default_image

9 years ago

July 16, 2016

बेलायतमा नेपालको लगातार तेश्रो जित

527 views

0 Bookmark

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार भएको अभ्यास खेलमा जित हात पार्दै  लगातार तेश्रो विजय हासिल गरेको छ ।

paras khadka 5

क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै नेपाली टोलीले तेश्रो जित आत्मसात हो। नेपालले पहिलो खेलमा फ्री फरेस्टर क्लबलाई ४० ओभरको खेलमा १ सय २० रनले हराएको थियो भने बिहीबारको ट्वान्टी–२० खेलमा इन्डियन जिमखानामाथि २० रनको जित दर्ता गरेको थियो ।

आज बिहान भएको खेलमा नेपालले २ सय २७ रनको लक्ष्य पाएको थियो। कप्तान पारस खड्काको अर्धशतकको मद्दतले नेपाली टोलीले ४६.१ ओभरमा ६ विकेट गुमाएर २ सय ३० रन बनाउदैं लक्ष्य पुरा गरेको थियो । ६६ बल खेलेका कप्तान पारसले ८ चौका र १ छक्का प्रहार  गर्दै ६७ रन बनाए ।  पहिलो विकेटका लागि अनिल कुमार मण्डल (४३) र उपकप्तान ज्ञानेन्द्र मल्लको (३६) जोडीले ६७ रनको साझेदारी गरे । उनले ६४ बलमा ४ चौका प्रहार गरेका थिए । अन्य खेलाडीमा सगर पुन (४), राजेश पुलामी (१६), विनोद भण्डारी (६), शरद भेषावकरले (१९) र राजु रिजाल (१७*) रनमा अविजित रहे।  सिसिसीका लागि लुक च्यापम्यानले ३ तथा रिर्चड हिन्ड्ले, अहमद इल्च र जेमी साउथगेटले समान १ विकेट लिए ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिसिसीले निर्धारित ५० ओभरमा सात विकेट गुमाऊँदै २ सय २६ रन बनाएको थियो । ओपनर सागर पटेलले (६५) र अर्का ब्याट्सम्यान स्टिभ सिलउडले (६७) रन बनाऊँदै टोलीलाई मजबुत बनाएका थिए । युवा बलर सन्दीप लामिछानेले यी दुबैको विकेट लिदैं नेपालको लागि राम्रो प्रदर्शन गरेका थिए । उनले १० ओभरमा ३६ रन खर्चे । सिसिसीका लागि दोहोरो स्कोरमा निक एस स्टेभेन्सले ३१ र साउथगेटले १७ रन रहे । नेपालका लागि सन्दिप्सहित ज्ञानेन्द्र मल्ल र सोमपाल कामीले समान २ विकेट तथा पारस र करन केसीले १-१ विकेट लिएका थिए ।

अर्को महिना विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएकाले मेरिलेबोन क्रिकेट क्लबको निम्तोमा  नेपाली टोली बेलायत पुगेको हो । नेदरल्यान्ड्ससंगको खेल अगस्ट १३ र १५ मा नेदरल्याण्डस्मै हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.