default_image

6 years ago

February 7, 2020

अमेरिकासँग खेल्नुअघि नेपालले सुधार गर्नुपर्ने ३ कमजोरी

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार अमेरिकासँग खैल्दै छ । विहान ९ : ३० बजे टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा जारी त्रिकोणात्मक सिरिजमा दुवै टोली पहिलो जितको खोजीमा छन् ।

ओमानसँग नेपाल १८ रन र अमेरिका ६ विकेटले पराजित भएको थियो । शीर्षस्थानमा रहेको अमेरिकासँग नेपालको प्रतिस्पर्धा रोमान्चक हुने अनुमान गरिएको छ । भारत, दक्षिण अफ्रिका र वेस्ट इन्डिजबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका खेलाडी सम्मिलित अमेरिकालाई हराउन नेपाललाई सहज हुने छैन ।

अमेरिकासँग खेल्नुअघि नेपालले आफ्नो कमीकमजोरीलाई सुधार गर्नै पर्ने हुन्छ । शनिबार नेपालले टीयुमा १० हजार भन्दा धेरै दर्शकको साथ पाउने आशा गरिएको छ । घरेलु मैदानमा हजारौं दर्शकलाई जितको खुसी दिन नेपालले अमेरिकासँग खेल्नुअघि यी तीन कमजोरी सुधार गर्नुपर्छ ।

३. फिल्डिङमा सुधार

बलिङ र ब्याटिङ मात्रै होइन फिल्डिङले पनि टोलीको नतिजामा प्रभाव पार्छ । कमजोर फिल्डिङ टोलीको हारको कारण बन्ने गर्दछ । ओमानविरुद्ध नेपालको हारको एक कारण थियो । नेपालले आफ्नो फिल्डिङमा अमेरिकासँग चुक्नु हुँदैन । ओमानविरुद्ध नेपालले केहि क्याच छाड्नुको साथै रन आउट र स्टम्पिङमा समेत चुकेको थियो । जसको कारण मोहम्मद नदीमले अर्ध शतकीय इनिङ खेल्दै टोलीको जित सहज बनाए ।

नेपालले उत्कृष्ट फिल्डिङ गर्दै अमेरिकालाई दबाबमा राख्नुपर्छ । एक्स्ट्रामा रनमा समेत विशेष ध्यान दिनुपर्छ । बलिङ मात्र होइन फिल्डिङबाट पनि उति नै दबाबमा राख्न सके नेपालको जित सहज बन्न सक्छ ।

२. उत्कृष्ट डेथ ओभर बलिङ

ओमानसँग हार्नुको अर्को कारण कमजोर डेथ ओभर बनेको थियो । ओमान एक सयम ४० ओभरमा ओमान १२१-६ को अवस्थामा थियो । तर ओमानले अन्तिम १० ओभरमा ३ विकेट गुमाउँदै ७६ रन बनाएको थियो । सुरुवात उत्कृष्ट गरेपनि अन्त्य कमजोर गर्दा नेपाल पराजित हुन पुगेको थियो । त्यसैले सुरुवात मात्रै होइन अन्त्य पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ ।

नेपालले विपक्षीलाई दबाबमा राख्न साझेदारी बन्न दिनुहुँदैन । जसको लागि नेपालले अन्तिम दश ओभरमा कम रन दिने प्रयास गर्नुपर्छ । जसले गर्दा अमेरिकाले ठूलो लक्ष्य बनाउन सक्दैन । पहिलो डेब्यू खेलमा कसिलो बलिङ गरेपनि अभिनाश बोहोरा विकेटविहिन बनेका थिए । उनीबाट नेपालले सोहि प्रदर्शनको अपेक्षा गरेको छ ।

१. सुदृढ ब्याटिङ लाइनअप

क्रिकेट एक पक्ष मात्रै राम्रो भएर जित हुँदैन । खेलको रणनिती, फिल्डिङ, बलिङ र ब्याटिङ गरि सबै उत्कृष्ट हुनुपर्छ । यी चार मध्य एक कमजोर हुँदा जित कठिन बन्छ । नेपालले अमेरिकालाई हराउन ब्याटिङ लाइनपमा परिवर्तन गर्नुपर्ने देखिन्छ । ओमानविरुद्ध ५५ रनको अर्ध शतकीय इनिङ खेलेका शरद भेषवाकरले मांशपेशी दुखाईको कारण सिरिज गुमाउने भएका छन् । जसको कारण नेपालको मध्यक्रम अझ कमजोर बनेको छ ।

शरदको स्थानमा ओपनर सुवास खकुरेल टोलीमा आएका छन् । पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गरेका थिए । पहिलो पटक एकदिवसीय खेलमा साझेदारी चलन सकेन । पारस ३ र ज्ञानेन्द्र १ रनमा आउट हुँदा कमजोर सुरुवात गरेको नेपाल पराजित हुन पुगेको थियो । अब सुवासको टोलीमा आगमनसँगै ब्याटिङ लाइनअप पनि परिवर्तन हुने प्रबल सम्भावना छ ।

ओपनिङमा सुवास र ज्ञानेन्द्रलाई मैदान उत्रँदा पारस तेस्रो नम्बरमै आउने आंकलन गरिएको छ । ज्ञानेन्द्र र पारसले ओपनिङ गर्दा केहि कमजोर देखिएको नेपालको मध्यक्रम ब्याटिङलाई केहि राहत मिल्ने देखिन्छ। अमेरिकाविरुद्ध सुवासको इतिहास सधै राम्रो छ । अभ्यास खेलमा पनि सुवासले ५२ रनको अर्ध शतकीय इनिङ खेलेका थिए । अमेरिकासँग नेपालले जित निकाल्न ब्याटिङ प्रदर्शन सुधार गर्नैपर्ने देखिन्छ । अन्यथा नेपालको जितको अगाडि पुन: ब्याटिङनै बाधक बन्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.