6 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसिय सिरिजको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै थुप्रै कीर्तिमान बनाएको छ ।

जितका लागि ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा ३५ रनमा अल आउट हुन पुग्यो । अमेरिकालाई ओडीआई इतिहासकै कम योगफलमा रोक्न स्पिनर सन्दीप लामिछाने ६ र सुशन भारीले ४ विकेट लिए । ओडीआईमा दुर्लभ विश्व कीर्तिमानसँगै नेपालले थुप्रै राष्ट्रिय कीर्तिमान पनि सुधार गरेको छ । नेपालले बुधबार अमेरिकालाई पराजित गर्दा बनेका ६ कीर्तिमान यस प्रकार छन् ।
६. सर्वाधिक छिटो जित
अमेरिकासँगको जित नेपालको ओडीआईमा सर्वाधिक छिटो पर्दछ । अमेरिकालाई नेपालले २ सय ६८ बल अगाडीनै पराजित गरेको थियो । यस अघि नेपालले सर्वाधिक छिटो जित गत वर्ष यूएईसँगको तेस्रो खेलमा हात पारेको थियो । उक्त खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा पुरा गरेको थियो । ओडीआई इतिहासमा भने सर्वाधिक छिटो जित इंग्ल्यान्डले क्यानडालाई सन् १९७९ मा २ सय ७७ बलमा बाँकी रहँदा पराजित गर्दै कायम गरेको थियो ।

५. सर्वाधिक ठूलो जित
ओडीआईमा ८ विकेटको जित नेपालको ठूलो जितमा पर्दछ । विकेटका रुपमा यस अघि नेपालले यूएईलाई तेस्रो खेलमा ४ विकेटले हराएको थियो । रनका हिसाबमा सर्वाधिक ठूलो जित नेपालको १ सय ४५ छ । जुन जित यूएईसँगको दोस्रो खेलमा कायम गरेको थियो ।
४. एकै इनिङमा ६ विकेट
ओडीआईमा नेपालबाट एकै इनिङमा ६ विकेट लिने लेग स्पिनर सन्दीप लामिछाने पहिलो खेलाडी हुन् । यस अघि गतवर्ष यूएईसँगको दोस्रो खेलमा सोमपाल कामीले ५ विकेट लिएका थिए ।

३. सुशनको सर्वाधिक विकेट
नेपालबाट स्पिनर सुशन भारी एकै ओडीआई सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सुशनले त्रिकोणात्मक सिरिजमा ४ खेलमा ११ विकेट लिए । यस अघि ओडीआई सिरिजमा धेरै विकेट लिने कीर्तिमान सोमपाल कामीको नाममा थियो । सोमपालले यूएईसँगको ३ ओडीआई सिरिजमा ७ विकेट लिएका थिए ।
२. श्रीलंकाको कीर्तिमान बराबर
नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गर्दै श्रीलंका १६ वर्ष अघिको कीर्तिमान बराबर गरेको छ । ३५ रन ओडीआई इतिहासकै कम योगफल हो । सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई १८ ओभरमा ३५ रनमा अल आउट गरेको थियो ।

१. कम बलमा अल आउट
नेपालले अमेरिकालाई ७२ बलमै अल आउट गर्दै विश्व कीर्तिमान बनाएको छ । योसँगै नेपाल ओडीआई इतिहासमा सर्वाधिक कम बलमा अल आउट गर्ने टोली बनेको छ । यस अघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई ८३ बलमा ५४ रनमा अल आउट गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]