6 years ago
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपाल जिततर्फ अघि बढेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिकाले खराब प्रर्दशन गरि रहेको छ ।

अमेरिका १८ ओभरमा ५३-६ को कमजोर अवस्थामा छ । नेपालले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएको थियो । कप्तान ज्ञानेन्द्र मल्लको निर्णयलाई सहि सावित गर्दै सन्दीपले चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।
तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराए । करणले अन्तिम बलमा जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए । चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबी डब्यू आउट गरे ।
सुशन भारीले ११ औं ओभरको पहिलो बलमै अक्षय होमराजलाई विकेटकिपर विनोद भण्डारीबाट ५ रनमा क्याच गराउँदै नेपाललाई फराकिलो जिततर्फ लम्काए । सुशन भारीको १७ औं ओभरको चौथो बलमा करिमा गोर ठूलो सट खेल्नेम्रममा फ्रष्ट स्लिपमा रहेका पारसले एक हातले उत्कृष्ट क्याच लिदै १० रनमा पेभिलिएन फर्काएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]