6 years ago
February 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – फागुन तेस्रो सातादेखि थाईल्यान्डमा सुरु हुने एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिताको लागि राष्ट्रिय १४ सदस्य क्रिकेट टोलीको घोषणा भएको छ ।

घोषणा टोलीमा स्पिनर भुवन कार्कीले पुनरागमन गरेका छन् भने तीब्र गतिका बलर किशोर महतो पहिलो पटक टोलीमा परेका छन् । अलराउन्डर पवन सरार्फले पनि टोलीमा पुनरागमन गरेका छन् । तीब्र गतिका बलर सोमपाल कामी, अनुभवी ब्याट्सम्यान शरद भेषवाकर र वसन्त रेग्मी टोलीमा छैनन् ।
इस्टर्न रिजन टि ट्वान्टी फागुन १५ देखि २३ गते सम्म थाईल्यान्डमा हुने छ । इस्टर्न रिजनमा नेपाल सहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन् । इस्टर्न र वेस्टन रिजनका शीर्ष दुई दुई टोली गरी कुल चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् ।

क्वालिफयारको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगिता खेल्ने छ । एसिया टि ट्वान्टी कपमा क्वालिफायर भएर आउने टोलीसँगै टेष्ट टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।
१४ सदस्य राष्ट्रिय क्रिकेट टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, र किशोर महतो ।
टोली बाहिर :
लोकेश बम, शेर मल्ल, कमल सिंह ऐरी र रोहित कुमार पौडेल
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]