default_image

10 years ago

September 3, 2015

एसिसि यु-१९: साउदी बिरुद्ध नेपालको शान्दार जित, नेपाल उपविजेता

221 views

0 Bookmark

भद्र १७, काठमाडौं

मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर लिगमा आज भएको खेलमा नेपालले साउदी आरबलाई ९ विकेटले पराजित गरेको छ । ५५ रनको लक्ष्य नेपालले ९ ओवरमा १ विकेट गुमाउदै भेट्टाएको थियो । यो समुह चरणको अन्तिम खेल थियो , नेपाल उपविजेता बनेको छ । 

Nepal vs Saudi Arabia ACC u-19

अन्तिम खेलमा साउदी अरेवियामाथी ९ विकेटका प्रभावसाली जित निकालेपनि अफगानिस्तानसंगेको खेलनै नेपालका लागि निर्णयक बन्यो । प्रतियोगितामा सबै टिमलाई पराजित गर्न सफल अफगानिस्तान च्याम्पीयन बन्यो ।

विहिबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको साउदी अरेविया नेपाली बलरहरु सामु निहर्य रह्यो । उसले ३३ ओभर २ बलमा ५५ रन जोड्दा सम्पुर्ण विकेट गुमायो । साउदी विरुद्ध निकै उत्कृष्ट बलिङ गरेका शुसिल कडेलले १० ओभर बलिङ गर्दै ९ मेडन फालेर १२ रन दिंदै ४ विकेट लिएका थिए । त्यस्तै शुनिल धमला र प्रेम तामाङले २–२ विकेट लिए।

५६ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ९ ओभरमानै १ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो । नेपालका लागि सुनिल धमलाले अविजित ३४ रन बनाए भने राजु रिजाल १४ रनमा नटआउट भए । संकर राना ४ रन बनाएर पेवियलियन फर्किएका थिए ।

यसअघिनै एसिया कपका लागि छनोट भइसकेको नेपालको यो प्रतिष्ठाका लागि मात्र महत्वपुर्ण प्रतियोगिता थियो । प्रतियोगितामा अफगानिस्तान अपराजित रहंदै च्याम्पियन बन्यो । उसले प्रतियोगिताका सबै टिम विरुद्ध फराकिलो जित निकाल्यो प्रतियोगितामा दोस्रो बनेको नेपाल माथी अफगानिस्तानले १० विकेटको प्रभावसाली जित निकालेको थियो । उसले विहिबार भएको अन्तिम खेलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दे अपराजित टिमका रुपमा प्रतियोगिताको अन्त गर्‍यो ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.