6 years ago
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते ब्याट्सम्यान कुशल मल्ल र विकेटकिपर विनोद भण्डारीको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा अल आउट हुँदै १ सय ९० रनमा समेटियो ।

नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले महत्वपूर्ण अर्ध शतकीय इनिङ खेले । विनोद भण्डारी ७९ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५९ रनको महत्वपूर्ण योगदान दिए । विनोदले ६२ बलमा आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पुरा गरे । विनोदलाई रस्टी थेरनले विकेटकिपर अक्षय होमराजबाट क्याच गराए ।
त्यस्तै डेब्यू खेलमा कुशलले ५० रनको कीर्तिमानी इनिङ खेले । ३६ औं ओभरको दोस्रो बलमा करिमा गोरको बलमा क्याच आउट हुनुअघि ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यो सँगै कुशल ओडीआईमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै कान्छा खेलाडी बनेका छन् । कुशलले ४९ बलमा डेब्यू अर्ध शतक प्रहार गरेका थिए ।
यस अघि यस कीर्तिमान नेपालका रोहित कुमार पौडेललको नाममा थियो । उक्त कीर्तिमान रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा गत वर्ष यूएईसँगको दोस्रो वान डे खेलमा ५५ रन जोड्दै बनाएका थिए । जसक्रममा रोहितले भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर र पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोड्न सफल भएका थिए । संयोगनै मान्नुपर्छ आज रोहितकै स्थान लिएका कुशलले उनको विश्व कीर्तिमान तोडेका हुन् ।

ओमानसँग शुन्यमा आउट हुन पुगेका रोहितको स्थानमा नेपालले कुशललाई मौका दिएको थियो । कुशलले ३२ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरले क्याच छाड्दा ब्यक्तिगत ३८ रनमामा जीवनदान पाउन पुगेका थिए । एक समय ४९-५ को कमजोर अवस्थामा पुगेको नेपाललाई बलियो योगफल सम्म पुर्याउन छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको कीर्तिमानी साझेदारी गरे । ओडीआईमा नेपालको उक्त साझेदारी उच्च हो ।
नेपालको सुरुवात भने खराब रह्यो । ओपनर सुवास खकुरेल रस्टी थेरनको चौथो ओभरको पहिलो बलमा स्लिपमा तिमिल पटेलबाट ३ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गरेका थिए । तर ज्ञानेन्द्र क्यामरन स्टिभेन्सनको १४ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरबाट २१ रनमा क्याच आउट भए । ज्ञानेन्द्रले ३९ बलमा ४ चौका प्रहार गरे ।
कप्तान सौरभ नेत्रवलकारको १७ औं ओभरको पहिलो बलमा उप कप्तान दीपेन्द्रसिंह ऐरी खराब शट खेल्दै मिड अफमा रहेका जेभियर मार्शलबाट क्याच हुँदै शून्यमा पेभिलिएन फर्के । १८ ओभरको अन्तिम बलमा पारसलाई क्यामरनले विकेटकिपर अक्षय होमराजबाट १९ रनमा क्याच गराएपछि नेपाल संकटमा परेको थियो ।

पारसले ५२ बलमा २ चौका प्रहार गरे । सौरभको २१ औं ओभरको पाँचौ बलमा आरिफ शेख ठूलो सट खेल्नेक्रममा वैकल्पिक फिल्डर नास्तुष केन्ज़ीगेले उत्कृष्ट एक हातले क्याच लिदै २ रनमा पेभिलिएन फर्किदा नेपाल ४९-५ को कमजोर अवस्थामा पुगेको थियो । करण केसी तल्लोक्रममा २१ बलमा २ चौका प्रहार गर्दै १२ रनमा क्याच आउट भए ।
सन्दीप लामिछाने ठूलोसट खेल्नेक्रममा शून्यमा क्याच आउट भए । तल्लोक्रमा सुशन भारी ११ र अभिनाश बोहराले ५ रन जोडे । अमेरिका क्यामरन स्टिभेन्सनले १० ओभरमा २ मेडन राख्दै ३० रन खर्चेर ३ विकेट लिए । कप्तान सौरभ नेत्रवलकारले १० ओभरमा २ मेडन राखेर २८ रन खर्चिदै २ विकेट लिए । रस्टी थेरन २, करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनको नाममा १-१ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]