9 years ago
July 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – बेलायत भ्रमणमा रहेको नेपाली टोलीको वास्तविक परिक्षा आजको खेलमा हुँदैछ । स्थानिय क्लबहरुसँगको ४ मा सबै अभ्यास खेल जितेको नेपालले आज मेरिलेबर्न क्रिकेट क्लब (एमसिसी) सँग लड्स मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध स्थापनाको २ सय वर्ष पुगेको उपलक्ष्यमा एक दिवसिय खेल खेल्न लागेको हो ।
खेललाई लिएर नेपाली टोली उत्साहित रहेको कप्तान पारस खड्काले बताएका छन्, ‘सबै उत्साहित छौं । हामी मैत्रीपूर्ण खेलका लागि मात्र होइन,नेदरल्यान्डस्सँगको खेलको तयारीका लागि पनि आएका हौं । त्यसले हाम्रो उत्कृष्ट ११ उत्रनेछ, ’ पारसले भने, ‘ हामी निकै उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छौं । हामी सबै सतप्रतिसत दिएर खेल्नेछौं । यहाँ खेल्नु सपना पुरा भए बराबर हो । हामी यो दिनको प्रतिक्षामा थियौं । यो इतिहास खेल हो । लड्समा क्षमता देखाउने यो हाम्रो लागि राम्रो मौका हो । ’ यसै महिनाको अन्त्यमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्ड्सको सामना गर्दैछ । साउन २९ र ३१ गते दुई खेल नेदरल्यान्ड्समा हुनेछ । बेलायत भ्रमणबाट फर्केपछि नेपाली टोली नेदरल्यान्ड्स पुग्नेछ ।
पारसले लड्समा खेल्ने अवसर मिल्नुलाई नेपाली क्रिकेटलाई विश्व सामू देखाउने अवसरका रुपमा हेरेका छन् । दुई बर्षअघि ट्वान्टी २० विश्वकपमा नेपाली टोलीको नेतृत्व गरिसकेका पारसले भने, ‘ विश्व स्तरमा नेपाली क्रिकेटलाई प्रस्तुत गर्ने अवसरका रुपमा हामीले लिएका छौं । हामीले राम्रो खेल्नु पर्छ । एमसिसीले पक्कै पनि राम्रो खेल्छ । दुवै टोली जित्नका लागि खेल्नेछन् । यो मौका लागि हामी खुसी र गौरवान्वित छौं । लड्समा सधै खेल्ने अवसर जुट्दैन । नेपाली क्रिकेटमा आबद्ध सबैका लागि यो विशेष दिन हो । समग्र नेपाली खेलकुदकै लागि पनि यो महत्वपूर्ण दिन हो । ’ नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले पनि मैत्रीपूर्ण खेलका रुपमा नभै प्रतिस्पर्धात्मक खेलका रुपमा लिएको बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]