9 years ago
July 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई ४१ रनले हराएको छ । लर्डस क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । जवाफमा एमसिसी ४७.२ मा सबै विकेट गुमाएर १ स ७६ रन बनाएको थियो ।
एमसिसीलाई रोक्ने क्रममा बसन्त रेग्मी र सागर पुनले समान ३ विकेट लिए । बसन्तले ९.२ ओभरमा १ मेडन राख्दै ३७ रन दिए । १० ओभर बलिङ गरेका सागरले २ मेडन राखेर ३५ रन खर्चे । सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले समान १ विकेट लिए । जिए एडिरले शतक बनाएपनि टोलीका अन्य खेलाडी जम्न सकेनन् ।
ओपनर एडिरले सय रन बनाए भने अर्का ओपनर एस क्लार्कले १६ र आरएम विलक्लिन्सनले २० बाहेक अन्य खेलाडीले दोहोरो आँकडामा रन जोड्न सकेनन् ।
त्यसअघि नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान अविजित रन जोड्ने क्रममा सोमपालले २० र बसन्तले २४ रन बनाएपछि नेपालले २ सय रनको आँकडा पार गरेको थियो । ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ३९ रन बनाए भने कप्तान पारस खड्काले ३० रन जोडे । ६३ बल खेलेका ज्ञानेन्द्रले ५ चौथा र पारसले २८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
शरद भेषावकरले ५ चौकासहित २७, सागरले २६, राजु रिजालले २ चौकाका साथ २४ रन बनाएका थिए । सिए बारेटी र केपी डुचीकाले समान २ तथा एक क्लार्क, एमएस रिनगोल्ड, सिटी पेरेनले १÷१ विकेट लिए ।
नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापित भएको २ सय बर्ष पुरा भएको उपलक्ष्यमा लर्डसमा मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । यो सँगै नेपाली टोलीले इङ्ल्यान्डको यात्रा अपराजित रहँदै टुंगाएको छ । एमसिसीअघि स्थानिय क्लबहरुसँगको ४ खेलमा पनि नेपाली विजयी भएको थियो । यसै महिनाको अन्त्यमा विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दुई खेल खेल्दैछ । नेपाली टोली स्वदेश फर्केर साउन २९ र ३१ गते दुई खेल खेल्न नेदरल्यान्ड्स जानेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]