default_image

6 years ago

February 11, 2020

भारतमाथि न्युजिल्यान्डको सानदार क्लिनस्वीप

174 views

0 Bookmark

एजेन्सी – भारतसँगको तीन खेलको एकदिवसिय सिरिज घरेलु टोली न्युजिल्यान्डले क्लिनस्वीप गरेको छ । मंगलबार तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डले भारतलाई ५ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो ।

जितका लागि २ सय ९७ रनको विजयी लक्ष्य पक्ष्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्यान्डको जितमा ओपनर हेनरी निकोलसले १ सय ३ बलमा ९ चौका सहित सर्वाधिक ८० रनको योगदान दिए । निकोलसलाई ३३ औं ओभरको पाँचौ बलमा शार्दुल ठाकुरले विकेटकिपर लोकेश राहुलबाट क्याच आउट गराएका थिए ।

अर्का ओपनर मार्टिन गुप्टिलले ४६ बलमा ६ चौका र ४ छक्का सहित ६६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । गुप्टिललाई १७ औं ओभरको तेस्रो बलमा युजभेन्द्र चहलले बोल्ड आउट गरेका थिए । कप्तान केन विलियम्सन २२, रस टेलर १२ र जेम्श निशम १९ रनमा आउट भए ।

तल्लोक्रममा कोलिन डी ग्रान्डहोमले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ६ चौका र ३ छक्का सहित ५८ रनमा अविजित रहँदै टोलीको सहज जित पक्का गरे । विकेटकिपर टम लेथम ३४ बलमा ३ चौका प्रहार गर्दै ३२ रनमा अविजित रहे । छैटौं विकेटका लागि लेथम र ग्रान्डहोमले ८० रनको अविजित साझेदारी गर्दै सहज दिलाएका थिए । भारतका स्पिनर युजभेन्द्र चहलले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुरले ९.१ ओभरमा ८७ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो । विकेटकिपर लोकेश राहुलले १ सय १२ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । ४७ औं ओभरको चौथो बलमा हशिम बेनेटले काइल जामिसनबाट क्याच गराउनु अघि राहुलले १ सय १३ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।

राहुलले १ सय ४ बलमा आफ्नो ओडीआई करिअरको चौथो शतक पुरा गरेका थिए । लगतै अर्को बलमा बेनेटले मनिष पान्डेलाई मिचेल सान्टनरबाट ४२ रनमा क्याच आउट गराए । मनिषले ४८ बलमा २ चौका प्रहार गरे । पाँचौ विकेटका लागि लोकेश राहुल र मनिष पान्डेले १ सय ७ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए ।

काइल जामिसनले दोस्रो ओभरको अन्तिम बलमा ओपनर मयंक अग्रवाललाई १ रनमा बोल्ड आउट गर्दै भारतलाई सुरुवाती समय दबाबमा राखे । सातौं ओभरको चौथो बलमा हशिम बेनेटले कप्तान विराट कोहलीलाई ९ रनमा जामिसनबाट क्याच गराए । पृथ्वी शाले ४२ बलमा ३ चौका र २ छक्का सहित ४० रन जोड्दै इनिङ अघि बढाए । शा १३ ओभरको पहिलो बलमा रन आउट भए ।

युवा ब्याट्सम्यान श्रेयस ऐरले खराब सुरुवात गरेको भारतलाई ६३ बलमा ९ चौका सहित ६२ रन जोड्दै ठूलो योगफलको बाटो देखाए । त्यसअघि श्रेयस ऐर र राहुलले चौथो विकेटका लागि १ सय १० बलमा १ सय रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । श्रेयरलाई ३१ औं ओभरको तेस्रो बलमा जेम्श निशमले कोलिन डी ग्रान्डहोमबाट क्याच गराए ।

शार्दुल ठाकुर ७ रनमा आउट हुँदा रविन्द्र जडेजा र नवदीप सैनी ८-८ रनमा अविजित रहे । न्युजिल्यान्डका तीब्र गतिका बलर हशिम बेनेटले १० ओभरमा १ मेडन ६४ रन खर्चेर ४ विकेट लिए । काइल जामिसन र जेम्श निशममा १-१ विकेट रह्यो । भारत पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा २२ रनले पराजित भएको थियो । न्युजिल्यान्डले पाँच टि ट्वान्टी सिरिज ५-० ले हारेको थियो । भारत र न्युजिल्यान्डबीच थप दुई टेष्ट हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.