default_image

4 years ago

April 15, 2020

आइपिएल अनिश्चित कालका लागि स्थगित

44 views

0 Bookmark

एजेन्सी – विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चित समय सम्मको लागि स्थगित भएको छ । आइपिएल दोस्रो पटक स्थगित भएको हो ‌।

आइपिएल चैत १६ देखि सुरु हुने प्रारम्भिक तालिका भनिएपनि कोरोना भाइरसको कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले वैशाख ३ सम्म सारेको थियो । तर भारत सरकारले लकडाउन वैशाख २१ सम्म लम्बाएपछि आइपिएल अनिश्चित समयका लागि स्थगित भएको एएनआईले जनाएको छ । यद्यपी बिसिसिआईले आधिकारीक सुचना भने सार्वजनिक गरेको छैन ।

एएनआईले बिसिसिआईलाई जनाउँदै अनिश्चित समय सम्मको लागि स्थगित भएको जनाएको छ। अव आइपिएल यो वर्ष हुने सम्भावना निकै न्युन छ । आइपिएल अव आगमी अक्टोबर(नोभेम्बरमा हुन सक्ने सम्भावना छ । अष्ट्रेलियामा अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म टि२० विश्वकप हुँदैछ । उक्त विश्वकप स्थगित भएको खण्डमा आइपिएल अक्टोबर नोभेम्बरमा हुन सक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आइपिएल नभएको खण्डमा ५ हजार देखी ७ हजार करोड भारतीय रुपैयाँ घाटा हुन सक्ने बताइएको छ । हालसम्म भारतमा कोरोना भाइरसबाट ३ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय ३९ जना कोरोना संक्रमित भेटिएका छन् ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.