9 years ago
July 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – विश्व लिग क्रिकेट च्याम्पियनसिपको तयारीका लागि इङ्ल्यान्ड भ्रमणमा निस्केको नेपाली क्रिकेट टोलीले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । उप कप्तान ज्ञानेन्द्र मल्ल र शदर भेषावकरको अर्धशतकसँगै नेपालले स्थानिय फ्रि फरेस्टरविरुद्ध निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । जवाफमा फ्रि फरेस्टर २९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो ।
लन्डनस्थित इन्डियन जिमखाना मैदानमा ओपन अनिलकुमार मण्डल सस्तैमा आउटभएपछि अर्का ओपन ज्ञानेन्द्र र शरदले दोस्रो विकेटका लागि सय रनको साझेदारी गरेका थिए । ६६ बल खेलेका ज्ञानेन्द्रले ९ चौका साथ टोलीका लागि सबैभन्दा बढी ७४ रन बनाए । ७५ बलमा ६ चौका र १ छक्कासहित शरदले ५० रन जोडे । कप्तान पारस खड्काले २९ बलमा ५ चौका र १ छक्कासहित ४० रन थपे । सागर पुनले २१, राजेश पुलामीले ११, सोमपाल कार्मी ८, विनोद भण्डारीले ७ रन बनाए । राजु रिजाल ८ र बसन्त रेग्मी शुन्य रनमा अविजित रहे ।
जवाफमा फ्रि परेस्टर नेपालको धारिलो बलिङ सामू लामो समय टिक्न सकेन । नेपालका लागि विक्रम सोबले ४, पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस र बर्षका उत्कृष्ट खेलाडी युवाको मनोनयनमा पर्न सफल सन्दीप लामिछानेले ३, करण केसीले २ र शक्ति गौचनले १ विकेट लिए ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच अगस्ट १३ र १५ मा दुई खेल हुनेछ । इङ्ल्यान्ड भ्रमणबाट स्वदेश फर्केर नेपाली टोली नेदरल्यान्ड्स जानेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]