल्दै एसियन कपका लागि छनोट भएको नेपालको उपाधि संभावना भने निकै कमजोर छ । समुहमा ६ अंकका साथ दोस्रो स्थानमा रहेको नेपालले उपाधि जित्नका लागि साउदी विरुद्ध फराकिलो जित निकाल्नु पर्ने छ भने अफगानिस्तान मलेसियासंग फराकिलो अन्तरले पराजित भएमात्र नेपालको उपाधि संभावना रहने छ । यद्धपि उक्त संभवना कमजोर रहेकाले नेपाल उपाधि होडबाट लगभग बाहिरिसकको छ । यद्धपि एसियन कप हु्ंदै विश्वकप छनोट सम्मको यात्रालाई सफल बनाउन भने युवा टिम सफल भएको छ ।
एसिसिको नियम अनुसार प्रतियोगितामा शिर्ष ३ स्थानमा रहने टिमले एसियाकपका लागि स्थान बनाउन सक्छन् । आगामी डिसेम्बरमा मलेसियामानै हुने एसियाकपका लागि छनोट भइसकको नेपाली टिमका लागि साउदी विरुद्ध प्रतिष्ठाका लागि मात्र मैदान उत्रने छ । नेपालले अफगानिस्तानसंग १० विकेटले परािजत भएको थियो भने आयोजक मलेसिया, युएइ र कुवेतमाथी फराकिलो जित आत्मासाथ गरेको थियो ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]