6 years ago
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा आइतबार नेपालले ओमानसँग खेल्दैछ । खेल बिहान ९ः३० कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । हरेक सिरिजमा एक टोलीले अर्कोसँग दुई खेल खेल्ने छन् ।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहान्छ । यता ओमान भने नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लिने सोचमा छ । ओमानले अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्दै शनिबार घरेलु मैदानमा पहिलो ओडीआई जित हात पारेको थियो ।
नेपालले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना न्यून छ । दुबै खेलमा विकेटबिहीन बनेका अभिनाश बोहराको स्थानमा अर्का तीब्र गतिका बलर कमल सिंह ऐरीले मौका पाउन सक्छन् । कमलले मौका पाएको अवस्थामा उनको डेब्यू हुने छ । दुबै खेलमा ४-४ विकेटका लिएका करण केसी नेपालको बलिङ हतियार हुन् । त्यस्तै सुशन भारी पनि राम्रो लयमा देखिएका छन् । सुशनले दुबै खेलमा ३-३ विकेट लिएका थिए ।
अमेरिकाविरुद्ध डेब्यू गर्दै ५० रनको अर्ध शतकीय इनिङ खेलेका कुशल मल्ल आज पनि नायक बन्न सक्छन् । पारस खड्का र ज्ञानेन्द्र मल्लले ठूलो इनिङ खेल्न सकेका छैनन् । त्यसैले प्रमुख दुई ब्याट्सम्यान ज्ञानेन्द्र र पारसबाट ठूलो इनिङको आशा गरिएको छ । ओमानको लागि अलराउन्डर मोहम्मद नदीम पुन नायक बन्न सक्छन् । नेपालविरुद्ध ६९ रन बनाउनुको साथै १ विकेट लिदै जितको आधार तय गरेका थिए ।

त्यस्तै अमेरिका विरुद्ध नदीमले तीन विकेट लिनुको साथै ५५ रन जोड्दै जित पक्का गरेका थिए । ओमानका कप्तान जिशान मकसुद, बिलाल खान, अकीब इलियास नेपाललाई घातक बन्न सक्छन् ।
ओमानको टोली –
जीशान मकसूद (कप्तान) अकीब इलियास (उपकप्तान), जितेन्द्रर सिंह, खवर अली, सनुथ इब्राहिम, सुरज कुमार, मोहम्मद नसीम, सन्दीप गौड, मोहम्मद नदीम, जय ओडेदरा, बादल सिंह, अहमद बट, कलीमुल्लाह र बिलाल खान
नेपाली टोली –
ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]