6 years ago
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ओमानले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत जित हात पारेको छ । मंगलबार अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिजमा शत प्रतिशत जित निकालेको हो ।

ओमानले प्रस्तुत गरेको २ सय ७७ रनको विजयी लक्ष्य पक्ष्याएको अमेरिका ३९.१ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटियो । पहिलो ओभरको अन्तिम बलमा बिलाल खानले मोनक पटेललाई विकेटकिपर सुरज कुमारबाट शुन्यमा क्याच आउट गराए । बिलाललेनै तेस्रो ओभरको दोस्रो बलमा स्टिभ टेलरलाई शून्यमा बादल सिंह बाट क्याच आउट गराए । ११ औं ओभरको अन्तिम बलमा मोहम्मद नदीमले ओपनर जेभियर मार्शललाई २३ रनमा एलबिडब्लू आउट गरेपछि अमेरिका सुरुवाती समयमै दबाबमा परेको थियो ।
मार्शलले ३९ बलमा २ चौका र १ छक्का प्रहार गरे । कप्तान जिशान मकसुदले १६ औं ओभरको पहिलो बलमा इयान होल्यान्डलाई २८ रनमा बोल्ड आउट गरे । जिशानलेनै विकेटकिपर अक्षय होमराजलाई ७ रनमा बोल्ड आउट गरेपछि अमेरिका १९.३ ओभरमा ७९-५ को कमजोर अवस्थामा पुगेको थियो ।
छैटौं विकेटका लागि निसरग पटेल र आरोन जोन्सले ७० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । अकीब इलियासको ३१ औं ओभरको पहिलो बलमा पटेल ठूलो सट खेल्नेक्रममा लङअनमा ५२ रनमा बादलबाट क्याच हुन पुगे । पटेलले ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । जोन्स ७९ बलमा ३ चौका सहित ४७ रनमा अविजित रहे ।
बिलाल खानले ६.१ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । अकीब इलियासले ५ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए । जिशान मकसुद २ र मोहम्मद नदीमको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रन बनाएको थियो । ओमानले ओडीआईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । कप्तान जिशान मकसुद १ सय ९ बलमा १० चौका र ४ छक्का सहित १ सय ९ रनमा क्याच आउट भए । जीशान सौरभ नेत्रवालकरको ४७ औं ओभरको चौथो बलमा लङअलनमा ठूलो सट खेल्नेक्रममा स्टिभ टेलरबाट क्याच आउट हुन पुगेका थिए । जीशानले १ सय ३ बलमा आफ्नो ओडीआई करिअरको पहिलो शतक पुरा गरेका थिए ।
उपकप्तान अकीब इलियासले आफ्नो ओडीआई करिअरको लगातार दोस्रो शतक प्रहार गरे । अकीब १ सय २३ बलम ११ चौका र १ छक्का सहित १ सय ५ रनमा क्याच आउट भए । अकीब सौरभको ४९ औं ओभरको पहिलो बलमा करिमा गोरबाट क्याच आउट भएका थिए । अकीबले आफ्नो ओडीआई दोस्रो शतक १ सय १८ बलमा पुरा गरेका थिए । अकीबले नेपालविरुद्ध १ सय ९ रनको अविजित इनिङ खेलेका थिए ।

तेस्रो विकेटका लागि जीशान र अकीबले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेपछि ओमान विशाल योगफलमा पुगेको हो । ओमानबाट पहिलो पटक ओडीआईमा दोहोरो शतकीय साझेदारी भएको हो । यस अघि आइतबार नेपालसँग तेस्रो विकेटका लागि जिशान र अकीबलेनै १ सय ६७ रनको अविजित साझेदारी गरेका थिए । एकै इनिङमा ओमानबाट ओडीआईमा पहिलो पटक दोहोरो शतक बनेको हो ।
तीव्र गतिका बलर रस्टी थेरनको आठौं ओभरको तेस्रो बलमा ओपनर खावर अली एज लाग्दै विकेटकिपर अक्षय होमराजबाट १० रनमा क्याच आउट भए । अर्का ओपनर जतिन्दर सिंहलाई कप्तान सौरभ नेत्रवालकरले ९ रनमा आरोन जोन्सबाट क्याच गराए । मोहम्मद नदीम ५ र सन्दीप गौड १३ रन बनाए । अमेरिका कप्तान सौरभ नेत्रवालकरले १० ओभरमा ३ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए । रस्टी थेरनले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए ।
ओमानले नेपाललाई १८ रन र ८ विकेटले हराएको थियो । पहिलो खेलमा अमेरिकालाई ओमानले ६ विकेटले हराएको थियो । जारी सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिकाबीच बुधबार खेल हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]