6 years ago
April 23, 2020
एजेन्सी – एउटा राम्रो खेलाडी बन्न उसलाई परिवारको साथ र हौसला पनि त्यतिनै चाहिन्छ । वैवाहिक जीवनपछि जीवनसाथी सँगको सम्बन्धले पनि खेलमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ ।
खेल नभएको समय सकेसम्म खेलाडी घर परिवार र साथीभाईसँगै समय बिताउन चाहन्छन् । विश्व क्रिकेट इतिहासमा विवाहित जोडी नै क्रिकेट खेल्ने कमै छन् । एकै खेल खेल्दा दुवैलाई सहज हुन्छ । एक अर्काले हौसला बढाउने गर्दछन् । गत मार्चमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क टि२० महिला विश्वकप फाइनलमा भारतविरुद्ध श्रीमतीको खेल हेर्न दक्षिण अफ्रिकाविरुद्ध तेस्रो एकदिवसिय खेल छाडेर स्वदेश फर्किएका थिए । क्रिकेटमा सँगै क्रिकेट खेल्ने विवाहीत जोडी पनि छन् । क्रिकेटका ४ विवाहीत जोडी यस प्रकार छन् ।
४. रुथ व्रस्टब्रुक र रोजर प्रिडोक्स (इंग्ल्यान्ड)

इंग्ल्यान्डकी विकेटकिपर ब्याटर रुथले सन् १९५७ मा अष्ट्रेलियाविरुद्ध टेष्टमा डेब्यु गरकी थिइन् । उनले ११ टेष्टमा ४ सय ७६ रन बनाएकी थिइन् । उत्कृष्ट प्रर्दशन दक्षिण अफ्रिकाविरुद्ध ८७ रन थियो । क्रिकेट करिअरपछि इंग्ल्यान्ड महिला टोलीले सन् १९९३ मा विश्वकप जित्दा उनी प्रशिक्षक थिइन् । २०१६ अप्रिल ७ मा उनको ८५ वर्षको उमेरमा निधन भएको थियो । रोजर उनका श्रीमान हुन् । रोजरले इंग्ल्यान्डबाट मात्र ३ टेष्ट खेलेका छन् । उनले सन् १९६८ मा २९ वर्षको उमेरमा अष्ट्रेलियाविरुद्ध टेष्टमा डेब्यु गरेका थिए ।
३. रसञ्जली शिल्भा र गाय डी अल्विस (श्रीलंका)
श्रीलंकाकी बायाँ हाते रसञ्जली शिल्भाले सन् १९९८ अप्रिलमा पाकिस्तानविरुद्ध टेष्ट खेलेकी थिइन् । पहिलो इनिङमा २६ रन जोडेपनि दोस्रोमा डक आउट भएकी थिइन् । बलिङमा भने दुई इनिङमा ८ विकेट लिएकी थिइन् । उनले २२ ओडिआईमा २ सय ५६ रन बनाउनुको साथै २३ विकेट पनि लिएकी थिइन् । उनका श्रीमान हुन् गाय डी अल्विस । उनी श्रीलंका टेष्टका पहिलो ब्याचका विकेटकिपर मानिन्छन् । उनले ११ टेष्ट र ३१ ओडिआई खेलेका छन् । गायले सन् १९८३ मा न्युजिल्यान्डविरुद्ध टेष्ट र ओडिआईमा डेब्यु गरेका थिए ।
२. डेन भ्यान निकर्क र मारिजान काप (दक्षिण अफ्रिका)

