default_image

6 years ago

April 12, 2020

नेपाली क्रिकेटको २०७६ : आशा चर्को, नतिजा अर्को

142 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

असारमा मलेसियासँग दुई खेलको टि२० आई सिरिज खेल्दै २०७६ वर्षको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चैतमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिता खेल्दै अन्त्य गर्यो । यो वर्ष नेपाली क्रिकेटले थोरै सफलता हात पार्दा धेरै असफलता बेहोर्यो ।

२०७६ मा ३१ अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ खेलमा जित हासिल गर्दा १५ मा पराजित भयो । दुई खेलको नतिजा वर्षाको कारण रद्द भयो । राष्ट्रिय महिला टोलीले यो वर्ष ४ मात्र अन्तर्राष्ट्रिय खेल खेल्दा २ मा जित र २ हार बेहोरे । एकै वर्षमा पाँच विश्व कीर्तिमान, तीन वर्ष देखीको क्यानको निलम्बन फुकुवा, क्यानमा नयाँ नेतृत्व लगायत केहि सकारात्मक पक्ष रहेपनि प्रतियोगिता र सिरिजमा खेलाडीको गैर जिम्मेवार प्रर्दशनले आशा अनुरुप नतिजा आउन सकेन ।

असार २८ र २९ मा नेपालले मलेसियासँगको दुई टि२० सिरिजमा क्लिनस्वीप गर्दै इतिहास रचेको थियो । नेपालले २०७६ मा पहिलो सिरिजनै क्लिनस्वीप गरेपछि धेरैले यो वर्ष धेरै सफल रहने अनुमान गरेका थिए । तर साउन ६ देखि १२ सम्म सिंगापुरमा भएको आइसिसी टि२० एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गरेपछि नेपाल आश्चर्यजनक रुपमा बाहिरिएको थियो । नेपाल तुलानात्मक रुपमा कमजोर टोली सिंगापुर र कतारसँग पराजित हुँदै टि२० विश्वकप २०२० को यात्राबाट बाहिरिएको थियो ।

नेपालले असोजमा सिंगापुर, जिम्बावेसँग त्रिकोणात्मक सिरिज खेलेको थियो । जसमा पारसले पहिलो खेलमा सिंगापुरविरुद्ध लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्दै टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो कप्तान बने । असोजमा नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टि२० सिरिजमा औसत प्रर्दशन गरेको थियो ।

कात्तिकमा बंगलादेशमा भएको एसिसी एसिया इमर्जिङ टिम्स एसिया कपमा पनि नेपाल खराब प्रर्दशन गर्दै समुह चरणबाटै बाहिरियो । लगातार हारले निरास बनाएको नेपाली क्रिकेटलाई मंसिरमा घरेलु मैदानमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दै उक्त पिडा बिर्साउने राम्रो अवसर थियो ।

मंसिर १५ देखि २४ सम्म नेपालमा भएको १३ औं सागमा नेपाललाई स्वर्ण जित्ने अवसर थियो । तर सागमा पनि खराब प्रर्दशन गर्दै कास्यमा चित्त बुझायो । महिला र पुरुष दुबै टोलीले कमजोर माल्दिभ्सलाई हराउँदै कास्य जितेका थिए । जुन महिला टोलीले खेलेको यो वर्षको एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता रह्यो ।

माघमा घरेलु मैदानमा भएको आइसिसी विश्वकप लिग२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानसँग दुबै खेलमा पराजित हुँदा अमेरिकालाई दुवै  खेलमा हराएको थियो । नेपालले टि२० विश्वकपको अवसर गुमाएपनि टेष्ट टोलीसँग एसिया कप टि२० खेल्ने राम्रो अवसर थियो । तर खेलाडीको गैर जिम्मेवारी प्रर्दशनले त्यो सपना पनि पुरा हुन सकेन । चैत्रमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपाल हङकङ र मलेसियासँग पराजित हुँदै एसिया कप यात्रा बाहिरिदै यो वर्ष सकायो ।

