default_image

6 years ago

April 4, 2020

ओमान क्रिकेटका नेपाली, जो नेपालबाटै खेल्न चाहन्छन्

315 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपालमा दुई महिनाअघि आयोजना भएको एकदिवसिय त्रिकोणात्मक सिरिजमा ओमानले शत प्रतिशत जित निकाल्न सफल भयो । अमेरिका समेत सम्मिलित उक्त सिरिजमा ओमानले घरेलु टोली नेपाललाई १८ रन र ८ विकेटको पराजित गर्यो ।

ओमानी टोली नेपाल आउनुअघि नै टोलीका विकेटकिपर ब्याट्सम्यानलाई लिएर खुब चर्चा भयो । मैदानमा आएपछि ओमानले उत्कृष्ट प्रर्दशन गरिरहँदा धेरैको ध्यान तान्ने विकेटकिपर नेपाली नागरिक सुरज कुमार थिए । नेपालसँगको पहिलो खेलमा शुन्यमा आउट भएका उनले दोस्रो खेलमा ब्याटिङ गर्ने मौका पाएनन् । अमेरिकाविरुद्ध जितमा ब्याटबाट केहि रन जोडेका उनी किपिङमा भने सुरक्षित देखिए ।

पाँच वर्षअघि भारतबाट रोजगारको सिलसिलामा ओमान पुगेका सुरजले पछिल्लो दुई वर्ष यता ओमानकै राष्ट्रिय टोलीबाट क्रिकेट खेल्दै आएका छन् । सुरजले ओमान फर्किनु अघि नेपाली समर्थकलाई धेरै धेरै धन्यावाद दिए । आफूले ओमानलाई नेपाली समर्थकको यति धेरै साथ र समर्थन रहला भन्नेमा कल्पना सम्म नगरेको उनले बताए ।

‘पिच देखि आयोजनाका सम्पूर्ण पक्ष सोचेभन्दा राम्रो थियो । त्योभन्दा राम्रो हामीले चार खेलनै जित्यौं, त्यसले झनै खुसी छु । हामीले नेपालमा त्यो किसिमको साथ पाउँछौं भन्ने कल्पना गरेका थिएनौं । नेपाली सबै समर्थकलाई धेरै धेरै धन्यवाद,’उनले हाम्रो खेलकुदसँग भने । पहिलो खेलमा नेपालसँग शुन्यमा आउट भएका सुरजले दोस्रो खेलमा अमेरिकासँग ३३ रनमा अविजित रहे ।

‘हामीले सबै खेल जित्यौं । त्यसैले मैले ब्याटिङ गरे वा गरिन भन्दा पनि टोलीको जितमा खुसी छु । यहाँको विकेट यति धेरै टर्न हुन्छ भन्ने थाहा थिएन । म र ओमानलाई नेपाली समर्थकको साथ उत्कृष्ट रह्यो । फेरि पनि समर्थकलाई धन्यावाद ।’

सुरजको पुख्यौली घर बाग्लुङ हो । पञ्जावको जालन्धरमा जन्मिएका सुरज उतै हुर्किए । ‘म नेपालको हुँ तर खेलमा त्यो भावना हुँदैन । रोजगारको सिलसिलामा पाँच वर्षअघि ओमान गएका थिएँ, अफिसको टोली हुँदै ओमानको राष्ट्रिय टोलीबाट खेल्दै छु । ओमानबाट खेल्दा पनि खुसीनै छु । आईसीसीको नियमअनुसार तीन वर्षको प्रतीक्षापछि म ओमानको टोलीमा परे । दुई वर्षदेखि ओमानको टोलीबाट निरन्तर खेलिरहेको छु’, उनले भने ।

‘यसअघि म ६ वर्षको हुँदा नेपाल आएको थिए । त्यो बेलाको खासै याद छैन । त्यसयता पहिलो पटक नेपाल आएको हुँ,’ नेपाली भाषा बोल्ने सुरजले बाबुआमा बाग्लुङको भएको र रोजगारको सिलसिलामा भारत गएर उतै सेटल भएको बताए । सुरजको खेल हेर्नको लागि बाबुआमा पनि काठमाडौं आएका थिए ।

‘सोमपाल कामी मेरो धेरै मिल्ने साथी हुन् । पहिला सँगै क्रिकेट खेल्थ्यौं । २०१४ मा सोमपालले नेपालबाट खेलौं भनेका थिए र उनी आए । तर परिवारको अवस्था राम्रो नहुँदा म आइन । अनि रोजगारको लागि ओमान गए । परिवारको अवस्था अलि राम्रो भएको भए सायद म नेपालबाटनै क्रिकेट खेल्थें होला । अब पाएँ भने नेपालबाट खेल्ने इच्छा अझै छ’, सुरजले भने ।

‘नेपालकै टोलीबाट खेल्न चाहान्छु । नेपाल ओमान भन्दा कम छैन । युवा खेलाडी धेरै आएका छन् । नेपाल धेरै राम्रो टोली हो । रोहित, कुशल जस्ता युवा खेलाडी छन् । नेपालबाट खेल्ने प्रयास गर्ने छु, ‘उनले भने, ‘ओमान र नेपालमा खासै फरक देख्दिन । हाम्रो जतिपनि स्टाफ छन् सबैले राम्रो गर्नको लागि उत्पेरणा दिन्छन् । नेपालको त्यसको कमि देख्छु । अरु खासै फरक छैन ।’

नेपालमा भइरहेका फ्रेन्चाइज लिगमा खेल्ने उनको इच्छा छ । ‘नेपालबाट खेल्ने मन त छ नै । नेपालमा पछिल्लो समय तीन फ्रेन्चाइज लिग भई रहेका छन् । जसबाट पनि कुनै टोलीले इच्छा देखाए खेल्नेछु,’ उनले भने । सुरजले ओमानबाट ११ ओडीआई, १३ टि ट्वान्टी र १९ लिष्ट ए खेलेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.