default_image

4 years ago

April 18, 2020

राष्ट्रिय टोलीमा डेब्यु गर्न सक्ने ५ खेलाडी

72 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण २०७७ मा राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेल कहाँ र कहिले खेल्ने भन्न सक्ने अवस्था छैन । यसै वर्ष हुने टि२० विश्वकप र एसिया कप टि२० प्रतियोगिता जस्ता ठुला अवसर गुमाए पनि नेपाल त्रिकोणात्मक र दुई पक्षीय सिरिजमा व्यस्त रहनेछ ।

विशेषत यो वर्ष नेपाल आइसिसी विश्वकप लिग २ अन्तगर्त त्रिकोणात्मक सिरिजमा केन्द्रित रहने छ । विपखी देशसँग समझदारी गर्न सके नेपालले होम अवे टि२० र एक दिवसिय सिरिज खेल्न सक्ने सम्भावना छ । त्यसको लागि नेपाल क्रिकेट संघ (क्यान) को पहल र सक्रियता चाहिन्छ । २०७६ को प्रर्दशनले नेपाली क्रिकेट टोलीमा धेरै परिवर्तनको सम्भावना देखिन्छ ।

ओडिआई र टि२० शैलीको लागि फरक टोली निर्माण हुने देखिन्छ । सन् २०२२ सम्म नेपाल बलियो टोली निर्माण गर्ने सोचमा छ । त्यसको लागि युवा खेलाडी तयार पानुपर्ने हुन्छ । द्विपक्षीय सिरिजमा नेपालले युवा खेलाडीलाई धेरै मौका दिन प्रयास गर्ने छ । राष्ट्रिय टोलीमा आवश्यक पर्ने भुमिका घरेलु र उमेर समुहमा राम्रो प्रर्दशन गर्ने खेलाडीबाट पुरा गर्नुपर्छ । जसमा उमेर समुह र घरेलु प्रतियोगिताको प्रर्दशन मुख्य आधार हो ।

पछिल्लो समय खेलाडी छनोट फ्रेन्चाइज लिगको प्रर्दशनको आधारमा हुँदै आएको छ । तर अब क्यान आएसँगै जिल्ला र प्रदेशबाट छनोट हुँदै आउने छन् । त्यस्तै हालसम्म युवा खेलाडीको प्रर्दशन, क्षमता र टोलीको आवश्यकता लगायत सबै कुरा हेर्दा यी ५ युवा खेलाडी जो यो वर्ष राष्ट्रिय टोलीमा डेब्यु गर्न सक्छन् ।

५. रित गौतम (ब्याट्सम्यान)

यू१९ का कप्तान रित गौतम नेपाली क्रिकेटमा ठुलो सम्भावना बोकेका युवा ब्याट्सम्यान हुन् । उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्दै आएका रित पछिल्लो समय सिनियर टोलीको बन्द प्रशिक्षण परेपनि अन्तिम १५ मा अट्न संघर्षरत छन् । रित गत वर्ष मलेसियामा सम्पन्न एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध १ सय ३७ बलमा १० चौका र १ छक्का प्रहार गर्दै १ सय १५ रनको शतकीय अविजित इनिङ खेलेका थिए ।

सन् २०१७ थाईल्यान्डमा सम्पन्न यू१६ इस्टर्न रिजन प्रतियोगितामा म्यानमारविरुद्ध १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए । रित दुवै  उमेर समुहमा शतक प्रहार गर्ने एक्लो नेपाली खेलाडी हुन् । ओपनिङ ब्याटिङ नेपाललाई सधैं चिन्ताको विषय हो । रितको खेल्ने शैलीले दीर्घकालीन ओपनर समाधानको रुपमा समेत हेरिएको छ ।

रित एकदिवसिय शैलीका विशेष खेलाडी मानिन्छन् । टोलीको आवश्यकता अनुसार जिम्मेवार ब्याटिङमा ध्यान दिने रितको खुबी हो । एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजमा अनुबन्ध भएका रित अर्को अवसरको पर्खाईमा छन् । रित घरेलु प्रतियोगिता बागमती प्रदेशको जर्सिमा देखिन्छन् । निरन्तर अस्थिर ओपनिङ ब्याटिङ नेपालले यो वर्ष रितलाई मौका दिन सक्छ ।

