9 years ago
July 17, 2016
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार भएको अभ्यास खेलमा जित हात पार्दै लगातार चौथो विजय हासिल गरेको छ ।
इस्टबोर्न क्रीकेट क्लबलाई १८१ रनले जित्दै हराउँदै नेपाली टोलीले चौथो जित आत्मसात गरेको छ । पहिलो ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउदै ३०० रन जोडेको थियो । नेपालकोलागी बिनोद भण्डारीले सर्वाधिक ७७ रन जोडे भने राजु रिजाल ६६ रनमा अभिजित रहे, त्यस्तै अनिल मण्डलले ७३ रन र शरद भेस्वकरले ६० रनको योगदान दिए ।
३०१ रनको लक्ष्य पछ्याएको इस्टबोर्न क्रीकेट क्लब ३५ ओभरमा सम्पुर्ण विकेट गुमाउदै ११९ रनमा सिमित रह्यो ।
नेपालकोलागी सोमपलले ३ विकेट लिए भने, बषन्त रेग्मी र सागर पुनले समान २-२ विकेट लिए, त्यस्तै शक्ती गौचन र बिक्रम सोबको नाम मा १-१ विकेट पर्यो।
नेपालले पहिलो खेलमा फ्री फरेस्टर क्लबलाई ४० ओभरको खेलमा १ सय २० रनले हराएको थियो भने बिहीबारको ट्वान्टी–२० खेलमा इन्डियन जिमखानामाथि २० रनको जित दर्ता गरेको थियो । त्यस्तै तेस्रो खेलमा क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै नेपाली टोलीले तेश्रो जित आत्मसात गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]