6 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

टीयू क्रिकेट मैदान भएको टसमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । टोलीमा आज एक परिवर्तन भएको छ । ओमानविरुद्ध ४ ओभरमा २९ रन खर्चेका कमल सिंह ऐरीको स्थानमा स्पिनर ललित नारायण राजवंशीले स्थान पाएका छन् । जारी सिरिजमा ललितले पहिलो पटक मौका पाएका हुन् । नेपालले एकमात्र तीब्र गतिको बलर मैदान उतारेको छ । अमेरिकाले प्रमुख ब्याट्सम्यान स्टिभ टेलर र अलराउन्डर करिमा गोरलाईनै बाहिर राखेको छ ।
नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । ओमानसँग नेपाल १८ रन र ८ विकेटले पराजित भएको थियो । यता अमेरिका पनि ओमानसँग ६ विकेट र ९२ रनले पराजित हुन पुग्यो । अमेरिका अन्तिम खेलमा जित निकाल्दै घर फर्किन चाहन्छ । घरेलु टोली नेपाल अमेरिकामाथि लगातार दोस्रो जित निकाल्दै पहिलो घरेलु त्रिकोणात्मक सिरिज सुखद अन्त्य गर्ने प्रयासमा हुनेछ । ओमानले शत प्रतिशत जित निकाल्दै नेपाल भ्रमण अन्त्य गरेको छ ।
प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने
बेन्च :
रोहित कुमार पौडेल, अभिनाश बोहरा र कमल सिंह ऐरी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]