default_image

6 years ago

February 8, 2020

अमेरिकाविरुद्ध कुशलको डेब्यू

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा अलराउन्डर कुशल मल्ले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबार अमेरिकासँग डेब्यू गर्ने भएका छन् ।

टीयू क्रिकेट मैदानमा नेपालका प्रशिक्षक जगत टमटाले कुशललाई डेब्यू क्याप दिएका हुन् । सम्भवत: कुशलले रोहित कुमार पौडेलको स्थान लिने छन् । कुशल नेपालबाट ओडीआई खेल्ने २२ औं खेलाडी हुन् । ब्याटिङमा ओपनिङ देखी फिनिसिङ जुनसुकै भुमिका पनि निर्वाह गर्न सक्ने कुशल ठूला र आक्रामक ब्याटिङका लागि परिचित छन् । कुशलले स्पिन बलिङ पनि उत्कृष्ट गर्ने गर्दछन् ।

कुशललाई टोलीमा आज फिनिसरको रुपमा दख्न सकिने छ । कुशल पछिल्लो समय राम्रो लयमा छन् । एमएम कपमा कुशलले एपिएफविरुद्ध ६३ बलमा १३ छक्का र ५ चौका सहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । कुशलले टि ट्वान्टी आईमा गत सेप्टेम्बरमा जिम्बावेसँग सिंगापुरमा त्रिकोणात्मक सिरिजमै डेब्यू गरेका थिए । कुशलले ३ टि ट्वान्टी आई खेलेका छन् । मलेसियासँगको अभ्यास खेलमा पनि कुशलले राम्रो प्रर्दशन गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.