6 years ago
February 21, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने पूर्व घोषित रकम चितवनको भरतपुरमा निर्माणाधिन रंगशालाका लागि हस्तान्तरण गरेका छन् । धुमुर्स सुन्तली फाउन्डेसनको पहलमा निर्माण भइरहेको रंगशालाका लागि सन्दीपले रकम हस्तान्तरण गरेका हुन् ।

गत महिना कीर्तिमपुरमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग २ मा आफूले लिने हरेक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ दिने घोषणा गरेका थिए । उनले लिग २ मा कुल ८ विकेट लिएका थिए । ओमानसँग दुवै खेलमा विकेटविहिन रहेका उनले अमेरिकासँग पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेट लिएका थिए । सन्दीपले दोस्रो खेलमा गरेको ६ विकेटको प्रदर्शन नेपालको ओडीआई इतिहासकै सर्वोत्कृष्ट बलिङ प्रदर्शन हो । त्यसै प्रदर्शनका कारण अमेरिका नेपालसँग विश्व कीर्तिमानी ३५ रनमा समेटिएको थियो ।
सन्दीपले ८ विकेटको ७० हजार ७ सय ८४ रुपैयाँ धुर्मुस सुन्तलीलाई हस्तान्तरण गर्ने तयारी गरेका थिए । तर सन्दीपले हस्तान्तरण गरे जति नै रकम उनको विदेशी व्यवस्थापन हेर्दै आएका साया कर्पोरेसनका तल्हा आइशामले पनि थपेका थिए । सन्दीपले दुवैको जोडेर कुल १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ फाउन्डेसनलाई प्रदान गरेको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।
सन्दीपले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली) लाई बिहीबार उक्त रकम हस्तान्तरण गरेका थिए । सन्दीप र राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का रंगशाला निर्माणका सद्भावना दुत पनि हुन् । फाउन्डेसनले ३ अर्बको लगानीमा २ वर्षमा रंगशालामा निर्माण सम्पन्न हुने घोषणा गरेको छ । रामपुर कृषि क्याम्पसको २० विगाहा भन्दा बढी जमिनमा रंगशालामा निर्माण भइरहेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]