6 years ago
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा भएको टसमा अमेरिका कप्तान सौरभ नेत्रवलकारले जितेर पहिला गर्ने फिल्डिङ निर्णय लिएका हुन् ।

नेपालको टोलीमा आज दुई परिवर्तन भएको छ । अघिल्लो खेलमा ओमानसँग ५५ रनको इनिङ खेलेका शरद भेषवाकरको स्थानमा ओपनर सुवास खकुरेललाई मैदान उतारेको छ । शरद भेषावकर बायाँ हिपको मांशपेशीको दुखाईको कारण सिरिज गुमाउँदा सुवासले मौका पाएका थिए । ओपनिङ ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले गर्ने छन् । सुवास र ज्ञानेन्द्रले ओपनिङ गर्दा पारसले तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् । ओमानसँग पारसले ओपनिङ गर्दै ३ रनमा आउट भएका थिए ।
त्यस्तै नेपालले ओमानसँग शुन्यमा आउट भएका रोहित कुमार पौडेलको स्थानमा बायाँ हाते अलराउन्डर कुशल मल्ललाई मौका दिएको छ । कुशलको यो ओडीआई डेब्यू हो । पीच स्पिनर उपयोगी हुँदा कुशल नेपालको लागि नायक बन्न सक्छन् । कुशलले फिनिसरको भुमिका पाउने छन् । कुशल स्पिनसँगै तल्लोक्रममा ठूलो सट खेल्नेगर्दछन् । नेपालले चार प्रमुख बलर मैदान उतारेको छ । कुशलको आगमनले नेपालको स्पिन अट्याक थप बजुतहुने छ । बलिङमा भने नेपालले ओमानविरुद्धको खेलमानै निरन्तरता दिएको छ ।
प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने
बेन्च :
रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र कमल सिंह ऐरी ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]