default_image

4 years ago

April 11, 2020

नेपाली क्रिकेटका १० उत्कृष्ट क्षण

भूपेन्द्र जिसी, काठमाडौं सिमित स्रोत र साधनकाबीच खेलाडीले कडा मिहिनेत गर्दै नेपाललाई ओडीआई मान्यता राष्ट्रसम्म पुर्याएका छन् । नेपालको अबको लक्ष्य टेष्ट मान्यता प्राप्त गर्ने छ । तर अहिलेको स्तर, संरचना र तयारी हेर्दा टेष्ट राष्ट्र बन्ने नेपालको सपना सपनामै सिमित हुने देखिन्छ । पछिल्लो एक दशकमा नेपाली क्रिकेटमा निकै उतारचढाव रहँदा डिभिजन ५, ४, […]

75 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

सिमित स्रोत र साधनकाबीच खेलाडीले कडा मिहिनेत गर्दै नेपाललाई ओडीआई मान्यता राष्ट्रसम्म पुर्याएका छन् । नेपालको अबको लक्ष्य टेष्ट मान्यता प्राप्त गर्ने छ । तर अहिलेको स्तर, संरचना र तयारी हेर्दा टेष्ट राष्ट्र बन्ने नेपालको सपना सपनामै सिमित हुने देखिन्छ ।

पछिल्लो एक दशकमा नेपाली क्रिकेटमा निकै उतारचढाव रहँदा डिभिजन ५, ४, ३ को उपाधि जित्नुको साथै सन् २०१४ मा टि२० विश्वकप हुँदै एकदिवसिय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता लगायतका सफलता हात पार्यो । नेपालले त्यतिनै अवसर पनि गुमाउन पुग्यो । सबै जित उत्कृष्ट र अविस्मरणीय हुँदैनन् । अवस्था र प्रतियोगिता महत्व लगायतका विभिन्न कुरामा निर्भर रहन्छ । केहि जितको महत्व लामो समय सम्म रहँदा केहि त्यहि दिनमा मात्र सिमित हुन सक्छ ।

त्यस्तै नेपाली क्रिकेट टोलीको पछिल्लो एक दशकका उत्कृष्ट १० क्षण र जानकारी यस प्रकार छ ।

१०. डिभिजन ५ उपाधि (२०१०)

सन् २०१० फेब्रुअरीमा नेपालले घरेलु मैदानमा आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप डिभिजन ५ को उपाधि जितेको थियो । जुन नेपालले अन्तर्राष्ट्रिय स्तरमा हात पारको पहिलो मुख्य उपाधि थियो । फाइनलमा अमेरिकालाई हराउँदै घरेलु समर्थकमाझ नेपालले इतिहास रच्न सफल भयो । पहिलो खेलमा जर्सीलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा सिंगापुरलाई १६ रन, बहराइनलाई ८ विकेट र फिजीलाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा भने नेपाल अमेरिकासँग डकवर्थ लेविस पद्धतीको आधारमा ५ विकेटले पराजित हुन पुग्यो । तर फाइनलमा अमेरिकालाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको थियो । घरेलु समर्थकमाझ पहिलो प्रमुख उपाधि जित्नु आफैमा एक उत्कृष्ट क्षण हो । जुन खेलाडी, समर्थक, शुभचिन्तक लगायत सबैमा aअविस्मरणीय रहँदै आएको छ ।

९. रोहितको अर्धशतक (२०१९)

Rohit half century

सन् २०१९ जनवरी अन्तिममा युएईसँग तीन खेलको ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलल ५८ बलमा ७ चौका सहित ५५ रन जोड्दै विश्व कीर्तिमान बनाए । रोहितले अर्ध शतक प्रहार गर्दा १६ वर्ष १ सय ४६ दिनका थिए । रोहित कम उमेरमा ओडिआईमा अर्ध शतक पुरा गर्ने ब्याट्सम्यान बने ।