४. साहब आलम (स्पिनर)

बायाँ हाते युवा स्पिनर साहब आलमले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उमेर समुहसँगै घरेलु प्रतियोगितामा निरन्तर आफ्नो प्रभाव जमाइरहेका आलम गत वर्ष वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीबाट प्रतिनिधित्व गर्दै प्रदेश ३ विरुद्ध ४ ओभरमा ३ मेडन सहित २ रन खर्चेर ६ विकेट लिएका थिए ।

पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करणमा विराटनगर टाइटन्सलाई फाइनल सम्म पुर्याउन साहब प्रर्दशन महत्वपूर्ण थियो । बुटवल ब्लास्टरलाई सेमिफाइनलमा रोक्दै विराटनलरलाई फाइनलमा पुर्याउन उनले ४ ओभरमा २६ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिँदै म्यान अफ द म्याच चुनिएका थिए ।

आर्मीलाई गत माघमा भएको मनमोहन मेमोरियल एक दिवसिय राष्ट्रिय प्रतियोगिताको उपाधि दिलाउन साहबले ४ खेलमा १० विकेट लिएका थिए । आलमले गत वर्ष भएको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा आर्मीबाटै ६ खेलमा १६ विकेट सहित दोस्रो स्थानमा रहेका थिए । उमेर समुह होस् वा घरेलु प्रतियोगिता उनले सबैमा उच्च प्रर्दशन गर्दै आएका छन् ।

टोलीमा बायाँ हाते अनुभवी स्पिनर वसन्त रेग्मी ढल्किदो उमेरको कारण सन्न्यासको नजिक छन् । पछिल्लो समय वसन्त टोलीमा छैनन् । जसले युवा खेलाडीले मौका पाउँदै आएका छन् । हाल टोलीमा बाँया हाते स्पिनरमा ललित नारायण राजवंशी र सुशन भारी छन् । यी दुवै स्पिनरको प्रर्दशन एकरुपता छैन । जसले आलमको डेब्युको सम्भावना उच्च देखिन्छ । आलम पछिल्लो समय राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिंदै आएका छन् । स्पिनरमा ठुलो सम्भावना देखाएका आलमको यो वर्ष राष्ट्रिय टोलीको जर्सिमा मैदान उत्रने सपना पुरा हुन सक्छ ।

३. किशोर महतो (बलर)

तीब्र गतिका बलर किशोर महतो चैतमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीमा परेका थिए । तीब्र गतिका बलर सोमपाल कामी घाइते हुँदा इस्टर्न रिजनमा किशोरले मौका पाएपनि डेब्यु गर्न पाएनन् । उमेर समूहदेखि घरेलु प्रतियोगिता सम्म निरन्तर राम्रो प्रर्दशन गर्दै आएका किशोर बलिङ अलराउन्डरमा ठुलो सम्भावना बोकेका युवा खेलाडी हुन् ।

बायाँ हाते किशोर तल्लोक्रममा ब्याटिङमा ठुलो सटको क्षमता राख्छन् । पिपिएलमा विराटनगरलाई फाइनलमा पुर्याउन किशोरले ७ खेलमा १० विकेट लिँदै महत्त्वपूर्ण प्रर्दशन गरेका थिए । किशोर फ्रेन्चाइज लिग बाहेक अन्य प्रतियोगिता गण्डकी प्रदेशको जर्सिमा मैदानमा देखिन्छन् । गत जेठमा सम्पन्न तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट ४ खेलमा ८ विकेट लिएका थिए ।

गतवर्ष पोखरा पिपिएलमा बुटवल ब्लास्टर्सलाई अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको अवस्थामा किशोरले मेडन राख्दै चर्चा कमाएका थिए । उमेर समुहमा औसत प्रर्दशन गरेका थिए । हाल टोलीमा प्रमुख तीब्र गतिका बलर करण र सोमपाल छन् । यी दुई मध्य एक उपलब्ध नहुँदा विकल्पमा किशोर देखिन्छन् ।

२. शेर मल्ल (स्पिनर)

