6 years ago
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसिय सिरिजमा बुधबार अन्तिम खेलमा अमेरिकासँग खेल्दैछ ।

नेपाल पहिलो खेलमा ओमानसँग बुधबार १८ रन र आइतबार ८ विकेटले पराजित हुन पुगेको थियो । नेपालले शनिबार अमेरिकालाई ३५ रनले हराएको थियो । तीन खेलमध्य उपकप्तान तथा प्रमुख ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी अमेरिका र ओमानसँगको दोस्रो खेलमा लगातार शुन्यमा आउट हुन पुगे । जसको प्रत्यक्ष असर नेपालको ब्याटिङमा देखिएको छ ।
दीपेन्द्रले पहिलो खेलमा ओमानसँग ५७ बलमा ५ चौका र १ छक्का सहित ३६ रनको इनिङ खेलेका थिए । उक्त खेलमा दीपेन्द्र मोहम्मद नदीमको बलमा एलबिडब्लू शिकार बन्न पुगे । अमेरिकासँगको खेलमा कप्तान सौरभ नेत्रवलकारको १७ औं ओभरको पहिलो बलमा उप कप्तान दीपेन्द्रसिंह ऐरी खराब शट खेल्दै मिड अफमा जेभियर मार्शलबाट शुन्यमा क्याच आउट भए । दीपेन्द्र ओमानसँग आइतबार मोहम्मद नदीमको २४ औं ओभरको चौथो बलमा खराब सट खेल्दै विलाल खानबाट शून्यमा क्याच आउट भए । दीपेन्द्रले अमेरिका र ओमानसँग प्रहार गरेका सट गैरजिम्मेवार थिए ।

दीपेन्द्रले ९ ओडीआई मध्य तीनमा शुन्यमा आउट भएका छन् । टोलीका प्रमुख ब्याट्सम्यान दीपेन्द्रले ओडीआईमा अर्धशतकीय इनिङ खेल्न सकेका छैनन् । दीपेन्द्रको ९ ओडीआई प्रर्दशन क्रमशः ०, ०, ३६, ६, १०, ०, ४०, १९, ३३ । कप्तान ज्ञानेन्द्र मल्ल दीपेन्द्रको प्रर्दशनलाई खराब भन्न नमिल्ने बताउँछन् ।
‘खराब भनेर अहिलेनै भनि हाल्न मिल्छ जस्तो मलाई लाग्दैन । कहिलेकाँही भईहाल्छ । सबै खेलाडीहरु एकै पटक चल्छन् भन्ने हुँदैन । दीपेन्द्र टोलीको आवश्यकता परेको खेलमा भने चल्नुपर्छ । त्यसको लागि एक अर्कालाई ब्याकअप गर्दै लैजानुपर्छ’, ज्ञानेन्द्रले भने ।
दीपेन्द्रको सिनियर टोलीमा प्रर्दशन औसत छ । दीपेन्द्रले १८ टी ट्वान्टी आई मध्य १६ इनिङ खेल्दै २ सय ८७ रन जोडेका छन् । उच्च प्रर्दशन ४७ रन नट आउट छ । ८ इनिङमा दोहोरो अंकमा रन छुन सकेका छैनन् । २७ लिष्ट ए खेलमा २ अर्ध शतक सहित ५ सय २२ रन बनाएका छन् ।

रोहित कुमार पौडेल ओमानसँगको पहिलो खेलमा शुन्यमा आउट भएपछि कुशल मल्लले उनको स्थान लिएका थिए । ललित नारायण राजवंशी र अभिनाश बोहरा बलर हुन् । त्यसैले अमेरिकासँग दीपेन्द्र टोलीको पहिलो रोजाईमा पर्नेछन् । राम्रो खेल्दा राख्ने र एक दुई खेल नराम्रो खेल्दा नराख्ने गर्दा खेलाडीको आत्माविश्वास घट्नुको साथै टोलीमा सुरक्षित महसुस गर्दैनन् । जुन गल्ती नेपालले गर्नु हुँदैन । जसले प्रर्दशनमा झनै असर पार्छ । तर दीपेन्द्रले जिम्मेवारी इनिङ खेल्न भने आवश्यक छ । प्रमुख ब्याट्सम्यानलेनै खराब प्रर्दशन गर्दा टोलीलाई ठूलो असर पर्छ । प्रमुख खेलाडी माथि आशा पनि धेरै हुन्छ ।
दीपेन्द्रले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१७ अन्तर्गत केन्यासँग मार्च ११ मा घरेलु मैदान टीयूमै डेब्यू गरेका थिए । तत्कालिन कप्तान पारस खड्काले एपेन्डिक्सको शल्यक्रियाको कारण खेल्न नसक्ने भएपछि दीपेन्द्रले टोलीमा मौका पाएका थिए । वर्षाको कारण ३६ ओभरमा झारिएको खेलमा नेपालले ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । जसक्रममा दीपेन्द्रले ५६ बलमा १९ रन जोडेका थिए । तर नेपाल केन्यासँग डकवर्थ लेविस पद्धतीको आधारमा ५ विकेटले पराजित भएको थियो ।

दीपेन्द्रले केन्यासँगको दोस्रो खेलमा उत्कृष्ट प्रर्दशन गरे । १ सय ५६ रनको विजयी लक्ष्य नेपालले ३०.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । जुन खेलमा दीपेन्द्रले ६६ बलमा ८ चौका र १ छक्का सहित ६२ रन जोडेका थिए । त्यसयता दीपेन्द्र पहिलो रोजाईमा पर्दै आएका छन् । नेपाललाई ओडीआई मान्यता दिलाउन दीपेन्द्रको योगदान महत्वपूर्ण छ ।
सन् २०१८ जिम्बावेमा भएको आईसीसी एक दिवसिय विश्वकप छनोटको प्ले अफमा पप्पुवा न्युगिनीलाई ६ विकेटले हराउँदै पहिलो पटक ओडीआई मान्यता दिलाउन दीपेन्द्रले ५० रनमा अविजित रहनुको साथै ४ विकेट लिँदै उत्कृष्ट प्रर्दशन गरेका थिए । दीपेन्द्र अधिकांश खेलमा ३०-४० रनकै बीचमा आउट हुँदै आएका छन् ।
निरन्तर औसत प्रर्दशन गर्दै आएका दीपेन्द्रले क्षमता अनुसारको ठूलो इनिङ खेल्न सकि रहेका छैनन् । त्यसैले पनि दीपेन्द्रबाट सबैले ठूलो इनिङको आशा गरिरहेका छन् । समर्थक, टोली र सुभचिन्तक सबै दीपेन्द्रबाट उत्कृष्ट इनिङको पर्खाईमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]