default_image

4 years ago

April 1, 2020

विश्वका १० सुन्दर महिला क्रिकेटर

एजेन्सी – क्रिकेट मात्र होइन सम्पूर्ण खेलकुदमा चर्चा र विश्लेषण हुने खेलाडीको प्रर्दशन र टोलीको नतिजा हो । तर कहिले काहि प्रर्दशन र नतिजा बाहेक अन्य कुराको पनि चर्चा हुने गर्दछ । खेलाडीको सुन्दरताले पनि बेला बेलामा चर्चा हुने गर्दछ । पुरुष खेलाडीमा भन्दा महिला क्रिकेटरको सुन्दरताको बढी चर्चा भएको पाइन्छ । भारतीय युवा ओपनर […]

74 views

0 Bookmark

एजेन्सी – क्रिकेट मात्र होइन सम्पूर्ण खेलकुदमा चर्चा र विश्लेषण हुने खेलाडीको प्रर्दशन र टोलीको नतिजा हो । तर कहिले काहि प्रर्दशन र नतिजा बाहेक अन्य कुराको पनि चर्चा हुने गर्दछ । खेलाडीको सुन्दरताले पनि बेला बेलामा चर्चा हुने गर्दछ । पुरुष खेलाडीमा भन्दा महिला क्रिकेटरको सुन्दरताको बढी चर्चा भएको पाइन्छ । भारतीय युवा ओपनर स्मृती मन्धाना, अष्ट्रेलियाकी अलराउन्डर एलिस पेरी लगायतका खेलाडी नेपाली समर्थकमाझ लोकप्रिय छन् । विश्वका १० सुन्दर महिला क्रिकेटरको बारे छोटकारीमा जानकारी :

१०. होली फेर्लिङ (अष्ट्रेलिया)

होली फेर्लिङ अष्ट्रेलिया २४ वर्षिय तीब्र गतिकी बलर हुन् । उनले २०१३ देखी अष्टे«लिया टोलीबाट खेल्न थालेकी थिइन् । उनले ९ टेष्ट, २२ ओडीआई र ९ टि२० आई खेलेकी छिन् । उनले मेलबर्न स्टार्सबाट ब्यवसायिक विग ब्यास लिग खेल्ने गर्दछिन् । उनले फिल्डिङ मार्फत निकै प्रभावित पार्ने गर्दछिन् । अग्ली कदकी उनलाई वाउन्सर बलिङ गर्न अझ सहज हुँने गर्दछ ।

९. तानिया भाटिया (भारत)

भारतीय महिला क्रिकेट टोलीकी विकेटकिपर तानिया भाटिया एक सुन्दर महिला क्रिकेटर हुन् । २२ वर्षिय उनले भारतबाट खेल्न लागेको दुई वर्ष पुगेको छ । जसमा १५ ओडीआई र ५० टि२० आई खेलेकी सकेकी छिन् । पछिल्लो समय उनले अष्टे«लियाविरुद्ध महिला टि२० विश्वकप फाइनल खेलेकी थिइन् ।

८. सारा टेलर (इंग्ल्यान्ड)

सारा टेलर इंग्ल्यान्डकी सफल ओपनर तथा विकेटकिपर ब्याटर हुन् । ३० वर्षिय उनी टि २० विशेष खेलाडी हुन् । सन् २०१२ र २०१४ मा उनी आइसिसी वुमन्स क्रिकेटर अफ द यअर र ओडिआई आइसिसी क्रिकेटर अफ द यअर अवार्ड जितेकी थिइन् । साराले ९० टि२० आई खेलेका २१ सय ७७ रन बनाएकी छिन् भने १ सय २६ ओडिआईमा ७ शतक र २१ अर्ध शतक सहित कुल ४ हजार ५६ रन जोडेकी छिन् ।

७. केट क्रस (इंग्ल्यान्ड)

केट क्रस इंग्ल्यान्डकी तीब्र गतिकी बलर हुन् । उनले इंग्ल्यान्डबाट ३ टेष्ट, २६ ओडीआई र १३ टि२० आई खेलेकी छिन् । क्रेट क्रसको हसिलो अनुहारले सुन्दरतालाई झनै बढाएको छ ।

६ .नटाली साइबर (इंग्ल्यान्ड)

