default_image

6 years ago

February 7, 2020

नेपालविरुद्ध अमेरिका : कडा प्रतिस्पर्धाको आशा

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत शनिवार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल विहान ९:३० बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल र अमेरिका दुवै जारी सिरिजमा पहिलो जितको खोजिमा छन् । नेपाल अमेरिकाविरुद्ध स्पष्ट जित निकाल्न चाहान्छ । ओमानसँग १८ रनले पराजित भएको नेपाल उक्त खेलमा भएको कमजोरी सुधार गर्दै मैदान उत्रने छ ।

बुधबार ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । शरद भेषवाकरले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । शरद बायाँ हिपको मांशपेशी दुखाईको कारण सिरिज गुमाउने भएका छन् । उनको स्थानमा ओपनर तथा विकेटकिपर सुवास खकुरेल आएका छन् ।

सुवासको आगमले टोलीमा ओपनिङ जोडि परिवर्तन हुने अनुमान गरिएको छ । पहिलो खेलमा पारस खड्का र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । तर दुवै ओपनरको प्रर्दशन सम्झन लायक थिएन । पारस ३ र ज्ञानेन्द्र १ रनमा आउट भएका थिए । ज्ञानेन्द्रलाई कप्तानी इनिङ खेल्नुपर्ने दबाब छ । सुवास र ज्ञानेन्द्रले ओपनिङ गर्ने उच्च सम्भावना छ ।

शरद टोलीमा नहुँदा मध्यक्रम केहि कमजोर बन्न सक्छ । दीपेन्द्र सिंह ऐरीले ३६ रनको इनिङ खेलेका थिए । उपकप्तान समेत रहेका दीपेन्द्रबाट ठूलो इनिङको आशा गरिएको छ । आरिफ शेख ६ र रोहित कुमार पौडेल शून्यमा आउट भएका थिए । आरिफले टोलीमा निरन्तरता पाउने छन् । रोहितको स्थानमा बायाँ हाते अलराउन्डर कुशल मल्लको सम्भावना छ ।

विकेटकिपर विनोद भण्डारीले २६ रनको इनिङ खेलेका थिए । विनोदबाट तल्लोक्रममा ठूलो इनिङको आशा गरिएको छ । सुवासको आगमनले विनोदलाई अझ बढी जिम्मेवारी बनाउने छ । यस अघि विकेटकिपरको विकल्प थिएन ।

बलिङमा नेपालले ओमानसँगका प्रमुख चार खेलाडीलाईनै निरन्तरता दिने देखिन्छ । करण केसीले ९ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिएका थिए । उनलाई तीब्र गतिको बलिङ युनिटमा अभिनाश बोहरालेनै साथ दिने देखिन्छ । अभिनाश ओमानसँग विकेटबिहीन बनेपनि कसिलो बलिङ गरेका थिए । १० ओभरमा १४ रन खर्चेर ३ विकेट लिएका सुशन भारी र सन्दीप लामिछानेले स्पिनरमा निरन्तरता पाउने देखिन्छ ।

सन्दीपले १० ओभरमा ४५ रन खर्चे पनि विकेट लिन सकेका थिएनन् । सन्दीपलाई विकेटको दबाब हुने छ । ब्याटिङमा भने सन्दीपले २८ रन जोडेका थिए । सम्रगमा अमेरिकाविरुद्ध टोलीमा दुई परिवर्तन सम्भावना रहन्छ ।

यता अमेरिका ओमानविरुद्ध ५० ओभरमा २ सय १३ रनमा समेटिएको थियो । उक्त लक्ष्य ओमानले ३ बल अगाडी ४ विकेट गुमाउँदै पुरा गर्यो । शीर्षक्रमका ब्याट्सम्यानले कमजोर प्रर्दशन गरेपनि मध्यक्रमका इयान होल्यान्डले ७८ बलमा ७ चौका सहित ६५ रन जोड्दै बलियो योगफलमा पुर्याएका थिए । उनलाई अक्षय होमराजले ४४ रन बनाउँदै राम्रो साथ दिएका थिए ।

एक समय १५.५ ओभरमा ५४-४ को कमजोर अवस्थामा पुगेको अमेरिकालाई पाँचौ विकेटका लागि इयान होल्यान्ड र अक्षय होमराजले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । जसले अमेरिका शीर्षक्रम ब्याट्सम्यानमा मात्रै निर्भर छैन भन्ने प्रष्टाउछ ।

ओपनर जेभियर मार्शल १३ रनमै आउट हुन पुगेका थिए । मार्शलले वेस्ट इन्डिजबाट टेष्ट, ओडीआई र टि ट्वान्टी खेलि सकेका खेलाडी हुन् । त्यसैले उनी नेपाललाई घातक बन्न सक्छन् । स्टिभ टेलर, आरोन जोन्स र मोनक पटेल अमेरिका शीर्षक्रमका प्रमुख ब्याट्सम्यान हुन् । तीब्र गतिको बलिङमा अमेरिका कप्तान सौरभ नेत्रवलकार र दक्षिण अफ्रिका पुर्व खेलाडी रस्टी थेरन रहेका छन् । स्पिनमा करिमा गोर र तिमिल पटेलको जोडी रहनेछ ।

अमेरिकाले नेपालविरुद्ध अष्ट्रेलियन मुलका अलराउन्डर क्यामरन स्टिवन्सनलाई मौका दिन सक्छ । ओमानसँगको प्रर्दशन हेर्दा अमेरिकाको मध्यक्रमको बलिङ कमजोर देखिन्छ । शीर्ष स्थानमा रहेको अमेरिकाविरुद्ध नेपाललाई सहज भने पक्कै हुने छैन । अमेरिकालाई शीर्ष स्थानमा रहँन जित्नुपर्ने दबाब पनि छ । तर नेपालले घरेलु मैदान र हजारौं समर्थकको फाइदा उठाउँदै घरेलु मैदानमा पहिलो ओडीआई खेल जित्न चाहान्छ । सम्रगमा नेपाल र अमेरिकाबीच कडा प्रतिस्पर्धाको आशा गरिएको छ ।

नेपाली टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने

अमेरिकाको टोली :

सौरभ नेत्रवलकार (कप्तान), स्टिभ टेलर, करिमा गोर, इयान हल्योन्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, आरोन जोन्स, नास्तुश केन्जोगे, जेभियर मार्शल, मोनक पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टीवन्सन र रस्टी थेरन

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.