यू१९ का स्पिनर शेर मल्लको यो वर्ष डेब्यु गर्न सक्ने बलियो सम्भावना छ । शेरले स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । शेरले यू१९ र घरेलु लिगमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै सिनियर टोलीको ढोका ढक्ढकाई रहेका छन्। शेरले माघमा भएको एमएम कपमा मलेसिया–११ लाई ४९ रनमा अल आउट गर्न १० ओभरमा ३ मेडन सहित ११ रन खर्चेर ५ विकेट लिएका थिए ।

आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध अभ्यास खेलमा मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ बाट ७.२ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ४ विकेट लिदै जित पक्का गरेका थिए । उमेर समूहमा पनि शेरको प्रर्दशन राम्रो छ । शेरलले गत जेठमा सम्पन्न एकदिवसीय प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशको कप्तानी गर्दै अलराउन्डर प्रर्दशन गरेका थिए। दोस्रो संस्करणको पिएम कपमा शेरले ४ खेलमा ११ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीमा तेस्रो स्थानमा रहेका थिए । उक्त प्रतियोगितामा शेरले कर्णाली प्रदेशविरुद्ध ७.२ ओभरमा १ मेडन सहित २१ रन खर्चेर ५ विकेट लिएका थिए ।

शेरले आफुले पाएको मौकामा निरन्तर सदुपयोग गर्दै राम्रो छाप छोडेका छन् । शेर पहिलो पटक चैतमा थाईल्यान्डमा भएको इस्टर्न रिजनको लागि सिनियर टोलीको बन्द प्रशिक्षणमा परेपनि अन्तिम १४ मा स्थान बनाउन सकेका थिएनन् । यो वर्ष भने सिनियर टोलीमा पर्दै डेब्यु गर्न सक्छन् ।

१. लोकेश बम (ब्याट्सम्यान)

युवा ब्याट्सम्यान लोकेश बम पछिल्लो समय राम्रो लयमा छन् । यु१९ टोलीका प्रमुख ब्याट्सम्यान लोकेश विकेटकिपर समेत हुन् । ब्याटिङ नेपाली क्रिकेटका लागि सधैं चिन्ताको विषय हो । विशेषत ओपिनङ निरन्तर अस्थिर रहँदै आएको छ । पछिल्लो समय प्राय फरक प्रतियोगितामा फरक ओपनर जोडी मैदान उत्रेका छन् ।

लोकेश आक्रामक ब्याटिङका लागि परिचित छन् । लोकेश टि२० शैलीमा बढी उपयोगी हुने खेलाडी हुन् । ओपनर र फिनिसर दुवै  भुमिका निर्वाह गर्न सक्ने लोकेशको टि२० शैलीमा यो वर्ष डेब्युको बलियो सम्भावना देखिन्छ । उनले गत पिपिएलमा विराटनगर टाइटन्सबाट फ्रेन्चाइज लिगमा डेब्यु गर्दै मोष्ट भ्यालुबल खेलाडी चुनिएका थिए । लोकेशले पारस खड्का कप्तान रहेको चितवन राइनोज विरुद्ध ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोड्दै सनसनी मच्चाएका थिए ।

घरेलु प्रतियोगिता सुदूरपश्चिम प्रदेशबाट मैदान उत्रने लोकेशले शीर्षक्रममा ब्याटिङ गर्ने गर्दछन् । अर्कोतर्फ लोकेश वैकल्पिक विकेटकिपर समेत हुँदा रणनितीमा सहज हुन्छ । पछिल्लो समय ओपनिङ पारस खड्का र ज्ञानेन्द्र मल्लले गर्दै आएका छन् । इस्टर्न रिजनमा कुशल मल्ल र पारसले गरेका थिए । ओपनिङमा निरन्तर नयाँ प्रयास भई रहेको छ । तर दीर्घकालिन ब्याट्सम्यान पाउन सकिएको छैन ।

अब टि२० शैलीमा लोकेश पनि प्रयोग हुने सम्भावना छ । लोकेश माघमा घरेलु मैदानमा ओमान र अमेरिकासँग भएको त्रिकोणात्मक सिरिज र थाईल्यान्डमा चैतमा भएको एसीसी इस्टर्न रिजनको बन्द्र प्रशिक्षणबाट बाहिरिएका थिए ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.