यस वर्ष प्रशासन क्षेत्रमा केहि सुधार हुँदा उतारचढाव रह्यो । आइसिसीले क्यानमाथि तीन वर्ष देखी लगाएको प्रतिवन्ध असोज २७ मा सर्सत रुपमा फुकुवा गर्यो । जुन वर्ष नेपाली क्रिकेटको सर्वाधिक ठुलो उपलब्धी मान्नुपर्छ । क्यानले पनि नयाँ नेतृत्व पायो । तर एक दशकदेखि नेपाली क्रिकेटको कप्तानी सम्हाल्दै आएका पारस खड्काले निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै एक्कासी राजिनामा दिदा त्यो खुसि लामो समय टिक्न पाएन ।

लगातार राम्रो प्रर्दशन गर्दै आएका पारसको एक्कासी राजिनामाले सबैलाई आश्चर्य पार्यो । यस वर्ष नेपाली क्रिकेटबाट अन्तर्राष्ट्रिय स्तरमा ५ विश्व कीर्तिमान बने । जसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको चर्चा चलिरह्यो । सागमा स्पिनर अञ्जली चन्दले माल्दिभ्सविरुद्ध २.१ ओभरमा कुनै रन नदिई ह्याट्रिक सहित ६ विकेट लिदै टि२० इतिहासकै उत्कृष्ट प्रर्दशन गर्दै सनसनी मच्चाइन् ।

अर्कोतर्फ अमेरिकाविरुद्ध कुशल मल्लले रोहित कुमार पौडेलको कीर्तिमान तोड्दै कम उमेरमा अर्ध शतक प्रहार गर्ने खेलाडी बने । अमेरिकालाई १२ ओभरमा ३५ रनमा अल आउट गर्दै ओडिआईमा कम योगफलमा रोक्न सफल हुँदा सबैभन्दा कम बलमा अल आउट गर्ने कीर्तिमान पनि कायम गरेको थियो । नेपालले घरेलु मैदानमा आइसिसी विश्वकप लिग२ अन्तर्गत ओमान र अमेरिकासँग घरेलु मैदान टियुमा पहिलो पटक ओडिआई खेल खेल्नु यस वर्षको अर्को सफल पक्ष हो ।

नेपाली यु१९ टोली २०७५ चैत्र ३० मा मलेसियामा भएको आइसिसि यु१९ विश्वकप छनोटमा युएईसँग १ रनले पराजित हुँदै विश्वकपको अवसर गुमाउँदा नेपाली समर्थकको लागि नयाँ वर्ष निकै खल्लो र निराश बनेको थियो । कमजोर प्रतिस्पर्धीसँग पराजित हुँदै टि२० विश्वकप र एसिया कप जस्ता ठुला अवसर गुमाएको नेपाली क्रिकेटलाई अर्को चिन्ता खेलाडीको गैर जिम्मेवार प्रर्दशन पनि रह्यो । पछिल्लो समय केहि खेलाडीमा बाहेक अन्यमा जिम्मेवार देखिदैन । जुन अर्को ठुलो चिन्ताको विषय रह्यो ।

नेपालले गुमाएका एक दुई खेल बाहेक अन्य सबै सहजै हारेको छ । खेलाडी जिम्मेवार नबनेको खण्डमा आगमी दिनमा अझैं ठुला अवसर नगुमाउला भन्न सकिदैन । अर्कोतर्फ खेलाडीमा गुट रहेको विषयले पनि बेला बेलामा चर्चा पायो । तर खेलाडी भने अस्विकार गर्दै आएका छन् । कोरोना भाइरस (कोभिड १९) को कारण २०७७ नेपालले पहिलो खेल कहिले र कहाँ खेल्ने भन्न सक्ने अवस्था छनै । तर २०७६ खराब वर्षलाई बिर्संदै नेपाली क्रिकेट टोली अगाडी बढ्नुपर्छ । २०७६ को नतिजाबाट राम्रो पाठ सिके आगमी दिनमा नेपाली क्रिकेटबाट आशा एउटा र नजिता अर्को पक्कै आउने छैन ।

यो पनि पढ्नुहोस : नेपाली क्रिकेटका १० उत्कृष्ट क्षण

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.