नटाली पनि इंग्ल्यान्डकी महिला क्रिकेटर हुन् । नतालीले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रर्दशन गर्ने गर्दछिन । २०१३ मा इंग्ल्यान्डको टोली डेब्यु गरेकी नटाली त्यसयता पहिलो रोजाईमा पर्दै आएकी छिन् ।

५. सिसिला जोयस (आयरल्यान्ड)

आयरल्यान्डकी पुर्व ब्याटर सिसिला जोयसले १७ वर्ष क्रिकेट जीवनमा यात्रा सकाएकी छिन् । सन् २००१ देखी सुरु गरेकी उनले २०१८ मा सन्न्यासको घोषणा गरेकी थिइन् । उनले एकदिवसिय क्रिकेटमा ११ सय ७२ रन बनाएकी छिन् । उनको सुन्दरताले चर्चा पाउँदै आएको छ ।

४. सुने लुस (दक्षिण अफ्रिका)

सुने लुस दक्षिण अफ्रिकी लेग स्पिनर अलराउन्डर हुन् । उनले सन् २०१६ मा ओडीआईमा ३७ विकेट लिदै एकै वर्षमा सर्वाधिक विकेट लिने महिला बलरको कीर्तिमान रचेकी थिइन् । २४ वर्षिय सुने लुसको प्रर्दशनसँगै फिटनेस र सुन्दरता राम्रो छ ।

३. कायनात इम्तियाज (पाकिस्तान)

२७ वर्षिय पाकिस्तानकी तीब्र गतिकी बलर कायनातको प्रर्दशन भन्दा बढी सुन्दरता र फिटनेशन चर्चा पाउने गर्दछ । उनले सन् २०१० देखी अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएकी छिन् । सामाजिक सञ्जालमा बेला बेलामा उनले सुन्दरताको राम्रो चर्चा पाउने गर्दछ ।

२. स्मृती मन्धना (भारत)

भारतीय २३ वर्षीय ओपनर ब्याटर स्मृती मन्धनाको प्रर्दशन र सुन्दरता दुबै समर्थकमा चर्चाको विषय बन्ने गर्दछ । मन्धनालाई बिसिसिआईले २०१८ मा विश्वको उत्कृष्ट महिला क्रिकेटर जनाएको थियो । मन्धना बिग ब्यास लिग खेल्ने पहिलो भारतीय महिला क्रिकेटर समेत हुन् । उमेर कलिलै भएपनि मन्धानाले अन्र्ताष्ट्रिय स्तरमा निरन्तर उच्च प्रर्दशन गर्दै आएकी छिन् । उनले ५१ ओडीआई र ७५ टि२० आई क्रिकेट खेलिसकेकी छिन् । उनको सुन्दरता, फिटनेश र हसिँलो अनुहारले नेपाली समर्थकमा राम्रो पंशसा पाउँदै आएको छ ।

१. एलिस पेरी (अष्ट्रेलिया)

अष्ट्रेलियाकी अलराउन्डर एलिस ऐरी जर्सि बाहिर रहँदा चर्चित मोडन जस्तै देखिन्छिन् । केहि समर्थक उनी क्रिकेटर नभएर मोडल हुनुपर्ने तर्क राख्छन् । पेरी क्रिकेट र फुटबल दुबै विश्वकप खेल्ने पहिलो महिला क्रिकेटर हुन् । सन् २००७ मा पेरी फुटबल विश्वकप खेलेकी थिइन् । उनी जति सुन्दर छिन् त्यतिनै मैदानमा ब्याट र बलबाट उत्कृष्ट प्रर्दशन गर्ने गर्दछिन् । उनले ३ सय भन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिइ सकेकी छिन् ।

पेरीले ८ टेष्टमा १ दोहोरो शतक सहित ६ सय २४ रन बनाएकी छिन् । १ सय १२ ओडीआईमा ३ हजार २२ रन बनाउनुको साथै १ सय ५२ विकेट लिएकी छिन् । उनको सुन्दरता, बनावट, फिटनेश र प्रर्दशनले समर्थकलाई आर्कषित र लोभाउने गर्दछ । पेरी अन्तर्राष्ट्रिय क्रिकेट जगतमा निकै लोकप्रिय महिला क्रिकेटर हुन् ।

यो पनि पढ्नुहोस : मेस्सी भर्सेस रोनाल्डो : लेजेन्डहरु कसको पक्षमा ?

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

Success

Thank you for your time.