6 years ago
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर विनोद भण्डारीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिका विरुद्ध अर्ध शतक पुरा गरेका छन् । विनोदले ६२ बलमा अर्ध शतक पुरा गर्दै आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पुरा गरे । विनोद ६२ बलमा ५ चौका र १ छक्का सहित ५० रनमा खेलि रहेका छन् ।

टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको छ । कुशलले ५० रनको कीर्तिमानी योगदान दिदै क्याच आउट भए । ३६ औं ओभरको दोस्रो बलमा करिमा गोरको बलमा क्याच आउट हुनुअघि ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
त्यसअघि कुशलले ३२ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरले क्याच छाड्दा ब्यक्तिगत ३८ रनमामा जीवनदान दिएका थिए । कुशल ओडीआईमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै कान्छा खेलाडी हुन् ।

एक समय ४९(५ को कमजोर अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडीआईमा यो नेपालको कुनै पनि विकेटकालागि गरेको उच्च साझेदारी पनि हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]