6 years ago
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरि रहेको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै १९ रन बनाएको छ । नेपालको ओपनिङ आज पनि राम्रो हुन सकेन । ओमानसँग पारस खड्का र ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएका थिए । आज ओपनिङमा सुवास खकुरेल र ज्ञानेन्द्र मल्ल मैदान उत्रेका थिए ।
ओपनर सुवास खकुरेल रस्टी थेरनको चौथो ओभरको पहिलोे बलमा सिलिपमा तिमिल पटेलबाट ३ रनमा क्याच आउट हुन पुगे । सुवासले १० बलको सामना गरे । नेपाललाई पहिलो बाउन्डी कप्तान ज्ञोनेन्द्र मल्लले पाँचौ ओभरको पाँचौ बलमा चौका प्रहार गरेका थिए ।
हाल क्रिजमा पारस खड्का र ज्ञानेन्द्र मल्ल छन् । ज्ञानेन्द्रले १८ बलमा १ चौका सहित ८ रनमा खेलि रहेका छन् । पारस ६ रनमा खेली रहेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]