6 years ago
February 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट प्रिमियर लिगको साविक विजेता टोली ललितपुर प्याट्रीयट्सले मार्च तेस्रो साता सुरु हुने प्रतियोगिताका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्धन गरेको छ ।

यसअघि नै श्रीलंकाली ब्याट्सम्यान उपुल थारंगालाई अनुबन्धन गरेको ललितपुरले थप तीन विदेशी खेलाडी अनुबन्ध गरेको हो । अलराउन्डरद्वय हमाद आजम र हसन खानसँगै बायाँहाते पेस बलर मिर हाम्जाले ललितपुरको जर्सीमा उत्रनेछन् । गत सिजन भैरहवा ग्ल्याडीयटर्सलाई पराजित गर्दै उपाधि जितेको ललितपुर यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
मिर हाम्जाले गत सिजन ससेक्सबाट काउन्टी खेलेका थिए । हसन खानले लगातार पीएसएल खेल्दै आएका छन् भने क्यानाडामा सम्पन्न ग्लोबल टि२० मा पनि उनले एडमन्टन रोयल्समा थिए । उनी सन् २०१८ मा यू-१९ विश्वकपमा पाकिस्तानका कप्तान समेत रहेका थिए । हमाद आजमले पनि घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै २०१९ को पाकिस्तान कपमा उत्कृष्ट अलराउन्डर घोषित भएका थिए ।
ईपीएलको नियमअनुसार १६ खेलाडीको सुचिमा कम्तिमा ३ विदेशी खेलाडी हुनुपर्ने प्रावधान रहेको छ । राष्ट्रिय टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व सम्हाल्नेछन् । टोलीको प्रशिक्षकमा राजु बस्न्यात नै रहनेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]