जसक्रममा रोहितले भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा महान क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोडेका थिए । सर्वाधिक सफल खेलाडी सचिनको कीर्तिमान रोहितले तोड्दा समर्थकमा उत्साह र खुसी निकै उच्च थियो । रोहितको उक्त कीर्तिमान कुशल मल्लले दुई महिना अघि अमेरिकाविरुद्ध १५ वर्ष ३ सय ४० दिनको उमेरमा अर्ध शतक प्रहार गर्दै तोडेका छन् ।

८. नामिबियाविरुद्ध घरेलु मैदानमा जित (२०१६)

आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसि २०१५–१७ अन्तर्गत नेपालले २०१६ अप्रिलमा नामिबियाविरुद्ध घरेलु मैदानमा दुइ खेल खेलेको थियो । पहिलो खेलमा ५ विकेटले विजयी भएको नेपालले दोस्रो खेलमा पनि रोमाञ्चक ३ विकेटको जित हात पार्यो । चारैतर्फ खचाखच दर्शकले भरिएको टियु मैदानमा कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।

पारसले १ सय ३ रनको शतकीय इनिङ खेलेपछि नामिबियाले प्रस्तुत गरेको २ सय ४० रनको लक्ष्य नेपालले १ बल अगाडी ७ विकेटको क्षतिमा पुरा गरेको थियो । घरेलु मैदानमा सन् २०१३ पछि फर्किएको अन्तर्राष्ट्रिय क्रिकेट, हजारौं दर्शक, पारसको उत्कृष्ट शतक अनि नेपालको रोमाञ्चक जितले उक्त खेललाई अझ विशेष र अविस्मरणीय बनायो ।

७. नेदरल्यान्डमाथि रोमाञ्चक जित (२०१८)

तस्बिर: रमण सिवाकोटी

मार्चमा ओडीआई मान्यता पाएको नेपालले नेदरल्यान्डसँग अगष्टमा डेब्यु सिरिज खेलेको थियो । नेपाल पहिलोे खेलमा ५५ रनले पराजित हुन पुग्यो । तर दोस्रो खेलमा भने नेदरल्यान्डलाई १ रनले पराजित गर्दै ओडीआईमा पहिलो जित दर्ता गर्न सफल भयो । नेपालले प्रस्तुत गरेको २ सय १७ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड ५० ओभरमा २ सय १५ रनमा अल आउट हुन पुग्यो ।

जितको लागि अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले अन्तिम बलमा रन आउट गराउँदै सनसनीपुर्ण जित दिलाए । पहिलो ओडिआइ जित अन्तिम बलमा रोमाञ्चक हात पार्दा उक्त नतिजा झनै अविश्मरणिय बन्न पुग्यो ।

६. ऐतिहासिक ओडिआई र टि२० सिरिज

नेपालले २०१९ जनवरीमा युएईविरुद्ध ३–३ ओडिआई र टि२० सिरिज २–१ ले जित्दै इतिहास रचेको थियो । पहिलो ओडिआई खेलमा ३ विकेटले पराजित भएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो खेलमा १ सय ४५ रन र तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै ऐतिहासिक ओडिआई सिरिज जित्न सफल भएको थियो । टि२० आईको पहिलो खेलमा नेपाल २१ रनले पराजित हुन पुग्यो ।

तर दोस्रो खेलमा ४ विकेट र अन्तिम खेलमा १४ रनले विजयी हुँदै ऐतिहासिक टि२० सिरिज जितेको थियो । ओडिआई र टि२० दुबैको सुरुवाती खेल हारेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै पहिलो पटक सिरिज एतिहासिक सिरिज जित्न सफ भयो । विदेशी भुमिमा नेपाली समर्थकको राम्रो साथले अझ विशेष बनायो ।

५. आइसिसी टि२० विश्वकप छनोट (२०१३)

