default_image

4 years ago

April 30, 2020

नेरी थापा- ‘ब्याडमिन्टन खेलाडी क्रिकेटको पहिलो कप्तान बनें’

664 views

0 Bookmark

कप्तान कथन

नेरी थापा (नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पुर्व कप्तान)

म क्रिकेट खेल्नुअघि ब्याडमिन्टन खेलाडी थिएँ । त्यसैले मलाई क्रिकेटमा लाग्न र खेल्न अन्य महिला खेलाडीको तुलनामा कुनै कठिनाइ र असहज भएन । अरु साथीहरुलाई सुरुमा केटि भएर पनि क्रिकेट खेल्ने भनेर जिस्काउथें रे भन्ने सुनेको थिएँ ।

मेरो घर नेपालगञ्ज स्थित शान्तिनगरमा हो । मैले १५–१६ वर्षको हुँदा क्रिकेट खेल्न सुरु गरेको थिएँ । घरमा क्रिकेट खेल्दा खासै गाली गर्नु भएन । मंगलप्रसाद माविबाट प्रतियोगिता खेलें । ब्याट र बल पनि सुरुमा स्कुलले नै दियो । पछि नेशनल (राष्ट्रिय) खेल्दा क्यानले । पहिलो घरेलु प्रतियोगिता नेपालगञ्जमै खेलेको थिएँ । अनि हामी रुपन्देही मैत्रीपुण खेल खेल्न गएका थियौं ।

त्यसपछि नेशनल (राष्ट्रिय) प्रतियोगिता खेल्न काठमाडौं गयौं । काठमाडौंमा पहिलो प्रतियोगितामा नेपालगञ्जको कप्तानी मैले नै गरेको थिएँ । पहिलो पटक सबैले राष्ट्रिय प्रतियोगिता खेलेका थिए । प्रर्दशन ठिकै भयो । प्रर्दशन भन्दा पनि सबै पहिलो पटक खेलि हरेको हुँदा रमाईलो धेरै भएको थियो । त्यसपछि बन्द प्रशिक्षणमा परें ।

सन् २००७ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा मेरो कप्तानीमा टोली घोषणा थियो । हामी एसिसी वुमन्स टि२० क्रिकेट खेल्न मलेसिया गयौं । फाइनलमा बंगलादेशसँग पराजित भएपनि अन्य खेलमा राम्रो क्रिकेट खेलेका थियौं । पहिलो प्रतियोगितामै हामीले धेरै राम्रो क्रिकेट खेल्न सफल भयौं ।

सेमिफाइनलमा चीनलाई ९ विकेटले हराएर फाइनलमा पुगेका थियौं । हामीले हङकङ र थाईल्यान्डलाई पराजित गर्दा मलेसियासँग भने टाई (बराबर) भएको थियो । म १२ विकेट लिँदै उत्कृष्ट बलर चुनिएँ । सन् २००८ मा मेरो कप्तानीमा थाईल्यान्डमा एसिसी यु१९ वुमन्स च्याम्पियनसिप खेल्न गयौं । हामीले फाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै उपाधि जितेर फर्कियौं । पहिलो उपाधि हुँदा खुसि त्यतिनै थियो ।

सन् २००९ मा मलेसियामा भएको एसिसी वुमन्स प्रतियोगिता रितु कनोजियाको कप्तानीमा खेलेको थिएँ । त्यस प्रतियोगितामा १४ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडी बनेको थिएँ । सन् २०१० मा सिंगापुरमा पनि मेरो कप्तानीमै दोस्रो पटक एसिसी यु१९ वुमन्स च्याम्पियनसिप जित्न सफल भयौं । हामीले फाइनलमा भुटानलाई ५ विकेटले हराएर उपाधि जितेका थियौं । म उत्कृष्ट ब्याटर घोषित भएँ । सन् २०११ मा कुवेतमा भएको एसिसी वुमन्स टि२० प्रतियोगितामा कप्तानी गरेको थिएँ । त्यसपछि भने म रुविना क्षेत्री बेलबसेको कप्तानीमा खेल्दै आएको छु ।

देशको कप्तानी गर्न पाउनु नै सबैभन्दा खुसीको कुरा हो । सुरु सुरुमा रमाईलो भयो । टिमसँग घुलमिल भएँ । पहिलो पटक देशको नेतृत्व गर्दै विदेश सम्म खेल्न जान पाएँ । अरु क्षेत्रमा लागेर पैसा कमाए पनि यति धेरै नाम कमाउन सक्ने थिएन । क्रिकेटले नाम दियो । आज धेरैले क्रिकेटकै कारण चिन्छन् । साथी बढे। क्रिकेटबाट सन्तुष्ट छु ।