सुन्दा अचम्म लाग्न सक्छ । तर दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका कप्तान डेन भान निकर्क र मारिजान काप ले २०१८ मा विवाह गरे । सन् २०१८ को महिला टि२० विश्वकपमा श्रीलंका विरुद्ध दुई विवाहीत जोडी डेन भ्यान र कापले तेस्रो विकेटको लागि ६७ रनको साझेदारी गरेका थिए । दुवैले सन् २००९ देखि दक्षिण अफ्रिका टोलीबाट एकै साथ खेल्दै आएका छन् ।
३० वर्षिय अलराउन्डर कापले १ टेष्ट, १ सय ८ ओडिआई र ८७ टि२० आई खेलेकी छिन् । उनले टेष्टमा २०१४ मा भारत, ओडिआईमा र टि२० आईमा २००९ मा अष्ट्रेलियाविरुद्ध डेब्यु गरेकी थिइन् । ओडिआईमा १८ सय ३४ रन बनाउनुको साथै १ सय २३ विकेट लिएकी छिन् । टि२० आईमा ९ सय ४६ रन बनाउनुको साथै ५८ विकेट लिएकी छिन् ।

२६ वर्षिय कप्तान निकर्कले १ टेष्ट, १ सय २ ओडिआई र ८३ टि२० आई खेलेकी छिन् । यी दुवैले टेष्टमा एकै खेलमा डेब्यु गरेका थिए । निकर्कले ओडिआईमा २१ सय १५ रन बनाउनुको साथै १ सय ३० विकेट लिएकी छिन् । त्यस्तै टि२० आईमा १८ सय ३९ रन बनाउँदा ६३ विकेट लिएकी छिन् । पछिल्लो पटक यी दुई जोडीले मार्चमा अष्ट्रेलियामा टि२० विश्वकप खेलेका थिए । आइसिसीको प्रतियोगितामा सँगै ब्याटिङ गर्ने यी पहिलो विवाहीत जोडी हुन् ।
१. एलिसा हेली र मिचेल स्टार्क (अष्ट्रेलिया)

अष्ट्रेलियाका पुरुष क्रिकेट टोलीका तीब्र गतिका बलर मिचेल स्टार्क र महिला क्रिकेट टोलीकी विकेटकिपर एलिसा हेली सन् २०१६ अप्रिलमा वैविवाहिक जिवनमा बाधिएका थिएँ । हेलीको जन्म क्रिकेट परिवारमा भएको हो । उनको बुबा जर्ज हेली अष्ट्रेलियामा घरेलु क्रिकेट खेल्थे । हेलीले अष्ट्रेलिया महिला टोलीबाट ४ टेष्ट, ७३ ओडिआई र १ सय १२ टि२० आई खेलेकी छिन् ।
गत मार्चमा अष्ट्रेलियालाई महिला टि२० विश्वकपको उपाधि दिलाउन हेलीले ७५ रनको आक्रामक इनिङ खेल्दै नायक बनेकी थिइन् । उक्त विश्वकप फाइनल हेर्न दक्षिण अफ्रिका ओडिआई खेल्न पुगेका स्टार्क तेस्रो खेल छाडेर अष्ट्रेलिया फर्किएका थिए । भिआइपि बक्सबाट स्टार्कले श्रीमतीलाई हौसला प्रदान गरेका थिए । हेलीले टेष्टमा २ सय १, १६ सय ३८ ओडिआई र टि२० आईमा २ हजार ६० रन जोडिसकेकी छिन् । ओडिआईमा ३ र टि२० आईमा १ शतक सामेल छ । उनले २०१०, देखी २० सम्म लगातार ५ विश्वकप खेलेकी छिन् । जसमा २०१८ मा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिन् । उनी अष्ट्रेलियाकी पहिलो रोजाईको विकेटकिपर ब्याटरमा पर्दछिन् ।

बायाँ हाते तीब्र गतिका मिचेल स्टार्क वर्तमान क्रिकेटमा विश्वकै निकै लोकप्रिय बलर हुन् । उनको मुख्य विशेषता तीब्र गतिमा बलिङ गर्दा फ्याँक्ने स्पिड र योर्कर बल हो । स्टार्कले ५७ टेष्टमा २ सय ४४ विकेट लिएका छन् । ९१ ओडिआईमा १ सय ७८ विकेट लिएका छन् । स्टार्क सन् २०१५ र २०१९ को एक दिवसिय दुबै विश्वकपमा सर्वाधिक विकेट लिने बलर बनेका थिए । सन् २०१५ मा अष्ट्रेलियाले विश्वकप जित्दा २०१९ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]