सन् २०१३ नोभेम्बरमा युएईमा भएको आइसिसी टि२० विश्वकप ग्लोबल छनोट समुह बी मा रहेको नेपाल तेस्रो स्थानमा रहँदै अर्को वर्ष बंगलादेशमा भएको टि२० विश्वकप खेलेको थियो । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको १८ वर्षमा नेपालको विश्वकप खेल्ने सपना पुरा भएको थियो । जुन क्षण साँच्चै नेपाली क्रिकेटमा सधैं यादगर रहिरहने छ ।

पहिलो खेलमा डेनमार्कलाई ५ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा नेपालले केन्याले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पुरा गर्दै विश्वकपमा झनै बलियो सम्भावना मात्र देखाएन बलिया विपक्षीलाई पनि सजग गराएको थियो । शरद भेषवाकरको उत्कृष्ट अन्त्य र पारस खड्काले उत्कृष्ट ब्याटिङमा केन्याले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २ बल अगाडीनै ४ विकेटको क्षतिमा पुरा गर्दै सनसनी मच्चाएको थियो । जुन नेपालको इतिहासमा टि२० मा पुरा गरेको उच्च योगफल थियो । त्यो क्षण साह्रै उत्कृष्ट लोकप्रिय रहँदै आएको छ ।

स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको नेपालले पप्पुवा न्युगिनीलाई ७ विकेटले हराएको थियो । नेदरल्यान्डसँग ५ र अफगानिस्तानसँग नेपाल ९ विकेटले पराजित भयो । तर अन्तिम खेलमा बर्मुडालाई २१ रनले हराउँदै नेपालले क्वाटरफाइनलमा स्थान पक्का गर्यो । क्वाटरफाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा पुगेको थियो । जुन नतिजा अहिले सम्झदा पनि मन खुशीले गदगद हुन्छ ।

नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुन पुग्यो । युएईलाई ५ विकेटले हराउँदै तेस्रो स्थानमा रहेको थियो । पहिलो पटक नेपालको विश्वकप खेल्ने सपना पुरा भएको त्यो वर्ष नेपाली क्रिकेट समर्थक र खेलाडीको मन मनमा छ ।

४. लर्डस् सपना पुरा (२०१६)

सन् २०१६ जुलाई १९ नेपाली क्रिकेटका लागि सधैं अविस्मरणीय रहने छ । इंग्ल्यान्डको सुन्दर लर्डस् क्रिकेट मैदानमा खेल्ने जो कोही क्रिकेट खेलाडीको सपना हुन्छ । तर सबैको सपना पुरा हुन सक्दैन । लर्डस् एसोसिएट खेलाडीको लागि एक ठुलो सपना हो । नेपाल र बेलायतबीचको २ सय वर्ष दौत्य सम्बन्ध पुगेको अवसरमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध लर्डस् खेल्ने ऐतिहासिक अवसर पाएको थियो ।

पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको एमसिसी ४७.२ ओभरमा १ सय ७६ रनमा अल आउट भएपछि नेपाल ४१ रनले विजयी भएको थियो । लर्डस्मा खेलेपछि खेलाडीले भनेका थिए अझैपनि सपना जस्तै लागि रहेको छ । त्यसले लर्डस्को महत्व र क्षणलाई बुझाउँछ ।

३. ओडीआई मान्यता (२०१८)

nepali cricket

जिम्बावेमा २०१८ मार्चमा भएको एक दिवसिय विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहँदै पहिलो पटक ओडिआई मान्यता पाएको थियो । समुह बी मा रहेको नेपालले सुरुवात खराब गरेपनि अन्त्यमा उत्कृष्ट प्रर्दशन गर्नुको साथै र भाग्य आफ्नो पक्ष्यमा आएपछि ओडिआई मान्यताको सपना पुरा भएको थियो । नेपाल घरेलु टोली जिम्बावेसँग १ सय १६ रन र स्कटल्यान्डसँग ४ विकेटले पराजित हुन पुग्यो । अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपालको विश्वकपको यात्रा लगभग समाप्त भएको थियो ।