सुरुमा खेल्दा हामीले धेरै कुरा नसिके पनि अलि अलि खेल्न जानेका थियौं । त्यो अवस्थामा पनि हामी दोस्रो र तेस्रो सम्म भई राख्थ्यौं । त्यसलाई हामीले निरन्तरता दिन नसक्दा हामी माथि उठ्न सकेनौं । हामीभन्दा पछि क्रिकेट खेल्न थालेका देश धेरैमाथि पुगेका छन् । उनीहरु सबै योजना बनाएर अघि बढेका छन् । हामीले कुनै समय हराउने थाईल्यान्ड टि२० विश्वकप खेलि सक्यो । हामी भने त्यहिको त्यहीं छौं ।

प्रर्दशनकै कारण होला, पहिलाको तुलनामा अहिले महिला क्रिकेटको लोकप्रियता घट्दो छ । हामी दुई चार जना सिनियर खेलाडीले अब धेरै खेलेमा दुई तीन वर्ष । त्यसैले आउने नयाँ खेलाडीले धेरै मिहिनेत गर्नुपर्छ । निरन्तर अभ्यास गर्नुपर्छ । खेलाडीमा मुख्यतया प्यासन, आत्माविश्वास, म गर्न सक्छु र गनैपर्छ भन्ने सोचको हुन आवश्यक छ ।

नेपाल जस्तो देशमा जसरी पनि सेवा सुविधा कम हुन्छ नै । सेवा सुविधा भन्दा पनि आफुले केहि गरेर देखाउछु भन्ने सोच्नुपर्छ । मैले सुरुवात देखि नै नेपालगञ्जबाटै घरेलु प्रतियोगिता खेल्दै आएको छु । हामीले सुरुवाती प्रतियोगिता जितेका थियौं । पहिला फाइनलमा प्रायः बैतडी र नेपालगञ्जबीच प्रतिस्पर्धा हुन्थ्यो ।

क्रिकेटमा लागि सकेपछि पढाई, घरको काम देखी सबै छोडेर हिड्नुपर्छ । तर पैसा हुँदैन । घरकासँग पैसा माग्न पनि सधैं धेरै गाह्रो हुन्छ । प्रदेशको टोलीमा केहि राम्रा खेलाडी देखिए विभागिय टोलीले अनुबन्ध गर्छन् । एउटा विभागिय टोलीबाट खेल्नु र प्रदेशको टोलीबाट खेल्नुमा धेरै फरक छ । विभागिय टोलीबाट खेल्ने खेलाडीले पैसादेखि सबै सेवा सुविधा पाउँछन् । प्रदेशका त्यो सेवा सुविधा हुँदैन ।

कुनै संघ संस्था र कर्पोरेट हाउसले ५–१० हजार मासिक प्रायोजन गर्नुपर्ने हो । विभागिय टोलीले राम्रो खेलाडी लगेपछि उपाधि त जित्ने नै भए । त्यसैले प्रदेश र विभागिय टोलीबीच प्रतिस्पर्धा कडा हुँदैन । खेल प्रायजसो एकपक्षीय हुन्छ । खेल्नु अघिनै जित उनीहरुको देखिन्छ । सेवा सुविधा भएको खेलाडी आफ्नै प्रदेशबाट खेल्थे ।

आफ्नो कप्तानीमा खेल्दा राम्रो पर्दशन गर्नुपर्ने दबाब हुन्छ । प्रर्दशन मात्र होइन अन्य कुरामा पनि राम्रो गर्नुपर्ने हुन्छ । अरुको कप्तानीमा खेल्दा आफ्नो प्रर्दशनमा ध्यान दिए हुन्छ । अर्कोतर्फ टिमको खेलमा सबै आ–आफ्नो तर्फबाट कप्तान हुनुपर्छ नै । एउटाले राम्रो गरेर हुदैन । सिनियर खेलाडीलेनै राम्रो खेल्दैन भने जुनियरलाई गाह्रो पर्छ । टोलीले हारेपछि सबै नराम्रो हुन्छ । जितेमा राम्रो । क्रिकेट खेलाडीपछिको योजना भने अहिले सम्म छैन । त्यसपछि सोचौंला ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले सबै कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यो लेख हाम्रो खेलकुदका भुपेन्द्र जिसीले कुराकानीका आधारमा तयार पारेका हुन् । यसअघि अन्य कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.