6 years ago
February 22, 2020
एजेन्सी – अष्ट्रेलियाका स्पिनर एस्टन एगरले ह्याट्रिकसहित ५ विकेट लिएपछि घरेलु टोली दक्षिण अफ्रीकाले अष्ट्रेलियाविरुद्ध टि२० सिरिजको पहिलो खेलमा कीर्तिमानी हार बेहोरेको छ । शुक्रबार वान्डरर्समा भएको खेलमा अष्ट्रेलियाले १ सय ८ रनको जित दर्ता गर्दै टि२० मा दक्षिण अफ्रिकालाई सर्वाधिक ठूलो हारको स्वाद चखायो ।

टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रनको बलियो स्कोर खडा गरेको थियो । इनिङको पहिलो बलमा चौका प्रहार गरेका ओपनर डेविड वार्नर आक्रामक सट खेल्ने क्रममा दोस्रो बलमै डेल स्टेनको शिकार बने । त्यसपछि कप्तान आरोन फिन्च र स्टिभ स्मिथले रनगति बढाउँदै अष्ट्रेलियालाई विशाल स्कोरतर्फ उन्मुख गराएका थिए ।
फिन्च नवौं ओभरको दोस्रो बलमा बाउन्ड्रीनजिक डु प्लेसिसको हातबाट समतिंदा दोस्रो विकेटको लागि बनेको ८० रनको साझेदारी टुटेको थियो । फिन्चले २७ बलमा ७ चौका र १ छक्कासहित ४२ रन्को योगदान दिए । त्यसपछि वेड पनि फिन्चझैं लामो सट खेल्ने धुनमा १८ रन जोड्दै पेभेलियन फर्किए ।
लगातार विकेट गुमाएको अष्ट्रेलियाका लागि स्मिथ आउट हुनुले समस्या निम्तिएको थियो । ३२ बलमा ५ चौका र १ छक्कासहित ४५ रन जोडेका स्मिथ शाम्सीको बलमा अगाडी बढ्दा वाइड बलमा स्टम्पिङ आउट भएका थिए । १२ ओभरमा ११७-४ को स्थितिमा पुगेपछि अष्ट्रेलियालाई मिचेल मार्श र एलेक्स क्यारीको साझेदारी बलियो स्कोरसम्म पुर्याई । यी दुईले ५० रनको साझेदारी गरे ।

क्यारीले २२ बलमा ३ चौका र १ छक्कासहित २७ रन जोडे । मार्श १४ बलमा समान १ चौका र छक्कासहित १९ रनमा एन्गीडीको शिकार बने । एस्टन एगरले ९ बलमा २ चौका र १ छक्कसहित २० रन जोडे । स्टार ३ बलमा १ छक्कासहित ७ रनमा नटआउट रहे । दक्षिण अफ्रीकाका लागि स्टेन र शाम्सीले २-२ तथा एन्गीडी र फेल्हुक्वायोले १-१ विकेट हात पारे ।
जवाफमा निकै खराब सुरुवात पाएको दक्षिण अफ्रीकाले १५ औं ओभरमा अलआउट हुनुअघि मात्र ८९ रन जोड्न सक्यो । इनिङको तेस्रो बलमा स्टार्कले कप्तान क्विन्टन डीककलाई २ रनमा बोल्ड गरे । प्याट कमिन्सले फालेको चौथो ओभरमा अर्का ओपन भान डर दुसेन ६ रनमा आउट भए ।
एक तर्फबाट फफ डु प्लेसिसले रन जोडेपनि अर्कोतिर लगातार विकेट खसिरहेको थियो । कमिन्सकै छैटौं ओभरमा जेजे स्मट्स ७ रन जोड्दै क्याचआउट भए । लगत्तै अर्को ओभरमा डेविड मिल्लर स्पिनर एडम जाम्पाको बलमा स्टम्पिङ शिकार बने ।
स्पिनर एगरकै अर्को ओभरमा दक्षिण अफ्रीकाको इनिङ धराशायी भयो । एगरले चौथो बलमा डु प्लेसिसलाई २४ रनमा खेलिरहँदा रिचार्डसनको हातबाट क्याच गराए । अर्को बलमा एन्डीले फेल्हुक्वायो एलबीडब्लु धारापमा परे । त्यसपछिको बलमा डेल स्टेनले कप्तान फिन्चलाई क्याच थमाएपछि एगर टि२० क्रिकेटमा अष्ट्रेलियाका लागि ह्याट्रिक लिने दोस्रो खेलाडी बने । समग्रमा टि२० मा यो १३ औं ह्याट्रिक हो ।

त्यसपछि एगरले १२ औं ओभरमा पिटर भान बिलिओनलाई १६ रनमा बोल्ड गरे । १४ औं ओभरमा एगरले एन्गीडीलाई १ रनको अवस्थामा क्याचआउट गरे । कागीसो राबाडा जाम्पाको बलमा बोल्ड भएपछि दक्षिण अफ्रीकाले हालसम्मकै फराकिलो हार बेहोरेको हो । समग्रमा एगरले ४ ओभरमा २४ रन खर्चेर ५ विकेट लिँदा कमिन्स र जाम्पाले २०२ तथा स्टार्कले १ विकेट हात पारे ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]