default_image

5 years ago

February 8, 2020

नेपालको लज्जास्पद सुरुवात

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग लज्जास्पद सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २१ ओभरमा ४९-५ को कमजोर अवस्थामा छ ।

नेपालले सुरुवात देखि नै खराब प्रर्दशन गरिरहेको छ । ओपनर सुवास खकुरेल रस्टी थेरनको चौथो ओभरको पहिलो बलमा सिलिपमा तिमिल पटेलबाट ३ रनमा क्याच आउट भए । सुवासले १० बलको सामना गरे ।

खराब सुरुवात गरेको नेपाललाई दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गर्दै केहि आशा दिलाएका थिए । तर ज्ञानेन्द्र क्यामरन स्टिभेन्सनको १४ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरबाट २१ रनमा क्याच आउट भए । ज्ञानेन्द्रले ३९ बलमा ४ चौका प्रहार गरे ।

कप्तान सौरभ नेत्रवलकारको १७ औं ओभरको पहिलो बलमा उप कप्तान दीपेन्द्रसिंह ऐरी खराब शट खेल्दै मिड अफमा रहेका जेभियर मार्शलबाट क्याच हुँदै शून्यमा पेभिलिएन फर्के । १८ ओभरको अन्तिम बलमा पारसलाई क्यामरनले विकेटकिपर अक्षय होमराजबाट १९ रनमा क्याच गराएपछि नेपाल संकटमा परेको थियो । पारसले ५२ बलमा २ चौका प्रहार गरे ।

सौरभको २१ औं ओभरको पाँचौ बलमा आरिफ शेख ठूलो सट खेल्नेक्रममा वैकल्पिक फिल्डर नास्तुष केन्ज़ीगेले उत्कृष्ट एक हातले क्याच लिदै आरिफलाई २ रनमा पेभिलिएन फर्काएका छन् । क्रिजमा विनोद भण्डारी र कुशल मल्ल रहेका छन् ।

December 12, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर विरानगरका कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

एनपिएलमा विराटनगर र पोखरा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आज २०औं तथा २१औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा सातौ र आठौं स्थानमा रहेका पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा खेल हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। दुवै टोली पाँचौ खेल खेल्दै […]

December 11, 2024

लुम्बिनीको एनपिएल : अक्सनमा सफल, मैदानमा असफल

भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]

Success

Thank you for your time.