default_image

6 years ago

February 12, 2020

सुखद अन्त्यको आशा

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकासँग खेल्दैछ । खेल विहान ९:३० बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । ओमानसँग नेपाल १८ रन र ८ विकेटले पराजित भएको थियो । यता अमेरिका पनि ओमानसँग ६ विकेट र ९२ रनले पराजित हुन पुग्यो । अमेरिका अन्तिम खेलमा जित निकाल्दै घर फर्किन चाहन्छ । घरेलु टोली नेपाल अमेरिकामाथि लगातार दोस्रो जित निकाल्दै पहिलो घरेलु त्रिकोणात्मक सिरिज सुखद अन्त्य गर्ने प्रयासमा हुनेछ । ओमानले शत प्रतिशत जित निकाल्दै नेपाल भ्रमण अन्त्य गरेको छ ।

नेपालले ओमानसँग दोस्रो खेलमा २ सय ४९ रन बनाएपनि ८ विकेटको हार बेहोरेको थियो । उक्त प्रर्दशनले ब्याटिङमा आशा बढाएपनि बलिङ चिन्ता उत्पन्न भएको छ । नेपालविरुद्ध ओमानका कप्तान जिशान मकसुद र अकीब इलियासले १ सय ६७ रनको अविजित साझेदारी गर्दै जित पक्का गरेका थिए । प्रमुख बलरनै विकेटविहीन बन्दा नेपालले बलियो योगफल बनाएपनि पराजित हुन पुगेको थियो ।

आज नेपालले टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । नेपालले ओमानविरुद्ध तीब्र गतिका बलर अभिनाश बोहरालाई बेन्चमा राख्दै कमलसिंह ऐरीलाई डेब्यू गराएको थियो । तर कमलले ४ ओभरमा २९ रन खर्चिदा विकेट लिन सकेनन् । अमेरिका र ओमानसँग दुबै खेलमा शून्यमा आउट भएका उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई ठूलो इनिङ खेल्नुपर्ने दबाब छ ।

यता अमेरिकासँग डेब्यूमा आक्रामक ५० रन जोडेका कुशल मल्लले ओमानसँग २८ रन जोड्दै सनसनी मच्चाएका थिए । कुशलले दुबै खेलमा १-१ विकेट लिएका थिए । कुशलको अलराउन्ड प्रर्दशन नेपालको लागि महत्वपूर्ण हुने छ । कुशलको आगमनले स्पिन अट्याक थप मजबुत बनेको छ ।

प्रमुख ब्याट्सम्यान पारस खड्काले ठूलो इनिङ खेल्न सकेका छैनन् । पारसबाट ठूलो इनिङको आशा गरिएको छ । अमेरिकाविरुद्ध ५९ र ओमानविरुद्ध ३५ रन जोडेका विनोद भण्डारीको प्रर्दशनले तल्लोक्रम ब्याटिङ बलियो बनेको छ । करण केसीले ओमान र अमेरिकासँग सुरुवाती खेलमा ४-४ विकेट लिएका थिए । ओमानसँग भने उनी विकेट विहीन बन्न पुगे । करणबाट सुरुवाती खेलको लयलाई निरन्तरता दिने अनुमान गरिएको छ ।

प्रमुख स्पिनर सन्दीप लामिछानेले ओमानसँग १० ओभरमा ६५ रन खर्चिदै महँगो सावित भएका थिए । त्यसैले सन्दीपबाट सुधारको अपेक्षा छ । यता अमेरिकाको टोलीमा स्पिनर अभाव देखिन्छ । प्रमुख स्पिनर करिमा गोरले विकेट लिन सकिरहेका छैनन् । अर्का स्पिनर तिमिल पटेललाई ओमानसँग अमेरिकाले बेन्चमा राखेको थियो ।

नेपालविरुद्ध निसर्ग पटेल घातक बन्न सक्छन् । स्पिनर पटेलले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । उनले ओमानसँग ३६ बलमा ४ चौका र ४ छक्का सहित ५२ रनको इनिङ खेलेका थिए । शीर्षक्रमका ब्याट्सम्यान चल्न नसक्दा अमेरिकालाई ठूलो दवाव थपिएको छ ।

उसका प्रमुख ब्याट्सम्यान जेभियर मार्शल, स्टिभ टेलर र आरोन जोन्सले ठूलो इनिङ खेल्न नसक्दा उसको ब्याटिङ कमजोर मानिएको छ । बलरद्वय कप्तान सौरभ नेत्रवालकर र रस्टी थेरन राम्रो लयमा छन् । नेपालविरुद्ध ७५ र ओमानसँग ६५ रनको इनिङ खेलेका अमेरिका अलराउन्डर इयान होल्यान्ड पुन नायक बन्न सक्छन् ।

सम्भावित प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने

सम्भावित बेन्च :

रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र कमल सिंह ऐरी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.