लिग चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराउँदै प्ले अफमा प्रवेश गर्दै ओडिआईको आशा कायमै राखेको थियो । नेपालले प्ले अफमा पप्पुवा न्युगिनीलाई ६ विकेटले पराजित र अर्को प्ले अफमा हङकङ नेदरल्यान्डसँग ४४ रनले पराजित भएपछि नेपालले सन् २०२२ सम्मको लागि पहिलो पटक ओडीआई मान्यता पाउन सफल भएको थियो । जुन नेपाली क्रिकेटको विश्वकप पछिको ठुलो सफलता हो ।

२. क्यानडा विरुद्ध करणको ४२ रन (२०१८)

नामिबियामा सन् २०१८ फेब्रअरी १४ मा डिभिजन २ अन्तर्गत क्यान्डाविरुद्ध करणले त्यो इनिङ नखेलेको भए नेपाली क्रिकेट सायद आज यो अवस्थामा हुने थिएन । खराब ब्याटिङको कारण जिम्बावेमा हुने एक दिवसिय विश्वकप छनोटमा स्थान बनाउँदै ओडिआई मान्यता पाउने नेपालको सपना एक समय सकि सकेको थियो । क्यानडाले प्रस्तुत गरेको १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४३ ओभरमा १४४–९ को कमजोर अवस्थामा पुगेको थियो ।

अन्तिम विकेटका रुपमा सन्दीप लामिछाने र करण केसी क्रिजमा हुँदा जितको लागि ५१ रनको आवश्यकता थियो । त्यसैले सबैले जितको आशा मारिसकेका थिए । सबै निराश थिए । क्यानडाका खेलाडी बाउन्ड्री लाइन बाहिर जितको खुसी मनाउन थालेका थिए । तर करणले ३१ बलमा ३ चौका र ४ छक्का सहित ४२ रनमा अविजित रहँदै १ विकेटको रोमाञ्चक जित दिलाए । जुन नेपाली क्रिकेट इतिहासकै रोमाञ्चक र अविश्वसनिय जित पर्दछ । आशा मारि सकेको खेललाई करणले जिताउँदै ओडीआई मान्यता सम्म पुर्याए । जुन इनिङ नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट हो । जुन प्रर्दशन विश्व क्रिकेटमा पनि विरलै देख्न पाइन्छ ।

१. टि२० विश्वकप २०१४

सन् २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकपनै नेपाली क्रिकेटको सर्वाधिक ठुलो सफलता र उत्कृष्ट क्षण हो । पहिलो विश्वकप, सबै खेलाडीको सपना, अनि विश्वकपमा आफ्नो देशलाई पहिलो पटक समर्थन गर्न पाउँदा समर्थक र शुभचिन्तकमा खुसी । अझ नेपालको उत्कृष्ट प्रर्दशनले पहिलो टि२० विश्वकपलाई विशेष बनायो । नेपालले पहिलो खेलमै उत्कृष्ट प्रर्दशन गर्दै हङकङलाई ८० रनले हराउँदै सनसनी मच्चायो । दोस्रो खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दै पहिलो विश्वकप अविश्वसनिय बनाउँदै अन्त्य गर्यो ।

चोक चोकका स्क्रिनमार्फत नेपालको खेलको प्रत्यक्ष प्रसारण, बंगलादेशमा नेपाली समर्थकको साथ, सबैतिर विश्वकप, स्वदेशमा बालकदेखि वृद्धसम्म विश्वकपको माहोल । सबै कुराले विश्वकप नेपालको अविस्मरणीय र उत्कृष्ट रह्यो । विश्वकप पछिल्लो एक दशकमात्र नभएर नेपाली क्रिकेट इतिहासकै सर्वाधिक उत्कृष्ट क्षण हो । त्यसै विश्वकपदेखि नेपालमा घरेलु क्रिकेटको चर्चा पनि बढ्न थालेको हो ।

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

April 15, 2024

कुवेतको दोस्रो जित 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र […]

Success

Thank you for your time.