default_image

6 years ago

February 8, 2020

अमेरिकामाथि नेपालको शानदार जित

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । शनिबार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो ऐतिहासिक ओडीआई जित हात पारेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको  अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भएको छ ।

अमेरिका अलराउन्डर इयान होल्यान्डले १ सय ११ बलमा ७ चौका सर्वाधिक ७५ रनको योगदान दिए । एक समय नेपाललाई दबाबमा राखेका होल्यान्डलाई ४१ औं ओभरको चौथो बलमा करण केसीले कट विहान्ड निकाल्दै विनोद भण्डारीबाट क्याच गराएपछि नेपालको जित पक्का बनेको थियो ।

स्पिनर सन्दीप लामिछानेले दोेस्रो चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराए । एकबल पछि करणले जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए ।

चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबीडब्यू आउट गरेपछि अमेरिका १३/४ को कमजोर अवस्थामा पुगेको थियो । अमेरिका मध्यक्रम स्पिनर सुशन भारीले धरासय बनाए । सुशनले ११ औं ओभरको पहिलो बलमै अक्षय होमराजलाई विकेटकिपर विनोद भण्डारीबाट ५ रनमा क्याच गराउँदै फराकिलो जिततर्फ बढाए ।

सुशन भारीको १७ औं ओभरको चौथो बलमा करिमा गोर ठूलो सट खेल्ने क्रममा फ्रष्ट स्लिपमा रहेका पारसले एक हातले उत्कृष्ट क्याच लिदै १० रनमा पेभिलिएन फर्काए । २२ औं ओभरको पहिलो बलमा कुशलले एल्मोर हुचेन्सनलाई ३ रनमा बोल्ड आउट गर्दै आफ्नो ओडीआई पहिलो विकेट हात पारे ।

तल्लोक्रममा इयान होल्यान्ड र क्यामरन स्टिभेन्सनले आठौं विकेटका लागि ४९ रनको साझेदारी गर्दै अमेरिकालाई खेलमा फर्काउन खाजेका थिए । तर सुशनले क्यामरनलाई १९ रनमा विनोदबाट क्याच गराउदै नेपाललाई खेलमा फर्काए । रस्टी थेरन र सौरभ नेत्रवालकरले रन जोडे ।

स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २७ रन खर्चेर २ विकेट लिए ।तीब्र गतिका बलर करण केसीले ७.१ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए । कुशल मल्लले  १० ओभरमा १ मेडन राखेर ३० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा १ सय १९ रनमा अल आउट भएको थियो । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले महत्वपूर्ण अर्ध शतकीय इनिङ खेले । विनोद भण्डारी ७९ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५९ रनको महत्वपूर्ण योगदान दिए ।

विनोदले ६२ बलमा आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पुरा गरे । विनोदलाई रस्टी थेरनले विकेटकिपर अक्षय होमराजबाट क्याच गराए । डेब्यू खेलमा कुशलले ५० रनको कीर्तिमानी इनिङ खेले । ३६ औं ओभरको दोस्रो बलमा करिमा गोरको बलमा क्याच आउट हुनुअघि ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

यो सँगै कुशल ओडीआईमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै कान्छा खेलाडी बनेका छन् । कुशलले ४९ बलमा डेब्यू अर्ध शतक प्रहार गरेका थिए । यस अघि यस कीर्तिमान नेपालका रोहित कुमार पौडेललको नाममा थियो । उक्त कीर्तिमान रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा गत वर्ष यूएईसँगको दोस्रो वान डे खेलमा ५५ रन जोड्दै बनाएका थिए ।

जसक्रममा रोहितले भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर र पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोड्न सफल भएका थिए । संयोगनै मान्नुपर्छ आज रोहितकै स्थान लिएका कुशलले उक्त विश्व कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।

ओमानसँग शुन्यमा आउट हुन पुगेका रोहितको स्थानमा नेपालले कुशललाई मौका दिएको थियो । कुशलले ब्यक्तिगत ३८ रनमा जीवनदान पाएका थिए । एक समय ४९/५ को कमजोर अवस्थामा पुगेको नेपाललाई बलियो योगफल सम्म पुर्याउन छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको कीर्तिमानी साझेदारी गर्दै इनिङ उकासेका थिए ।

ओडीआईमा नेपालको उक्त साझेदारी उच्च हो । नेपालको सुरुवात भने खराब रह्यो । ओपनर सुवास खकुरेल रस्टी थेरनको चौथो ओभरको पहिलो बलमा स्लिपमा तिमिल पटेलबाट ३ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गरेका थिए । तर ज्ञानेन्द्र क्यामरन स्टिभेन्सनको १४ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरबाट २१ रनमा क्याच आउट भए । ज्ञानेन्द्रले ३९ बलमा ४ चौका प्रहार गरे ।

कप्तान सौरभ नेत्रवलकारको १७ औं ओभरको पहिलो बलमा उप कप्तान दीपेन्द्रसिंह ऐरी खराब शट खेल्दै मिड अफमा रहेका जेभियर मार्शलबाट क्याच हुँदै शून्यमा पेभिलिएन फर्के । १८ ओभरको अन्तिम बलमा पारसलाई क्यामरनले विकेटकिपर अक्षय होमराजबाट १९ रनमा क्याच गराएपछि नेपाल संकटमा परेको थियो । पारसले ५२ बलमा २ चौका प्रहार गरे ।

सौरभको २१ औं ओभरको पाँचौ बलमा आरिफ शेख ठूलो सट खेल्नेक्रममा वैकल्पिक फिल्डर नास्तुष केन्ज़ीगेले उत्कृष्ट एक हातले क्याच लिदै २ रनमा पेभिलिएन फर्किदा नेपाल ४९/५ को कमजोर अवस्थामा पुगेको थियो । करण केसी तल्लोक्रममा २१ बलमा २ चौका प्रहार गर्दै १२ रनमा क्याच आउट भए । सन्दीप लामिछाने ठूलोसट खेल्नेक्रममा शून्यमा क्याच आउट भए ।

तल्लोक्रमा सुशन भारी ११ र अभिनाश बोहराले ५ रन जोडे । अमेरिका क्यामरन स्टिभेन्सनले १० ओभरमा २ मेडन राख्दै ३० रन खर्चेर ३ विकेट लिए । कप्तान सौरभ नेत्रवलकारले १० ओभरमा २ मेडन राखेर २८ रन खर्चिदै २ विकेट लिए । रस्टी थेरन २, करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनको नाममा १/१ विकेट रह्यो । नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपालले आइतबार ओमानसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.