default_image

6 years ago

February 14, 2020

करणको त्यो इनिङ…

321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेबुअरी १४ अर्थात नेपाली क्रिकेटको एक अविस्मरणीय दिन । दुई वर्षअघि आजकै दिन नेपालले आईसीसी विश्व डिभिजन लिग २ मा नामिबियामा क्यानडालाई १ विकेटले पराजित गर्दै विश्वकप छनोटमा पुगेको थियो ।

फ्रेबुअरी १४ दिन धेरैको ध्यान प्रणय दिवसमा थियो । तर नेपाली क्रिकेट समर्थक, सुभचिन्तक र खेलाडी नामिबियामा चलि रहेको डिभिजन २ मा क्यानडासँगको नतिजाको पर्खाइमा थिए । जुन नतिजाले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्थ्यो । जित निकाले शीर्ष स्थानमा रहँदै मार्चमा जिम्बावेमा हुने एक दिवसिय विश्वकप छनोटमा र पराजित भए अन्धकार बाटोमा जाने थियो ।

विश्वकप छनोटबाटै ओडीआई मान्यता पाउने हुँदा नेपाल शीर्ष दुईमा पर्ने लक्ष्यका साथ नामिबिया पुगेको थियो । ओडीआई खेल्ने सबै खेलाडीको मन र मस्तिष्कमा थियो । तर ओमानसँगको ६ विकेटको हारले नेपालको सपनामा ठूलो धक्का लाग्यो । अन्तिम खेलमा क्यानडालाई पराजित गर्नै पर्ने समिकरण बन्यो ।

क्यानडाले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल एक समय फराकिलो हार नजिक थियो । तर तीब्र गतिका बलिङ अलराउन्डर करण केसीले उत्कृष्ट अविश्वसनिय प्रर्दशन गर्दै अन्तिम बलमा १ विकेटको जित दिलाउँदै जिम्वावेको टिकट पक्का गरे ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९४ रन बनायो । जुन योगफल उक्त विन्डहोक मैदानको पिचमा पुरा गर्न सहज थिएन । अर्कोतर्फ नेपालको ब्याटिङ प्रतियोगितामा राम्रो हुन सकेको थिएन । ओपनर श्रीमन्था विजयरत्नेले १ सय ३ रनको शतकीय अविजित खेलेपछि क्यानडाले बलियो योगफल प्रस्तुत गरेको थियो ।

नेपालको सुरुवात खराब रह्यो । ज्ञानेन्द्र मल्ल ९ र पारस खड्का शुन्यमा आउट भएपछि क्यानडा सुरुवात हाबी बन्यो । दिलिप नाथ ४१, दीपेन्द्र सिंह ऐरी १८ शरद भेषवाकर १ रनमा आउट हुँदा नेपाल २५ ओभरमा ८१-५ को कमजोर अवस्थामा पुग्यो । आरिफ शेख २६, रोहित कुमार पौडेल २७, वसन्त रेग्मी शुन्य र सोमपाल कामी ७ मा आउट भएपछि नेपाल ४२.१ ओभरमा १४४-९ को दयनिय अवस्थामा पुगेको थियो ।

जितको लागि नेपाललाई ५१ रन र क्यानडालाई १ विकेट आवश्यक थियो । करण केसी र सन्दीप लामिछाने क्रिजमा थिए । करण र सन्दीप दुबै बलर हुँदा जितको आशा मारिसकेका थिए । स्वयं पेभिलियनमा बसेका खेलाडी र प्रशिक्षक जगत टमटाले पनि जितको आशा मारेको खेलपछि बताएका थिए ।

तर करणले हार मानेका थिएनन् । क्यानडाका खेलाडी बाउन्ड्री लाइन बाहिर जितको खुशी मनाउन थालि सकेका थिए । जसले करणलाई जसरी पनि जिताउँछु भन्ने इख जाग्यो । करणले ४४ औं ओभरको चौथो बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरे । ४५ औं ओभरमा कुनै जोखिम उठाएनन् ।

करणले ४६ औं ओभरको अन्तिम बलमा सेसिल परवेजलाई चौका प्रहार गरेपछि जितको लागि २४ बलमा ३२ रन आवश्यक थियो । करणले ४८ औं ओभरको चौथो बलमा परवेजलाईनै छक्का प्रहार गरेपछि जितको आशा बढ्यो । करण अन्तिमसम्म टिक्ने हो भने र सन्दीपले साथ दिए जितको सम्भावना देखिन्थ्यो ।

सत्सिमरनजित धिन्दसालाई करणले ४९ औं ओभरको चौथो बलमा छक्का र पाँचौ बलमा चौका प्रहार गरेपछि अन्तिम ६ बलमा जितको लागि ८ रन आवश्यक रह्यो । करणले जुन इनिङ खेलेका थिए जितको आशा बढाएको थियो । तर परवेजले अन्तिम ओभरमा सुरुवात चारै बल लगातार योर्कर फालेपछि करणले कुनै रन लिएनन् । खेल थप रोमाञ्चक बन्यो ।

तर करणले पाँचौ बलमा कडा छक्का प्रहार गर्दै जित नजिक पुर्याए । लगत्तै अर्को बल वाइड फाल्दा अन्तिम बलमा १ रन जोड्दै करणले १ विकेटको जित दिलाए । करण ३१ बलमा ४२ बलमा ३ चौका र ४ छक्का सहित ४२ रनमा अविजित रहे । करणको त्यो अद्भुत प्रर्दशनले नेपालले जिम्बावेको टिकट काट्यो ।

Karan KC

उता जितको खुसि मनाउन थालि सकेका क्यानडाका खेलाडीमा एक्कासी निराश बने । परवेज मैदानमै रोए । क्यानडाका खेलाडी पेभिलियनमा रुवाबासी चल्यो । पछि हात मिलाउन मैदानमा क्यानडाका केहि खेलाडीमात्रै आएका थिए । करणलाई उचालेर सबैले मैदान घुमाउँदै चुम्मन र अंगालो मारेर खुसि मनाई रहे । नेपाली खेलाडीमा खुसिको सिमना रहेन । करणको उचाई रातारात चुलियो ।

सन्दीप ३८ मिनेटमा १८ बलको सामना गर्दै ५ रनमा अविजित रहे । क्रिजमा ४२ मिनेत बिताएका करणले नेपालको भविष्यनै फेरेका थिए । करणको त्यो ४२ मिनेटको अविश्वसनिय दुर्लभ इनिङले नेपालले विश्वकप छनोट हुँदै ओडीआई टोली बनेको छ । नेपालले १० ओडीआई खेल खेलिसकेको छ । करणले त्यो इनिङ नखेलेका भए सायद नेपाल आज डिभिजन २,३ तीर अल्झेर बस्थ्यो होला ।

त्यसैले आजको दिनलाई नेपाली क्रिकेट समर्थक, सुभचिन्तक र खेलाडीले ‘करण डे‘ भन्ने गर्दछन् । ओडीआई मान्यतासँगै करणको त्यो इनिङको अविस्मरण हुन्छ । करणले आफ्नो क्रिकेट करिअरमा जतिसुकै उचाई लिएपनि त्यो इनिङ कहिल्य भुल्ने छैनन् । नेपाली क्रिकेटमा करणको त्यो इनिङ सधैं अविस्मरणीय रहिरहने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.